Dictionary

All Word

2401 काठमाडौँ ना. २. मल्लकालका उपत्यकाका तीन राज्यमध्ये एकको राजधानी।
2402 काठमाडौँ / ली वि. काठमाडौँको निवासी, काठमाडौंको रैथाने।
2403 काठिनु अ.क्रि. काठ झैं अररो हुनु, जाडोले कठ्याङ्ग्रिनु, गँगरिनु।
2404 काठिन्य ना. कठिनाइ, कठिनता।
2405 काठिया लाटोकोसेरोजस्तो एक जातको चरो |
2406 काठी ना. १. घोडाको पिठ्‌यूँमा बस्नका निम्ति जिनमनि कसिने खास गरी छालाको आसन वा काठको साँचो।
2407 काठी ना. २. साइकल, मोटर साइकल आदिमा बस्नका निम्ति राखिने सिट।
2408 काठी ना. काठो' को स्त्रीलिङ्गी शब्द।
2409 काठे वि. १. काठको काठसम्बन्धी, काठमा हुने।
2410 काठे वि. २. काठ वा छोक्रा धेरै भई रस कम भएको।
2411 काठे वि. ना. ३. लिङ्गका अखटामा देखापर्ने गन्हाउने सेतो पदार्।
2412 काठे अमला ना. ससाना गेडा हुने एक जातको अमला।
2413 काठे उखु ना. काठ झैँ साहो हुने एक प्रकारको उखु ढोडे उखु।
2414 काठे किरो ना. काठमै उत्पन्न भई काठ खाएरै बाँच्ने एक किरो।
2415 काठे केरा ना. कोसामा साहो नसा हुने एक जातको केरा।
2416 काठे चाँप ना. पहेंलो फूल फुल्ने, राता गेडाका झुप्पा लाग्ने, सेतो काठ हुने एक जातको चाँप, वनचाँप।
2417 काठे च्याउ ना. रुखमा उम्रने, सेतो वा खैरो रङ्गको डाँठ हुने एक प्रकारको च्याउ |
2418 काठे ज्यामिर ना. पहेँलो बोक्रा हुने एक खालको ज्यामिर, नाइटे ज्यामिर।
2419 काठे डुम्री ना. एक जातको डुम्रीको रुख।
2420 काठे न्याउरी ना. न्याउरीमुसोको एक प्रकार।
2421 काठे पिपल ना. पिपलको जस्तो पात भई ठुलठुला पहेंला फूल फुल्ने र गोल फल फल्ने रुखविशेष वा त्यसैको फल, फलीश।
2422 काठेपाते वि. काठपातसम्बन्धी; काठपातबाट तयार पारिएको काठको।
2423 काठे फुसी ना. जननेन्द्रियमा उब्जने गन्हाउने मयल।
2424 काठे मन्सरा ना. मोटो मोटो हुने मन्सरा जातको धान वा त्यसको चामल।
2425 काठो ना. अन्य जातले बाहुनलाई हियाएर भन्ने शब्द |
2426 काढ्नु स. क्रि. १ उखेल्नु (धान, कोदो आदिको बिउ )।
2427 काढ्नु स. क्रि. २. थुत्नु फुकाल्नु (छाला, लुगा इ.)।
2428 काढ्नु स. क्रि. ३ निकाल्नु झिक्नु ( भातको माड, मह इ.)।
2429 काढ्नु स. क्रि. ४. चुहाउनु (राल, आँसु इ.)।
2430 काढ्नु स. क्रि. ५. ओराल्नु, हटक गर्नु (जात, भात इ.)।
2431 काढ्नु स. क्रि. ६. बचरा निकाल्नु ( फूलबाट )।
2432 काढ्नु स. क्रि. ७. माग्नु वा लिनु (ऋण, सापट इ.)।
2433 काढ्नु स. क्रि. ८. उच्चारण गर्नु (अक्षर, नाम इ.)।
2434 काढाकाढ ना. पालैपालो काट्ने काम।
2435 काढिनु क.क्रि. काढ्ने काम गरिनु।
2436 काण्ड ना. १. कुनै वस्तुको खण्ड वा भाग।
2437 काण्ड ना. २. रुखको हाँगो डाली, शाखा, आँख्लो।
2438 काण्ड ना. ३ पुस्तक आदिका कुनै अध्याय वा प्रकरण।
2439 काण्ड ना. ४. अप्रिय तथा नराम्रो घटना (लाइब्रेरी काण्ड, हत्याकाण्ड इ.); अशान्तिको स्थिति।
2440 काण्ड ना. ५. कुनै कुराको हद वा सीमा (काण्ड पुग्नु, काण्ड पुऱ्याउनु इ. )।
2441 काण्ड ना. ६. धनुका बिचको मोटो भाग बाण तीर।
2442 कात्नु स. क्रि. धागो बनाउनु, सुत निकाल्नु, धागो निकाल्नु, बत्ती पार्नु।
2443 कातन्त्र ना. सर्ववर्माद्वारा लेखिएको एक संस्कृत व्याकरण, कलाप व्याकरण |
2444 कातर वि. हे. काँतर।
2445 कातिनु क. क्रि. बत्तीको धागो बनाइनु, बत्ती बाटिनु।
2446 काती ना. १. पिनासमेत मिसिएर थिग्रिएको तेलको लेदो, थिग्रेनी।
2447 काती ना. २. टुकी आदि बाल्दा डढेर रहेको सलेदो वा फित्ताको कालो सिट्ठी थुर।
2448 काती ना. वि. ३. औधी मैलो, साह्रै मैलो।
2449 कात्तिक ना. वर्षको सातौं महिना, असोज र मङसिरका बिचको महिना |
2450 कात्तिके वि. १. कामातुर, बढी सम्भोगको इच्छा गर्ने (कुकुर, मानिस आदि )।