Dictionary

All Word

2751 कायकल्प ना. १. औषधी उपचारद्वारा रुग्ण वा वृद्ध व्यक्तिलाई तन्दुरुस्त वा युवक बनाउने क्रिया।
2752 कायकल्प ना. २. उलटपलट, परिवर्तन।
2753 कायचिकित्सा ना. शरीरका सबै रोगको औषधोपचार गर्ने आयुर्वेदको एक विभाग।
2754 कायदा वि. हे. काइदा |
2755 कायम वि. १. जहाँको तहीँ रहेको; टसमस नभएको, स्थिर।
2756 कायम वि. २. पहिलेजस्तो; जस्ताको तस्तो।
2757 कायम वि. ३. तोकिएको; मुकर्र।
2758 कायम वि. ४. ठेगानामा आएको; साबि।
2759 कायममुकायम वि. कुनै पदको स्थायी कर्मचारी कारणवश अनुपस्थित रहेमा वा सो पद खाली भएमा काम चलाउनका लागि सोही पदमा काम गर्ने (व्यक्ति); माथिल्लो तहको कर्मचारीको अनुपस्थितिमा सो तहको अधिकार र सुविधा पाउने गरी मुकर्र गरिएको (कायममुकायम सचिव, कायममुकायम जिल्ला शिक्षा अधिकारी इ.); कार्यवाहक; स्थानापन्न।
2760 कायममुकायम वि. सङ्क्षे.- का. मु.।
2761 कायर वि. हे. काँतर।
2762 कायल वि. १. कुनै कसुर वा अपराधबारे साबित हुने, आफ्नो दोष वा गल्तीमा कायल भएको साबि।
2763 कायल वि. २. पाइला पाइलामा सताइएको; हैरान; लाचार।
2764 कायलनामा ना. अपराध, कसुर वा गल्ती स्वीकार गरी लेखिदिने कागत; अड्डा, अदालतका रोहबरमा साबित हुने व्यक्तिले काल भई लेखिदिने कागत वा लिख।
2765 कायस्य ना. १. लेखापढी गरेर जीवन चलाउने व्यक्ति मुनिम।
2766 कायस्य ना. २. प्रायः तराईमा बस्ने एक जाति, काइते।
2767 काया ना. शरीर, देह।
2768 काया ना. (उदा.- मायामा काया फाल्न सकिँदैन।)।
2769 कायाकल्प ना. १. शरीरको पूरै शुद्धि वा परिवर्तन हुने क्रिया वा व्यवस्था।
2770 कायाकल्प ना. २. तरुनोपना ल्याउने त्यस्तो चिकित्सा।
2771 कायाकैरन ना. १. भएभरको बेहोरा ; वृत्तान्त-वर्णन।
2772 कायाकैरन ना. २. धामीले बक्ने शब्द |
2773 कायापलट ना. १. ठुलो परिवर्तन; भारी हेरफेर।
2774 कायापलट ना. २. शरीर वा रूप अर्कै भएर फेरिने काम; कायाकल्प हुने अवस्था।
2775 कायिक वि. काया वा शरीरसम्बन्धी; शारीरिक, देहविषयक |
2776 कार वि. १. नाम शब्दको पछाडि लागेर 'बनाउने', 'गराउने', 'रचना गर्ने' आदि कार्यबोध गराउने शब्द (ग्रन्थकार, कथाकार इ.)।
2777 कार वि. २. काम गर्ने, कार्य गर्ने।
2778 कार वि. ना. ३. वर्णमालाका अक्षरको पछाडि लागेर तिनलाई नामका रूपमा चिनाउने शब्द (आकार, उकार इ.)।
2779 कार वि. ४. अनुकरण आदि ध्वनिको बोध गराउने शब्द (हुङ्कार, झङ्कार इ.)।
2780 कार वि. ५. पूरकका रूपमा आउने शब्द ( केरकार, कोरकार इ.)।
2781 कार ना. चार पाङ्ग्रा भएको, इन्धनले चल्ने सानो आरामदायी सवारी साधन, मोटरकार।
2782 कारक ना. १. व्याकरणमा क्रियाका साथ साक्षात् सम्बन्ध राख्ने शब्द, वाक्यविन्यासगत सम्बन्ध देखाउन नाम, सर्वनाम वा विशेषणमा देखापरेको रूपभिन्नता।
2783 कारक ना. वि. २. बनाउने; अभिनय गर्ने; सम्पादन गर्ने (व्यक्ति)।
2784 कारक ना. ३. कुनै पनि रूपले कार्यसम्पादन गर्न प्रत्यक्ष रूपले सहायक।
2785 कारकग्रह ना. जन्मकुण्डलीमा रहने मुख्य ग्रह।
2786 कारकेर ना. १. अभियुक्त वा दोषीलाई केर्ने काम, साबिती बयान लिने कार्य; सोधपुछ गर्दै तथ्य पत्तो लगाउने कार्य; कार।
2787 कारकेर ना. २. केर्ने र मेट्ने काम, केरमेट |
2788 कारखाना ना. कुनै चिजबिज तयार पार्ने, बनाउने वा उत्पादन गर्ने घर; हात वा यन्त्रद्वारा मालसामानहरू तयार पार्ने ठाउँ, औद्योगिक प्रतिष्ठान।
2789 कारण ना. १. प्रभाव वा परिणाम उत्पन्न गर्ने कुनै पनि मूल तत्त्व वा व्यक्ति; कुनै पनि कार्य, भावना आदिका निमित्तको हेतु अभिप्रेरणा वा आधार; हेतु; तर्क, आधार, प्रयोजन; उद्देश्य।
2790 कारण ना. २. उपकरण; साधन।
2791 कारण ना. ३. काव्य वा नाटकको मूल वा कथावस्तु।
2792 कारण ना. ४. प्रमाण दस्तावेज।
2793 कारणपूजा ना. विशेष पर्व वा उत्सवहरूमा देवतालाई स्नान गराई परम्परागत विधिविधानअनुसार पूजादि गर्ने क्रिया, देवपूजाको एक विशेष विधि |
2794 कारणमाला ना. १. वर्णित वस्तुको कार्यकारण सम्बन्ध देखाउँदा पूर्व पूर्व कारण र पर पर कार्य अथवा पूर्व पूर्व कार्य र पर पर कारणको क्रमलाई आधार बनाइने शृङ्खलामूलक अर्थालङ्कारको प्रकार।
2795 कारणमाला ना. २. कारणहरूको परस्परसम्बद्ध शृङ्खला।
2796 कारणवश क्रि.वि. कुनै कारणको अधीनमा परेर कुनै उद्देश्य वा प्रयोजनले गर्दा।
2797 कारणी वि. १. मुख्य नाइके, प्रधान, मूल, कारनी।
2798 कारणी वि. ना. २. कुनै काम गर्ने धेरै व्यक्तिहरूमध्ये प्रमुख व्यक्ति, सम्बद्ध व्यक्ति।
2799 कारतुस ना. हे. कार्तोस।
2800 कारबाई ना. हे. कारबाही।