Dictionary

All Word

2101 काँजो ना. खुकुरी, कर्द, हँसिया, आदिका बिँडको टाउकामा जडिने पित्तल वा अरू कुनै धातुको मुन्द्रा।
2102 काँट ना. १. ढाँचाकाँचा, छाँट, ढड्ग, किसिम (उदा.- तिनको काँट राम्रै छ।)।
2103 काँट ना. २. औकात, हैसियत (उदा.- आफ्नो काँटअनुसार पो बिहेवारी गर्नुपर्छ त ! )।
2104 काँट ना. ३. समानता, बराबरी (उदा.- ती दुई भाइ काँट मिल्दा छन्)।
2105 काँटछाँट ना. १. काट्ने र छाँट्ने काम, संशोधन, शुद्धि, परिष्कार।
2106 काँटछाँट ना. २. रुखहरू काट्ने र छिमल्ने काम काटकुट |
2107 काँटा ना. जिल्लाअन्तर्गतको भूभाग तप्पा ( प . ने.)।
2108 काँटा ना. १. सुनचाँदी जोख्ने सानो तुलो वा मालताल जोख्ने ठुलो तुलो, तराजु।
2109 काँटा ना. २. त्यसरी मालसामान जोख्ने तुलाका डन्डी सोझिएको देखाउने जिब्री।
2110 काँटा ना. ३. खानेकुरो खाँदा प्रयोग गरिने चुच्चा चुच्चा परेको चम्चा।
2111 काँटा ना. ४. आइमाईहरूले कपालको शृङ्गार गर्दा प्रयोग गर्ने चेपुवा वस्तु, चिम्टी।
2112 काँटा ना. ५. इनार, कुवा आदिमा खसेका कुनै वस्तु बाहिर झिक्न प्रयोग गरिने अङ्कुसे।
2113 काँटा ना. ६. माछा आदि जलजन्तु समात्ने चुच्चे चिम्टी।
2114 काँटा ना. ७. स्वेटर आदि हातले बुन्दा प्रयोग गरिने सुइरो।
2115 काँटा ना. ८. काँढो, कण्टक।
2116 काँटा चम्चा ना. आधुनिक चलनमा खानेकुरो खाँदा सँगसँगै प्रयोग गरिने काँटा र चम्चा काँटीचम्चा।
2117 काँटावाल वि. काँटा भएको वा हुने।
2118 काँटी ना. १. सानो काँटा।
2119 काँटी ना. २. सर्प समाउने काममा प्रयोग गरिने टुप्पामा अङ्कुसे लागेको सानो लट्ठी।
2120 काँटी ना. ३. नेल र हतकडी।
2121 काँटी ना. ४. सलाईका एकातिर बारुद लगाइएका ससाना छेस्का।
2122 काँटी ना. ५. काठ जोड्न वा भित्तामा केही झुन्ड्याउन ठोकिने एकातिर छातो भएको तिखो फलामे किलो।
2123 काँटी ना. ६. घोडाको पिठिउँमा जिनका साथ कसिने एक साधन।
2124 काँटाचम्चा ना. हे. काँटा चम्चा।
2125 काँटे वि. काँटा भएको; काँटासम्बन्धी काँटाको।
2126 काँटे आरो ना. जुत्ता आदि सिउने काममा प्रयोग गरिने सानो वा अन्य कुनै प्रकारको काँटावाल आरो।
2127 काँठ ना. केटाकेटीको घाँटीमा लगाइने कपडाले मोरिएको जन्तर, काँठो |
2128 काँठ ना. सहर, बजारदेखि बाहिरको ठाउँ गाउँ बस्ती, कछाड।
2129 काँठे वि. १. काँठमा बस्ने, कछाडिया; गाउँले, कुनाली।
2130 काँठे वि. २. सभ्यता सिकेको; असभ्य; गँवार (काँठे मान्छे, काँठे मिजास, काँठे बोली इ.)।
2131 काँठो ना. १. दालभात आदि पकाएको भाँडाको मुखनेर टाँसिएर रहने फिंजको लेउ वा तर।
2132 काँठो ना. २. दुई छेउमा तुना लगाई गलामा बाँध्न हुने र पूरै छाती छोप्ने गरी बनाइएको, बच्चाले लगाउने भित्री लुगा, काँठ।
2133 काँठो ना. ३. बादल, कुइरो आदिको घेरो।
2134 काँठो मोटो ना. न्वारानका दिन बालकलाई लगाइदिने भोटो र कपडाले मोरिएको जन्तर, काँठो |
2135 काँड ना. एक किसिमको शूल, बाण, तीर, शर।
2136 काँडपाते ना. गाईबस्तुलाई घाँस खुवाइने काँडका आकारको दुधिलो बुट्टे निगालो।
2137 काँडपाते ना. पातमा काँडैकाडा हुने एक जातको विशेष |
2138 काँडा ना. [काँडोको ति. रू. ] है. काँडो।
2139 काँडा उम्रनु टु डर लाग्नु, रौंको जरा दरदराउँदो हुनु।
2140 काँडा थिच्नु टु मसानघाटबाट घर फर्कंदा प्रेत नफर्कोस् भन्ने आशयले बाटामा मलामीले काँडा थिचेर धूप दिनु।
2141 काँडावाल वि. काँडा भएको काँडेदार।
2142 काँडे वि. काँडैकाँडा भएको काँडेदार, काँडावाल।
2143 काँडे अम्बा ना. रुखमा मयलका जस्तै काँडा र पात हुने अम्बा वा बेलौती।
2144 काँडे कुरो ना. काँडैकाँडा हुने एक प्रकारको घाँस वा त्यसमा हुने कुरो (लुगामा टाँसिने झुस)।
2145 काँडे कुवेराक्ष ना. बोट र कोसामा समेत काँडैकाँडा हुने, निलो गेडा फल्ने, पहेँलो फूल फुल्ने र अमिलीको जस्तो पात हुने एक लहरो वा त्यसैको गेडा (फल); कुवेराक्षी, लता करञ्ज।
2146 काँडे चौप ना. कनकचम्पा, कर्णिकार |
2147 काँडे चुत्रो ना. मसिना काँडा र सिताराभन्दा अलि ठुला पात हुने एक प्रकारको चुत्रो।
2148 काँडे तार ना. काँडैकाँडा पारी बनाइएको फलाम वा अन्य कुनै धातुको बार बार्ने तार।
2149 काँडेदार वि. काँडैकाँडाले युक्त, काँडाजस्तो भएको, काँडे।
2150 काँडे पैयुँ ना. पैयुँको भन्दा सानो बोट, साना साना पात हुने, काँडेदार पैयुँको एक जा।