Dictionary

All Word

2351 काट्नु स. क्रि. ३. अक्षर केर्नु वा मेट्नु।
2352 काट्नु स. क्रि. ४. रेल, मोटर आदिको टिकट किन्नु।
2353 काट्नु स. क्रि. ५. बिल, चेक, पुर्जी आदि लेखी जारी गर्नु।
2354 काट्नु स. क्रि. ६. समय बिताउनु।
2355 काट्नु स. क्रि. ७. उल्लङ्घन गर्नु, नाघ्नु।
2356 काट्नु स. क्रि. ८. अर्काले बोलेको कुरा नटुङ्गिदै बिचैमा बोल्नु।
2357 काट्नु स. क्रि. ९. हिसाब आदि कट्टी गर्नु।
2358 काट्नु स. क्रि. १०. कुनै आज्ञा, आदेश, तर्क आदिलाई रद्दी पार्नु वा तिनको खण्डन गर्नु।
2359 काट्नु ना. काट्ने काम, कटाइ (काटछाँट, मारकाट इ.)।
2360 काटकुट ना. १. कुनै वस्तुलाई काटेर वा फोरेर ससाना टुक्रा पार्ने काम।
2361 काटकुट ना. २. भाषाका अशुद्ध रूप र अनावश्यक अंशलाई हटाएर परिष्कृत रूप दिने कार्य।
2362 काटछाँट ना. काट्ने र छाँट्ने काम काटकुट |
2363 काटमार ना. १. काटोछिन्, लडाईं।
2364 काटमार ना. २. देवस्थल आदिमा बलि वा भोग दिने कार्य, काट्ने र मार्ने काम, हिंसा।
2365 काटा ना. काट्ने साधन वा भाँडो, हतियार (बालबोलीमा )।
2366 काटाकाट ना. १. बाझाबाझ, काटोछिनु।
2367 काटाकाट ना. २. एकले अर्काको हानि पुऱ्याउने काम।
2368 काटाकाट ना. ३. परस्परमा खुकुरी आदि हतियार प्रयोग गर्ने काम।
2369 काटाकाट ना. ४. वैरभाव, शत्रुता।
2370 काटाकाट ना. ५. एकले अर्काको भनाइ, सिद्धान्त आदिको खण्डन वा विरोध गर्ने काम।
2371 काटिनु क.क्रि. काट्ने काम गरिनु, टुक्र्याइनु।
2372 काटीकुटी ना. १. दुई मानिसका बिचमा वा कुनै दुई थरी विषय वा कुराका बारेमा परस्पर रूप, ढाँचा, बोलाइ, आचरण आदि गुणको तुलना गर्दा प्रयोग गरिने शब्द।
2373 काटीकुटी ना. २. दुरुस्त उस्तै।
2374 काटीकुटी ना. (उदा.- राम काटकुटी उसको बाबु जस्तै छ। )।
2375 काटे क्रि.वि. काट्ता पनि पटक्क ठ्याम्म।
2376 काटे नमिल्ने वि. पटक्क नमिल्ने ठ्याम्म नहुने।
2377 काटोछिनु ना. ठुलो शत्रुता, काटाकाट, मारामार।
2378 काट्टे वि. १. एघारौंका दिनमा मृतकका नाउँमा दिइएको अन्न हसुर्ने; काट्टो खाने।
2379 काट्टे वि. ना. २. त्यस्तो काट्टो खाने खालको बाहुनलाई अपहेलनापूर्वक भनिने शब्द |
2380 काट्टो ना. १. मरेका एघारौं दिनमा मृतकका उद्देश्यले खुवाइने भोजन तथा दान गरिने वस्तु।
2381 काट्टो ना. २. बिरालाको बिस्टा।
2382 काट्टो ना. ३. बलैले खानुपर्ने तुच्छ खानेकुरो।
2383 काट्ने वि. १. धारिला हतियारले हान्ने वा दाँतिला हतियारले रेट्ने।
2384 काट्ने वि. २. काट्नुपर्ने।
2385 काट्ने वि. ३. साह्रै चिसाले काट्ला जस्तो; असाध्यै ठहिऱ्याउने।
2386 काट्ने वि. ४. बिटसम्म आउने।
2387 काट्ने वि. ५. उछिनेर बोल्ने।
2388 काट्ने वि. ना. ६. उपर्युक्त प्रकारको मानिस वा वस्तु।
2389 काट्ने निम्ठो ना. बिटको बराबरी, बिटसम्म (उदा.- चिउरा हो र कुसी भर्नलाई? चामल त काट्ने निम्ठो नै भरिन्छ नि।)।
2390 काट्ने भाँडो ना. धारिलो हतियार (खुकुरी, खुर्पा, हँसिया इ.)।
2391 काट्नेसी र कुट्नेसी ना. १. काट्ने हतियार र कुट्ने सामान।
2392 काट्नेसी र कुट्नेसी ना. २. काट्ने र कुट्ने काम।
2393 काठ ना. १. रुखका बोक्राभित्रको कडा वस्तु, रुख ढाली बनाइएका थाम, दलिन, बिम, निदाल, तखता आदि घर बनाउने सामग्री, कुर्सी, मेच, ढोका, टेबुल आदि तयार गर्ने कच्चा पदार्थ, टिम्मा।
2394 काठ ना. २. दाउरा।
2395 काठ ना. ३. मुला, गाजर, ग्याँठकोपी आदिमा छिप्पिएपछि गुदीका पत्रमा लाग्ने काठजस्तो साहो जालो।
2396 काठगोदाम ना. संस्थान वा निजी स्तरमा दलिन, निदाल आदि काठहरू ल्याएर थुपार्ने र बिक्रीबेपार गर्ने निश्चित ठाउँ।
2397 काठतुलसी ना. धानको एक प्रकार।
2398 काठपात ना. सबै खालका काठलाई सामूहिक रूपमा भनिने नाम; काठहरूको समूह, दाउरा, झिँजा आदि।
2399 काठमहल ना. पहिले पहिलेको वनविभाग |
2400 काठमाडौँ ना. १. नेपालको राजधानी सहर, कान्तिपुर, कान्तिपुरी।