Dictionary

All Word

2801 कारबार ना. हे. कारोबार।
2802 कारबाही ना. १. काम काज।
2803 कारबाही ना. २. व्यवहार; कारबार।
2804 कारबाही ना. ३. गुप्त प्रयत्न; चाल।
2805 कारबाही ना. ४. कार्यतत्परता; कर्मण्यता।
2806 कारबाही ना. ५. अड्डा, अदालतबाट कुनै समस्या, झगडा वा मुद्दाको छानबिन गरी फैसला गर्दा अँगालिने प्रक्रिया, निर्णयका निम्ति गरिने त्यस्तो कार्य।
2807 कारयिता वि. १. सृष्टिकर्ता, रचनाकार।
2808 कारयिता वि. २. गराउने, गर्न लाउने।
2809 कारवाई ना. हे. कारबाही।
2810 कारा ना. १. कैद बन्धन।
2811 कारा ना. २. कारावास; झ्यालखाना; कैदखाना; जेल, बन्दीगृह।
2812 कारा ना. ३. वीणाको गर्धनको तल्लो भाग।
2813 कारा ना. ४. पीडा, कष्ट।
2814 कारा ना. ५. सुनको काम गर्ने आइमाई।
2815 कारागार ना. जेल, झ्यालखाना; बन्दीगृह, कारा।
2816 कारागारिक ना. जेलखानामा बन्दीहरूको व्यवस्था, रेखदेख आदि कार्य गर्ने मुख्य अधिकारी ; जेलको हाकिम।
2817 कारागृह ना. कारागार, जेलखाना।
2818 कारादण्ड ना. जेलमा थुन्ने सजाय; कैद सजाय, थुना।
2819 काराध्यक्ष ना. कारागृहको प्रशासनिक अधिकृत, जेलखानाको मुख्य हाकिम |
2820 काबन्दी ना. कैदी बन्दी थुनुवा।
2821 कारावास ना. जेलमा थुनिने काम, कारागारको सजाय भोग्ने काम।
2822 कारिका ना. १. थोरैमा धेरै अर्थ दिने गद्यमय वा पद्यमय सूक्ति।
2823 कारिका ना. २. नर्तकी।
2824 कारिका ना. ३. व्यवसाय, पेसा।
2825 कारिका ना. ४. व्याकरण, दर्शन आदिसँग सम्बद्ध ग्रन्थ (साङ्ख्यकारिका आदि)।
2826 कारिगर ना. १. धातु, काठ, पत्थर आदिको राम्रो मूर्ति बनाउने व्यक्ति, कलाकार, शिल्पकार, शिल्पी |
2827 कारिगर ना. २. कलपुर्जाको काम गर्ने व्यक्ति, कालिगड |
2828 कारिगरी ना. कारिगरको काम वा पेसा, कालिगडी शिल्पकार्य।
2829 कारिणी वि. कारी; गर्ने, विशेषतः शब्दको पछिल्तिर जोडिएर 'गर्ने' भन्ने अर्थमा उत्तरपदका रूपमा आउने (कार्यकारिणी, प्रबन्धकारिणी इ.)।
2830 कारित वि. गराइएको; बनाइएको।
2831 कारिता ना. १. ऋणीको स्वीकृतिमा प्रचलित कानुन तोकेभन्दा बढी दरमा लिइने ब्याज।
2832 कारिता ना. २. कुनै शब्दको पछिल्तिर जोडिएर गर्नेपन वा गराउने भाव आदि अर्थ बुझाउने शब्द (काव्यकारिता, नाट्यकारिता इ.)।
2833 कारिन्दा ना. निजामती सेवातर्फ लेखनदासको काम गर्ने निम्नस्तरीय कर्मचारी, काइते; क्लर्क।
2834 कारी वि. गर्ने' वा 'बनाउने' भन्ने अर्थ लिएर शब्दको पछिल्तिर उत्तरपदका रूपमा जोडिने (आज्ञाकारी, कार्यकारी इ.)।
2835 कारुणिक वि. १. करुणाको भाव भएको, दयालु, कृपालु।
2836 कारुणिक वि. २. करुणायुक्त, करुणाले भरिएको।
2837 कारुण्य ना. करुणाको भाव वा अवस्था दया वा कृपा।
2838 कारोबार ना. कुनै मालमत्ता बेचबिखन गरी जीविका चलाउने काम; व्यापार।
2839 कारोबार ना. २. रकम वा कुनै वस्तु लिनेदिने काम लेनदेन; सरसापट; ऐँचोपैंचो।
2840 कारोबार ना. ३. उद्योगधन्दा, इलम; व्यवसाय।
2841 कारोबारी वि. कारोबार गर्ने, बेपारको पेसा अँगाल्ने, लेनदेन गर्ने।
2842 कार्गो ना. जल, स्थल वा हवाईमार्ग हुँदै एक ठाउँबाट अर्को ठाउँ पुऱ्याउन ल्याइएको मालमत्ता।
2843 कार्गो बुक ना. कुनै कम्पनी वा संस्था आदिले कार्गो सेवा उपलब्ध गर्नाका निम्ति गरिने अग्रिम अनुबन्ध।
2844 कार्गो सेवा ना. जल, स्थल वा हवाईमार्गबाट मालताल ल्याउनेलाने वा ओसारपसार गर्ने कार्य |
2845 कार्चोप ना. १. कपडामा बुट्टा भर्ने कला वा काम; बत्तुभराइ, बेलबुट्टा, कारचोब (इम्ब्राइडरी)।
2846 कार्चोप ना. २. बुट्टा भर्नका निमित्त कपडा तानेर राख्ने एक साधन।
2847 कार्चोपी वि. कार्चोप वा बत्तु भरिएको; बुट्टा हालिएको।
2848 कार्चोपी टोपी ना. मखमलमा रेसमका धागाले बुट्टा भरिएको, बिचमा जालीदार गट्टा राखिएको विशेष प्रकारको नेपाली टोपी; बिर्के टोपी |
2849 कार्टुन ना. कुनै व्यक्ति वा घटनाको उपहास गर्न वा कुनै सत्यतर्फ औंल्याउन व्यङ्ग्यात्मक ढङ्गले लेखिएको चित्र, हास्यसहितको व्यङ्ग्यचित्र; व्यङ्ग्यचित्र।
2850 कार्ड ना. कुनै पर्व, उत्सव वा विवाह आदिका निमन्त्रणा छापिने वा अन्य विशेष लेखपढ आदिमा प्रयोग गरिने आयताकार, बाक्लो र दह्रो कागजको टुक्रा, पत्र |