Dictionary

All Word

2501 कानीन ना. २. व्यास।
2502 कानीन ना. ३. कर्ण।
2503 कानु वि. १. एउटा आँखाले मात्र देख्ने, एक आँखे, कानो।
2504 कानु वि. २. ना. मधेशतिर बस्ने एक जाति।
2505 कानुन ना. जनताद्वारा निर्वाचित राष्ट्रिय प्रतिनिधिहरू भएको व्यवस्थापिकासभाले राष्ट्रलाई व्यवस्थित रूप दिन बनाएको नियमले ऐनको रूप लिएको समूह, राज्यमा सुचारु रूपले न्यायिक व्यवस्था कायम राख्न बनाइएका नियमावलीहरूको समष्टि रूप ऐन, सवाल, नियम, आदेश आदि।
2506 कानुन किताब ना. ऐनकानुनको पुस्तक, विधिशास्त्र।
2507 कानुनतः क्रि.वि. कानुनअनुसार, कानुनले तोके वा निर्दिष्ट गरेअनुसार।
2508 कानुनबद्ध वि. ऐनकानुनद्वारा बाँधिएको कानुनको परिधिभित्रको।
2509 कानुन बर्खिलाप वि. ऐनकानुनको विरुद्ध वा विपरीत, कानुनले निषेध गरेको कामकारबाई, आचरण आदि)।
2510 कानुन विषयक समिति ना. कानुनसम्बन्धी सरसल्लाह, निर्देशन आदि दिने, छलफल गर्ने, समस्या सुल्झाउने एक अङ्ग।
2511 कानुन व्यवसाय ना. कानुनसम्बन्धी पेसा वा तद्विषयक लेखपढ, बहस आदिको काम ; वकाल।
2512 कानुन व्यवसायी वि. १. कानुनसम्बन्धी पेसामा लागेको वा कानुनसँग सम्बद्ध काममै संलग्न।
2513 कानुन व्यवसायी वि. ना. २. त्यस्तो व्यक्ति।
2514 कानुनसम्बन्धी वि. ऐनकानुनसँग सम्बन्ध भएको।
2515 कानुनी वि. १. कानुनसम्बन्धी कानुनको कानुनमा बाँधिएको कानुनभित्रको |
2516 कानुनी वि. ना. २. कानुनको ज्ञाता कानुन छाँट्ने व्यक्ति।
2517 कानुनी लिखत ना. १. कानुनमा स्पष्टसँग उल्लिखित विषय, कानुनी बुँदा वा आधार।
2518 कानुनी लिखत ना. २. कुनै कामकारबाईका सम्बन्धमा अड्डा- अदालतबाट गरिने ऐनसवाल, रुलनियमअनुसारका आवश्यक लिखित प्रमाण वा कागजा।
2519 कानुनी कारबाई ना. कानुनमुताबिक गरिने वा गरिएको कामकारबाई।
2520 कानुनी कारबाई ना. कुनै उजुरी वा कामकर्तव्यबारे अदालत आदिबाट लिइने निर्णय।
2521 कानुनी दाबी ना. कानुनका आधारमा गरिने वा गर्न पाउने दाबी वा अधिकार, कानुनप्रदत्त दाबी।
2522 कानुनी ब्याज ना. रिन वा सापट लिँदा वा दिँदा कानुनले तोकेबमोजिम लिइने वा लिनुपर्ने ब्याज।
2523 कानुनी मान्यता ना. कानुनले गर्न हुने भनिएको वा कानुनबाट कुनै बाधा, अड्काउ नभएको, कानुनद्वारा मान्य।
2524 कानुनी विवाह ना. अड्डाबाट कानुनी रूपमा पतिपत्नी भएको विवरण दर्ता गरी विवाह गरिने प्रथा वा त्यस प्रकारले गरिएको विवाह |
2525 कानुनी स्तर ना. कानुनद्वारा निर्धारित वा मान्य स्तर कानुनी दृष्टिबाट निर्धारित हुन गएको कुनै पद, प्रतिष्ठा आदिको तह वा मान्यता।
2526 कानू वि. हे. कानो।
2527 कानून ना. हे. कानुन।
2528 काने ना. १. लाम्चा ससाना पात हुने र चिप्लो झोल निस्कने एक प्रकारको भुईंकार |
2529 काने ना. वि. २. कानका आकारको भएको (काने कसौडी)।
2530 काने ना. ३. कानसमेत ढाकिने वा छोपिने (काने टोपी)।
2531 काने ना. ४. ठुला कान भएको (वस्तु, मानिस इ.)।
2532 काने कसौडी ना. दुवैतिर कडा भएको ससानो कसौंडी |
2533 कानेकाने पिच्च ना. आँखामा पट्टी बाँधिएको डुमले अरू खेलाडीहरूलाई छुने र छोइएको खेलाडी नै डुम बन्ने, बालकहरूको मनोरञ्जक खेल |
2534 कानेकोर्सि क्रि.वि. चार रातपछि आउने दिन, निकोर्सिको भोलिपल्ट।
2535 कानेखुसी ना. १. स्वरयन्त्रमा कुनै कम्पन नल्याई सास मात्रले अरूका कानमा भनिने गोप्य कुरो, अरूले नसुनून् भन्ने उद्देश्यले ज्यादै मसिनो स्वरमा खुसुक्क बोल्ने काम, साउती, खासखुस कानाखुसी, कानफुकाइ।
2536 कानेखुसी ना. २. भित्री प्रचारकार्य।
2537 कानेखुसी ना. (उदा.- चुनावमा मतदातालाई कानेखुसी नगरे जित्न नै सकिँदैन। )।
2538 कानेगुजी ना. कानको दुलोभित्र हुने पहेंल्छ्‌या कालो र मैनजस्तो फोहर पदार्थ, कानको मयल, कर्णमल।
2539 कानेच्याउ ना. रुखका ठुटामा उम्रने कानजस्तो आकारको क प्रकारको च्याउ |
2540 कानेटोपी ना. दुवै कान ढाक्ने, चिउँडामुनि तुना बाँध्न हुने बालकहरूको टोपी |
2541 कानेपर्सि क्रि.वि. हे कानेकोर्सि।
2542 कानेसिन्को ना. पानीले छोडेको बगरमा उम्रने, पहेंलो फूल र हाँसका पाइलाको आकारका पात हुने एक प्रकारको घाँस।
2543 कानो वि. एउटा आँखो नदेख्ने, एकआँखे, कानू।
2544 कान्छा वि. १. कम उमेरको वा पछि जन्मेको।
2545 कान्छा वि. ना. २. त्यस्तो व्यक्ति।
2546 कान्छा वि. ३. कम उमेरको व्यक्तिलाई बोलाउने शब्द।
2547 कान्छा वि. (उदा.- ए कान्छा ! तिमी यता आऊ न।)।
2548 कान्छाबा ना. कान्छो बाबु, काका।
2549 कान्छा बाबू ना. आफूभन्दा सानो र कान्छो उमेरका पुरुषलाई भन्ने स्नेहको बोली।
2550 कान्छी वि. १. सबैभन्दा पछि जन्मेकी (छोरी); सबभन्दा कम वा थोरै उमेरकी, सबभन्दा पछिकी।