Dictionary

All Word

2451 कात्तिके वि. २ कात्तिक महिनासँग सम्बन्धित कात्तिकमा फल्ने, उम्रने वा पाक्ने (बालीनाली)।
2452 कात्तिके औलो ना. कात्तिकमा जाडो र गर्मीको दोसाँध हुने बेला कछार, घाँच र खोचतिर आउने जरो।
2453 कात्तिके बोडी ना. कात्तिक महिनामा फल्ने गाढा हरियो र छोटो कोसामा सेतो गेडा लाग्ने एक जातको गुलियो गुलियो स्वादको बोडी।
2454 कात्यायन ना. १. पाणिनिको अष्टाध्यायीका व्याकरण सूत्रलाई पूर्ण पार्न वार्तिकको रचना गर्ने एक प्रसिद्ध वैयाकरण ऋषि।
2455 कात्यायन ना. २. श्रौतसूत्रका प्रवर्तक, वररुचि, पुनर्वसु, मेधाजित्।
2456 कात्यायनी ना. १. दुर्गाको एक मूर्ति वा रूप।
2457 कात्यायनी ना. २. कात्यायन ऋषिकी पत्नी।
2458 कात्यायनी ना. ३. गेरु वस्त्र धारण गर्ने अधबैंसे विधवा।
2459 कात्री ना. १. पिङको काम्रो।
2460 कात्री ना. २. कोलको बियो र ढिकुवालाई जोड्ने तेर्सो काठ |
2461 कात्रो ना. मुर्दालाई ढाक्ने र बेर्ने सेतो कपडा, शववस्त्र।
2462 कायर वि. हे. काँतर।
2463 कादम्बरी ना. १. कदम्बका फूलबाट बनाइएको रक्सी, उखुको मदिरा।
2464 कादम्बरी ना. २. हात्तीको गण्डस्थलबाट बहने मद।
2465 कादम्बरी ना. ३. सरस्वतीको एक उपाधि।
2466 कादम्बरी ना. ४. पोथी कोइली।
2467 कादम्बरी ना. ५. बाणभट्टरचित एक गद्यकाव्य।
2468 कादम्बिनी ना. १. बादलको लामो पङ्क्ति वा तह, मेघमाला।
2469 कादम्बिनी ना. २. मेघरागको एक रागिनी।
2470 कादो ना. हिलो, धान रोपाइँ गर्न हिल्याइएको माटो।
2471 कान ना. १. ध्वनितरङ्ग वा शब्दलाई ग्रहण गर्ने शरीरको अङ्ग शरीरको एक ज्ञानेन्द्रिय श्रवणेन्द्रिय; कर्ण।
2472 कान ना. २. कानका आकारको कुनै वस्तु (भाँडाबर्तनका कडा आदि)।
2473 कान ना. ३. बाह्रखरीको एक मात्रा आकार (अ); कान्नानी।
2474 कान ना. ४. नाम्लाको पातामा बरियो छिराउन बनाइएको बिचमा प्वाल भएको दुईतिरको भाग।
2475 कान उखेल्नु टु. सास्ती दिनु।
2476 कानकटुवा / कट्टु वि. कान काटिएको वा चिरिएको; कनफट्टा कनकट्टा; बुच्चे, कानचिरा।
2477 कान काट्नु टु. १. पक्कै हो भन्नु।
2478 कान काट्नु टु. (उदा.- यो कुरो नभए मेरो कान काटिदेऊ )।
2479 कान काट्नु टु. २. सास्ती दिनु।
2480 कान खानु टु. झर्को लाग्नु।
2481 कानखाने वि. धेरै कराउने, चर्को, दिक्क लाग्ने।
2482 कानचिरा वि. कानकटुवा, कनफट्टा।
2483 कानढाक्ने ना. कान छोप्ने वस्त्र ओढ्ने।
2484 कानढुङ्ग्री ना. महिलाहरूले कानमा लगाउने सुनको गहना।
2485 कानन ना. १. वन जङ्गल।
2486 कानन ना. २. बगैँचा।
2487 कानन ना. ३. घर।
2488 कानपाते ना. हे. सरताप्रे।
2489 कानपासा ना. नारीहरूले कानमा लगाउने टपजस्तो तीन चोसा परेको बिचको चोसो अलि माथिसम्म उठेर केही घुमेको गहना।
2490 कान मन्त्राइ ना. १. कुरा सिकाउने काम।
2491 कान मन्त्राइ ना. २. पोल लगाइ।
2492 कानसिन्की ना. हे. कालीसिन्की।
2493 काना ना. कान।
2494 काना ना. (कानाकाटी आदि)।
2495 काना ना. १. तीनवटै पोट मिली हुने पासा खेलको एक दाउ।
2496 काना ना. वि. २. कानो।
2497 कानाकौडी ना. १. फुटेको वा खोटो कौडी।
2498 कानाकौडी ना. २. ज्यादै थोरै वा नगण्य धनसम्पत्ति, थोरै धन।
2499 कानाकौडी ना. (तुल पैसा न कौडी बजार बजार दौडी।)।
2500 कानीन ना. १. अविवाहित वा कुमारी स्त्रीबाट जन्मिएको छोरो, कन्यापुत्र।