Dictionary

All Word

2601 काप ना. २. कुनै वस्तु दुईतीनतिरबाट फाटेर खोच परेको ठाउँ अक्कर।
2602 कापालिक ना. १. मानिसको खप्पर बोकेर हिँड्ने र रक्सी, मासु आदि खाने भैरव वा शक्तिका उपासक तान्त्रिक साधु।
2603 कापालिक ना. २. शरीरको छाला साह्रो, कालो र रुखो भएर फाट्ने एक प्रकारको कोर।
2604 कापालिक ना. ३. बङ्गालमा रहने पुरानो एक वर्णसङ्कर जाति।
2605 कापालिक ना. वि. ४. कपालसम्बन्धी; खप्परसम्बन्धी।
2606 कापिनु अ.क्रि. १. कापमा पर्नु चेपिनु, च्याप्टिनु।
2607 कापिनु अ.क्रि. २. दुई वस्तु वा समस्याका बिचमा अल्झिनु।
2608 कापी ना. १. धर्को भएको वा नभएको लेख्नका निम्ति प्रयोग हुने खाली कागतको पुस्तिका।
2609 कापी ना. २. पुस्तक, चित्र आदिको प्रति वा सङ्ख्या।
2610 कापी ना. ३. प्रतिलिपि, सरौट, नक्कल।
2611 कापी ना. ४. छाप्ने, छापिने आदि कामका निम्ति दिइने हस्तलेख |
2612 कापीराइट ना. लेखक, सङ्गीतकार वा कलाकारलाई कानुनले दिएको त्यो अधिकार जसअनुसार साहित्य, सङ्गीत वा कलाविषयक कुनै पनि कृति वा कार्यको प्रकाशन, उत्पादन र बिक्रीमा खास अवधिसम्मका लागि कानुनी सुरक्षा प्रदान गरिएको हुन्छ, लेखकाधिकार, स्वत्वाधिकार, प्रतिलिप्यधिकार, सर्वाधिकार।
2613 कापीराइट ना. यसको अन्तर्राष्ट्रिय चिह्न यस्तो (1) हुन्छ।
2614 कापुरुष ना. काँतर पुरुष, नीच वा तुच्छ व्यक्ति; पानीआन्द्रे मान्छे।
2615 कापे ना. १. पढ्दा वा पाठ गर्दा किताब राख्न सजिलो हुने गरी बनाइएको काठको एक प्रकारको चेपुवा खटिया।
2616 कापे ना. वि. २. कापो परेको काप भएको।
2617 काफर वि. हे. काँतर।
2618 काफल ना. लाम्चा पात हुने, गुच्छा गुच्छा राता साना फल फल्ने एक वृक्ष, त्यसैको गर्मी महिनामा फल्ने फल।
2619 काफलचरी ना. काफल पाक्ने बेलामा काफल पाक्यो' भनेर कराई हिँड्ने एक चरो।
2620 काफल पाक्यो ना. काफलचरीले काफल पाक्ने समयमा बोल्ने र त्यस्तै सुनिने स्वर|
2621 काफिर ना. १. ईश्वरको अस्तित्व नमान्ने मानिस।
2622 काफिर ना. २. मुसलमानी धर्म नमान्ने मानिस।
2623 काफिर ना. ३ दक्षिण अफ्रिकाका बान्टुभाषी जाति।
2624 काफिर ना. ४. अफगानिस्तानको सरहदमा बस्ने एक जाति।
2625 काफिर ना. वि. ५. नास्तिक।
2626 काफिर ना. ६. दुष्ट।
2627 काफिर ना. ७. निर्दय |
2628 काफी ना. चाहिएजति यथेष्ट मनग्य; पर्याप्त प्रशस्।
2629 काफी ना. १. खनायोका जस्ता झुप्पै झुप्पा राता रङका फल र चिउलीका जस्ता ठुलठुला पात हुने उष्णप्रदेशीय बिरुवा।
2630 काफी ना. २. त्यसैका साना साना बीजलाई यान्त्रिक प्रक्रियाद्वारा धुलो बनाएर तयार पारिने गाढा खैरो रङको र सुगन्धले युक्त एक प्रसिद्ध पेय पदार्थ कफी।
2631 काबिल वि. खास खास विषयको ज्ञाता, पढेलेखेको र योग्य, विद्वान्, पण्डित, शिक्षि।
2632 काबु ना. १. कुनै व्यक्तिको नियन्त्रण वा अधीनमा रहने काम, अधीनता; नियन्त्रण वश हैकम।
2633 काबु ना. वि. २. कायल, साबित |
2634 काबु ना. ३. चेतबाबा भएको, पछुतो मानेर कान समात्ने।
2635 काबुज ना. बट्टाई चरालाई राखिने पिंजडा।
2636 काबुल ना. १. उत्तरपूर्वी भागमा पर्ने अफगानिस्तानको राजधानी।
2637 काबुल ना. २. सिन्धुनदीमा गएर मिसिने अफगानिस्तानको एक नदी।
2638 काबुली वि. काबुल प्रदेशको काबुलसँग सम्बन्धि।
2639 काबुली चना ना. सेतो रङको ठुलो दाना हुने एक प्रकारको चना।
2640 काब्रो ना. हे. काभ्रो।
2641 काग्रे ना. १. नेपालको बाग्मती अञ्चलमा रहेको, काठमाडौँ उपत्यकाको पूर्व-दक्षिणमा पर्ने एक जिल्ला (काभ्रेपलान्चोक)।
2642 काग्रे ना. २. काभ्रोसम्बन्धी काम्रो हुने वा पाइने, काभ्राको।
2643 काभ्रे चरो ना. फुस्रो रङको ज्यादै सानो एक चरो।
2644 काभ्रेपलान्चोक ना. हाल क्रमशः 'काभ्रे' नाउँले मात्र चिनिन थालेको, पहिले पूर्व १ नम्बरअन्तर्गतका काभ्रेपलान्चोक सिन्धुपाल्चोकमध्ये एक जिल्ला।
2645 काभ्रे माछो ना. एक प्रकारको माछोविशेष |
2646 काभ्रो ना. १. लाम्चा पात हुने, सेतो वा हरियो फूल फुल्ने, सेता बाटुला फल लाग्ने हाँगाभरि पातले झ्याम्मिएको एक वृक्ष।
2647 काभ्रो ना. २. अमिलो खालको तरकारी र अचार बनाएर खाइने तथा आयुर्वेदमा ठन्डा गुण हुने र रक्तदोष, मूर्च्छा, रिंगटा आदिमा फाइदा गर्ने भनी बताइएको त्यसकै फूल वा कोसा ; काब्रो।
2648 काम्नु अ.क्रि. डर, अत्यास आदिले जिउ थरथर हल्लनु, कम्प छुट्नु, डगमगाउनु, कम्पित हुनु, थरथराउनु, डग्नु, हुनु, काँप्नु।
2649 काम, ना. काम्ने वा कामेको अवस्था; कँपाइ, कम्प (जस्तो- कामजरो)।
2650 कामо ना. १. कुनै कुरा, उद्योग वा प्रयोजनका लागि हातखुट्टा आदि शारीरिक अङ्ग चलाएर गरिने कार्य; मन वा बुद्धि खियाउने प्रक्रिया वा स्थिति; दशनङ्ग्रा खियाइ।