Dictionary

All Word

2701 कामरूप वि. ना. ३. कामाक्षादेवीको मन्दिर भएको भारतको आसाम प्रदेशको एक क्षेत्र।
2702 कामला ना. पित्तको प्रकोपले गर्दा आँखा, छाला र पिसाबसमेत असाधारण रूपले पहेँलो हुने एक सरुवा रोग; कमलपित्।
2703 कामवती वि. १. यौनतृप्ति वा विषयभोगको चाहना गर्ने (स्त्री)।
2704 कामवती वि. २. रूपवती, सुन्दरी।
2705 कामवन ना. शिवजीले तेस्रो नेत्र खोली कामदेवलाई भस्म गरेको वनप्रदेश।
2706 कामशास्त्र ना. स्त्रीपुरुषको प्रेम वा यौनविषयक व्यवहार तथा कलाको वर्णन गरिएको विज्ञान; यौनविज्ञान; रतिशास्त्र; कामविद्या।
2707 कामसूत्र ना. वात्स्यायनले बनाएको कामशास्त्र।
2708 काम हडताल ना. कुनै कार्यालय, निगम, कारखाना आदिका सेवारत कर्मचारी वा कामदारले आफूले प्रस्तुत गरेको कुनै माग पूरा नभएसम्म काम नगरी चुपचाप बसेर गर्ने हडताल।
2709 कामातुर वि. कामवासनाले गर्दा आकुल तथा उद्विग्न भएको, कामविह्वल।
2710 कामान्ध वि. प्रेम वा कामोन्मादका कारणले अन्धो भएको, यौनेच्छाको तीव्र उद्वेगले बुद्धिसुद्धि पनि हराएको।
2711 कामायुध ना. १. कामदेवको अस्त्र कामबाण, २. पुरुषेन्द्रिय।
2712 कामायुध ना. ३. आँपको रुख।
2713 कामारि ना. कामदेवको शत्रु महादेव।
2714 कामार्थ ना. कायर लिएर तीर्थयात्रामा जाने मान्छे।
2715 कामिता ना. कामुक हुनाको भाव, जीवहरूमा कामवासना उत्पन्न हुने गुण।
2716 कामिनी ना. १. राम्री वा सुन्दरी स्त्री।
2717 कामिनी ना. २. मनमा कामवासना भएकी स्त्री; कामवती।
2718 कामिनी ना. ३. कामना गर्न सकिने वा स्नेहमयी स्त्री।
2719 कामिनी दह ना. नारायणी अञ्चलको अमलेखगन्जदेखि दक्षिणी भागमा पर्ने एक प्रसिद्ध दहको नाम।
2720 कामनु अ. क्र. काम्ने होइन, हल्लिनु।
2721 कामी वि. १. मनमा कुनै कामना भएको, कुनै कामकुराको चाहना गर्ने।
2722 कामी वि. २. कामवासनामा रत हुने, कामुक, विषम्।
2723 कामी, ना. परम्परित रूपमा फलामको काम गर्दै आएको एक जाति; लोहार, लौहकार; विश्वकर्मा।
2724 कामुक वि. कामवासनामा लट्ठिएको; विलासी, कामातुर, विषयभोगी; स्त्रीलम्पट।
2725 कामुकी वि. १. कामवासनाको प्रबलता भएकी, कामातुर (स्त्री)।
2726 कामुकी वि. २. सतीत्व नभएकी; व्यभिचारिणी।
2727 कामोद्दीपक वि. कामवासनालाई उद्दीप्त पार्ने; रतिराग जगाउने; सहवासका इच्छाको उत्तेजना बढाउने।
2728 कामोद्दीपन ना. सहवासको उत्तेजना, कामवासनाको वृद्धि।
2729 काम्ने वि. १. शरीर थुरथुर हल्लाउने, कम्प दिने; थरथरे।
2730 काम्ने वि. २. तान्त्रिक विधिमा शरीरमा देउता चढाएर हल्लने, देउता बस्ने (धामी, झाँक्री आदि)।
2731 काम्पोस ना. दक्षिण अमेरिकामा रहेको ब्राजिलका पठारको उष्ण तृणभूमि; घाँसे फाँट।
2732 काम्य वि. १. कामना गरिएको; इच्छ्याइएको; अभिलषि।
2733 काम्य वि. २. इच्छानुसार हुने, ऐच्छिक।
2734 काम्य वि. ३. कुनै विशेष उद्देश्यद्वारा गरिएको।
2735 काम्य वि. ४. सुन्दर; मनोहर; राम्रो।
2736 काम्यकर्म ना. कामनाप्राप्तिका लागि वा भावी फलका आशाले गरिएको कार्य; खास उद्देश्यद्वारा प्रेरित भएर गरिएको धर्मानुष्ठान।
2737 काम्य वृषोत्सर्ग ना. सन्तान नहुनेले जीवित अवस्थामा पारलौकिक सुधारका लागि गरिने वृषोत्सर्ग।
2738 काम्येष्टि ना. कुनै उद्देश्यपूर्ति वा कामनासिद्धिका लागि गरिने यज्ञ; फलप्राप्तिको उद्देश्यले गरिने अनुष्ठान।
2739 काम्रो ना. १. हातगोडा आदिका हड्डी भाँचिएमा वा फुटेमा ठिक पार्नका लागि बाहिर कपडाले बाँधेर प्रयोग गरिने बाँस आदिको कप्टेरो।
2740 काम्रो ना. २. लिङ्गे पिङहरूमा बस्नका लागि काठका कप्टेरामा डोरीले बाँधी बनाइएको आसन।
2741 काम्रो ना. ३. डोको, थुन्से, ढाकर आदिलाई बलियो र जब्बर तुल्याउनका लागि ठाउँ ठाउँमा घुसारिने दह्रो कप्टेरो।
2742 काम्लाको सातु ना. फोहरी काम; नराम्रो व्यवहार।
2743 काम्ली ना. सानो काम्लो |
2744 काम्ले वि. १. काम्लो बोक्ने काम्लो लिएको; काम्लो मात्रै हुने।
2745 काम्ले वि. ना. २. बाटुला र खस्रा पात हुने एक प्रकारको बुटे घाँस।
2746 काम्लो ना. ऊनीद्वारा बनाइएको ओछ्‌याउन वा ओढ्न हुने बाक्लो साधन, कम्बल, राडी वा पाखी।
2747 काम्लोकाम्ली ना. धेरै काम्लाको समूह काम्लो र काम्ली।
2748 काय ना. जिउ, आङ, शरीर, देह |
2749 कायकर्म ना. १. शरीरद्वारा गरिने शुभ कार्य।
2750 कायकर्म ना. २. आशौच आदिमा वा धार्मिक अनुष्ठानमा शरीरशुद्धिका निम्ति गरिने स्नान, दान आदि काम।