Dictionary

All Word

2651 कामо ना. २. कुनै पनि कार्य वा क्रिया (उद्योगधन्दा, इलम-व्यवसाय, पठनपाठन इ.)।
2652 कामо ना. ३. गर्नुपर्ने कर्म, कार्य, व्यापार।
2653 कामकाज ना. काम र काज; उद्योगधन्दा, इलम; व्यवसाय; रोजगार।
2654 कामकाजी वि. कुनै नोकरी, पेसा वा काममा लागेको; रोजगार समातेको; इलमी।
2655 काम कारबाई / कारबाही ना. कुनै काम, उद्योगधन्दा वा व्यवसायका लागि गरिने चाँजोपाँजो; बरबन्दोबस्त, कारोबार।
2656 कामकुरो ना. १. गर्नुपर्ने वा टुङ्गो लाउनुपर्ने कुनै कामधन्दा आदि काम र कुरो।
2657 कामकुरो ना. २. केटा र केटीको विवाह हुने कुरो पक्कापक्की गर्ने वा छिन्ने काम (कामकुरो छिन्तु)।
2658 कामचलाउ वि. १. अस्थायी कालका निम्ति जसोतसो कामसम्म चलाउने वा चल्ने तत्कालीन आवश्यकता र प्रयोजनका निम्ति मात्रको।
2659 कामचलाउ वि. २. पूरापूर काम दिन नसक्ने।
2660 कामचोर वि. १. गर्नुपर्ने काम नगरी छली छली हिँड्ने वा ठग्ने।
2661 कामचोर वि. २. काम नै नगर्ने वा नरुचाउने; उत्तरदायित्वबाट पन्छने बानी भएको।
2662 कामजरो ना. एनोफिलिस जातको लामखुट्टेले टोकेर मानिसको शरीरमा प्रोटोजुवा सारिदिएपछि लाग्ने एक प्रत्यावर्ती सङ्क्रामक रोग; कम्प छुट्ने ज्वर; औलो जरो; औलिया ज्वर, मलेरिया।
2663 काम ना. १. विषयभोग वा सुखसुविधाको इच्छा वा चाहना, इच्छा; कामना; वासना।
2664 काम ना. २. स्त्रीपुरुषका बिच सहवासको तीव्र उत्कण्ठा; मैथुनको इच्छा; यौनेच्छा।
2665 काम ना. ३. कामदेव, अनङ्ग।
2666 काम ना. ४. चार पुरुषार्थ (धर्म, अर्थ, काम र मोक्ष) मध्ये तेस्रो।
2667 कामकला ना. रतिक्रियासम्बन्धी कला, यौनसहवाससम्बन्धी कौशल; कोकशास्त्रीय कला।
2668 कामकेलि ना. कामक्रीडा, रतिक्रीडा; यौनक्रिया।
2669 कामजित् वि. १. कामवासनाको उत्तेजनालाई नियन्त्रण गर्न सक्ने, जितेन्द्रिय।
2670 कामजित् वि. ना. २. शिव, महादेव।
2671 कामजित् वि. ३. बुद्ध।
2672 कामज्वर ना. अतृप्त र अपूर्ण यौनेच्छाका कारणले उत्पन्न हुने मानसिक अवस्था; अतृप्त कामवासनाबाट उत्पन्न हुने मनोविकृति।
2673 कामत: क्रि.वि. १. कुनै इच्छा वा चाहना लिएर कामनापूर्वक।
2674 कामत: क्रि.वि. २. कामुकतावश।
2675 कामत: ना. मूल निवासस्थलदेखि टाढा रहेको खेतीपातीका निम्ति बनाइएको घर; कृषिगृह।
2676 कामद वि. इच्छा सफल पार्ने, अभिलाषा पूरा गर्ने, मनोरथ पूर्ण पार्ने।
2677 कामदार ना. १. काम गर्ने व्यक्ति; कर्मचारी।
2678 कामदार ना. २. पारिश्रमिक, ज्याला वा मजुरी लिएर काम सघाइदिने व्यक्ति; खेताला, कुल्ली; श्रमिक।
2679 कामदार ना. वि. ३. पारिश्रमिक नलिईकन सघाउपघाउमा लाग्ने व्यक्ति; सहयोगी।
2680 कामदारी वि. १. काम गर्ने, कामदार, ज्यालादारी।
2681 कामदारी वि. ना. २. कामदारद्वारा काम गर्ने, गराउने प्रथा।
2682 कामदारी वि. ३. कामदारको दायित्व वा पद।
2683 कामदी ना. हास्यमूलक वा हर्षप्रधान रहनाका साथै संयोगमा गई टुङ्गिने एक प्रकारको नाटक, संयोगान्त नाटक; सुखान्।
2684 कामदी ना. विप. त्रासदी।
2685 कामदेव ना. कामवृत्ति वा प्रेम र रतिरागका अधिष्ठाता मानिएका पौराणिक देवता; स्त्रीपुरुषका बिच यौनेच्छा जगाइदिने देवता; अनङ्ग; मदन; काम |
2686 कामधन्दा / कामधन्धा ना. १. संलग्न भएर गर्नुपर्ने वा गरिने कुनै काम, कामकाज।
2687 कामधन्दा / कामधन्धा ना. २. इलम रोजगार।
2688 कामधेनु ना. १. समुद्रमन्थनबाट पैदा भएकी, सम्पूर्ण इच्छा पूरा गरिदिने भनी प्रसिद्ध एक गाई, सुरधेनु, सुरभि।
2689 कामधेनु ना. २. गोरखा जिल्लाको 'गाइखुर' भन्ने ठाउँमा अवस्थित एक देवस्थल।
2690 काम न काज क्रि.वि. विनाप्रयोजन; सित्तैं; व्यर्थ; अनाहक।
2691 कामना ना. अभीष्ट वा हार्दिक इच्छा, अभिलाषा; मनोर।
2692 कामबाण ना. कामदेवका पाँच बाण- मोहन, उन्मादन, सन्तपन, शोषण र निश्चेष्टीकरण कामायुध।
2693 काममोहित वि. कामवासनाको मोहमा परेको; कामासक्त; कामातुर।
2694 कामयाब वि. १. सफलता प्राप्त भएको; सफल।
2695 कामयाब वि. २. इच्छा वा मनोरथ पूर्ण भएको।
2696 कामयाबी ना. इच्छा; मनोरथ आदिको पूर्णता; उद्देश्यको सिद्धि, सफलता।
2697 कामर ना. १. प्रसिद्ध तीर्थस्थलका शिवलिङ्गमा गङ्गा वा कुनै पवित्र नदीको जल चढाउन जाने कामार्थले बाँसका भाटालाई सिँगारपटार गरेर बनाइएको डन्डीका टुप्पामा झुन्ड्याएर काँधमा बोकी लगिने जलपात्रको हलुका भारी।
2698 कामर ना. २. कामार्थले जलपात्र र पूजासामग्रीका साथै आफूले उपयोग गर्ने लत्ताकपडा, भाँडावर्तन र खाद्यवस्तुसमेत बाँसका चोयाबाट बनेका पात्रमा हाली तिनलाई रातोरको कपडाको आवरणले नै ढाकेर मेहनाको रूप दिइएको बाँसका नोलका दुईतिरका टुप्पामा अड्काएर काँधमा बोकी लैजाने गहुँगो भारी।
2699 कामरूप वि. १. सुन्दर, मनोहर।
2700 कामरूप वि. २. इच्छाअनुसार जुनसुकै रूप पनि फेर्न सक्ने।