Dictionary

All Word

2301 कागती ना. अर्धउष्ण प्रदेशमा फल्ने, फिक्का पहेँलो बोक्रा र रसिलो तथा अमिलो गुदी हुने, अचार बनाइने र दाल वा तरकारीमा निचोरेर खाइने गोलाकार तथा केसादार एक फल |
2302 कागते ना. कागतको कागतपत्रसम्बन्धी।
2303 कागते हुलाक ना. पृथ्वीनारायण शाहका पालामा कागतपत्र मात्र ओसारपसार गर्ने हुलाकी।
2304 कागुनु ना. जौका जस्तै पात र बाला हुने एक बोट वा त्यसैका बालामा फल्ने घिउ रङको सयुंजस्तो दाना, आयुर्वेदअनुसार वायुवर्द्धक र पुष्टिकारक गुण भएको पहेंलो, सेतो र कालो रङ हुने त्यसैका भिन्न भिन्न भेद।
2305 कागे वि. १. कागजस्तो, कालो, सिकुटे।
2306 कागे वि. २. कागे भेडो।
2307 कागे किरो ना. काला खबटे पखेटा हुने एक जातको सानो फट्याङ्ग्रो।
2308 कागे जिउ ना. पातलो सिकुटे शरीर।
2309 कागे किंजा ना. कागले गुँड लाउने जस्ता मसिना फिक्रामिक्री |
2310 कागे ठेकी ना. बिहामा दुलहापट्टिबाट दुलहीकहाँ पठाइने लग्नपत्रिका र मङ्गलका निमित्तको दही ठेकी, साइपाटो |
2311 कागे मलायो ना. भलायोको एक प्रकार।
2312 कागे मेडो ना. एक प्रकारको 'घरपालुवा भेडो।
2313 काङ्क्षा ना. १. इच्छा, चाहा, अभिलाषा, कामना।
2314 काङ्क्षा ना. २. झुकाउ रुचि।
2315 काङ्क्षित वि. काङ्क्षा वा इच्छा गरिएको अभिलषि।
2316 काङ्क्षी वि. कामना गर्ने चाहना गर्ने इच्छुक, अभिलाषी ( आकाङ्क्षी, शुभाकाङ्क्षी इ.)।
2317 काङ्गियो ना. १. हे काँगियो।
2318 काङ्गियो ना. २. प्रायः घैया गोड्ने काममा प्रयोग हुने दाँतैदाँत भएको फलामे हतियार, एक किसिमको लिँडुल्को।
2319 काङ्ग्रेस ना. हे. कङ्ग्रेस।
2320 काछ १. तिघ्रा र भुँडीको जोर्नीस्थल, तिघ्राको काप जाँघे |
2321 काछ २. किनार छेउ।
2322 काबन्दी ना. सानो खालको धोती; ठाडो धरो; लगौंटी |
2323 काछे ना. सिलाएको लँगौटी।
2324 काज ना. लुगाहरूमा टाँक छिराई बन्द गर्नका निम्ति बनाइएको प्वाल टाँकघर |
2325 काज ना. १. कार्य, काम।
2326 काज ना. २. केही वा निर्धारित अवधिका निमित्त कुनै पनि सरकारी वा गैरसरकारी सेवामा रहेको बहालवाला कर्मचारी, शिक्षक आदिले अर्को संस्था वा कार्यालयमा गई गरेको सावधिक सेवाकार्य।
2327 काजकिरिया ना. परम्परागत रीतिअनुसार मृतकका नाउँमा तेह दिनभित्र गरिने अञ्जलिदान, पिण्डदान आदि अन्त्येष्टि क्रिया, मरौपरौको काम क्रियाकर्म |
2328 काजवार ना. १. चाडपर्व, कार्यक्रम।
2329 काजवार ना. २. मेलोमेसो।
2330 काजवार ना. ३. जोहो।
2331 काजी ना. १. माध्यमिककालीन नेपालको मुख्य प्रशासक, मन्त्री वा सो सरहको पद।
2332 काजी ना. २. निजामतीतर्फ उच्च दर्जाको अधिकारी वा सो अधिकारीको पद।
2333 काजी ना. ३. क्षत्रीलाई आदर गर्दा प्रयोग गरिने शब्द।
2334 काजी ना. ४. नेवारका केटाकेटीलाई स्नेह जनाउँदा वा मान राख्दा प्रयोग गरिने शब्द |
2335 काजी ना. वि. ४. कर्मशील, क्रियावान् (कामकाजी मान्छे, कामकाजी कुरो इ.)।
2336 काजु, ना. उष्ण प्रदेशमा फल्ने बदामजस्तो तर केही घुमुर्किएको र सेतो रङको हुने, मरमसलामा प्रसिद्ध सुक्खा फलविशेष।
2337 काजु, वि. काममा पोख्त, कार्यदक्ष |
2338 काजू वि. हे. काजु।
2339 काञ्चन ना. १. सुन, सुवर्ण।
2340 काञ्चन ना. २. धनसम्पत्ति, ऐश्वर्य।
2341 काञ्चन ना. ३. प्रभा दीप्ति।
2342 काञ्चन ना. ४. कोमल तन्तु।
2343 काञ्चन ना. ५. धतुराको बोट।
2344 काञ्चन ना. ६. चाँपको फूल।
2345 काञ्चन पुरुष ना. आशौचको एघारौं दिनमा मृतकको उद्धारका निम्ति महाब्राह्मणलाई दानस्वरूप दिइने सुवर्णपत्रमा लेखिएको पुरुषको आकृति।
2346 काञ्ची ना. १. स्वास्नीमानिसहरूको मेखला, करधनी, कन्धनी।
2347 काञ्ची ना. २. हिन्दूहरूमा पवित्र ठानिएका सात नगरीमध्ये दक्षिण भारतमा स्थित एक नगरी।
2348 काञ्जिक ना. दुध वा दहीको पानी फटाई त्यसमा नुन, मसला हाली साँधेको पेय पदार्थ, माडको अचार, काँजी |
2349 काट्नु स. क्रि. १. कुनै वस्तुलाई हतियारले हान्नु।
2350 काट्नु स. क्रि. २. टुक्रा पार्नु, छिन्ने गराउनु।