Dictionary

All Word

3351 किन्तु संयो. तर; परन्तु, अपितु।
3352 किन्नर ना. १. पुराणअनुसार मानिसको जस्तो मुख र घोडाको जस्तो शरीर वा मानिसको जस्तो शरीर र घोडाको जस्तो मुख हुने, देवताहरूका पर्वोत्सवहरूमा गानबजान गर्ने एक देवयोनि किम्पुरुष, अश्वमुख।
3353 किन्नर ना. वि. २. अति राम्रो; सुन्दर।
3354 किन्नरकिन्नरी ना. १. किन्नर जातकी स्त्री।
3355 किन्नरकिन्नरी ना. २. एक प्रकारको वीणा।
3356 किन्नरकिन्नरी ना. वि. ३. सुन्दरी, ज्यादै राम्री।
3357 किन्ने वि. खरिद गर्ने; गाहकी; क्रेता।
3358 किन्ने बेच्ने वि. किन्ने र बेच्ने; खरिदबिक्री गर्ने; गाहकी र बेपारी; क्रेता र विक्रेता।
3359 किप ना. कालीज्यामिरका जातिको एक किसिमको अमिलो फल।
3360 किपट ना. केही पूर्वका शताब्दीहरूमा धेरै इलाकामा प्रचलित भ पनि भूमिसुधार आरम्भ हुने समयमा भने पूर्वी नेपालका माझ किराँत तथा पल्लो किराँतमा मात्र प्रचलित राईलिम्बूहरूलाई लालमोहर गरेर दिइएको कहिल्यै राजीनामा हुन नसक्ने अथवा जसका नाममा सो जग्गा लेखिएको छ उसैका सन्तानदरसन्तानले भोगचलन गर्नुपर्ने जग्गा।
3361 किपटिया ना. किपट जग्गा पाउने व्यक्ति।
3362 किफायती वि. १. किफायत गर्ने, कम खर्चालु, मितव्ययी।
3363 किफायती वि. २. कम मूल्यको; सस्तो।
3364 किम् क्रि.वि. १. के कारणले; किन।
3365 किम् क्रि.वि. २. कुन के।
3366 किमा ना. मसिना टुक्रा पारी काटिएको मासु वा त्यसरी काटेर बनाइएको मासुको परिकार।
3367 किमाम ना. सुर्ती, अफिम आदिको रसमा सुगन्धित पदार्थ हाली पकाएर जमाइएको रस वा लेदो।
3368 किमार्थ क्रि.वि. कसै गरेर पनि केही गरे पनि कुनै स्थिति वा अवस्थामा पनि; निश्चय नै; पटक्कै।
3369 किम्पुरुष ना. १. हे. किन्नर।
3370 किम्पुरुष ना. २. पुराणअनुसार हिमालय र हेमकूट पर्वतका बिचमा रहेको उक्त जाति रहने ठाउँ।
3371 किम्बु ना. खरीको जस्तो लाम्चा पात हुने, मञ्जरीजस्तो भएर मसिना पहेँला फूल फुल्ने, पिप्लाका आकारको सेता हरिया प्याजी रङ्गका फल फल्ने एक रुख वा त्यसैको फल, किम्।
3372 किम्मत ना. १. कुनै मालको मूल्य, दाम, मोल।
3373 किम्मत ना. २. महत्त्व।
3374 किम्मत ना. ३. पुरुषार्थ; आश्चर्यजनक काम |
3375 किम्मती वि. १. धेरै मोल पर्ने; मूल्यवान् दामी।
3376 किम्मती वि. २. महत्त्वपूर्ण महान्।
3377 किम्मती वि. ३. प्रशंसनीय; तारिफलाग्दो।
3378 किम्मु ना. किम्बु |
3379 किरकिटी ना. सत्ताइस नक्षत्रमध्ये तेस्रोचाहिँ तथा ६ वटा ताराहरूको पुञ्ज रहने नक्षत्र, किर्किटी; कृत्तिका नक्षत्र।
3380 किरकिर क्रि.वि. मसिना ढुङ्गा, बालुवा आदि वस्तु खानामा मिसिएर दाँतमा लाग्ने गरी कुनै कडा वस्तुसँग रगडिँदा आवाज आउने किसिमले।
3381 किरकिरी क्रि.वि. १. मसिनो ढुङ्गा, बालुवा आदि आँखामा बिझाउने वा दाँतमा लाग्ने गरी।
3382 किरकिरी क्रि.वि. ना. २. तरकारी, खाना आदिमा मिसिएका ससाना गेगर वा बालुवा।
3383 किरकिरे ना. भाँचिएको हाडको टुप्पा घोटिंदा आउने आवाज।
3384 किरण ना. प्रकाशमय पुञ्ज (सूर्य, चन्द्र, बत्ती इ.) बाट निस्किएको चम्किलो वस्तुको मिहिन रेखा चम्किला वस्तुबाट चारैतिर फिंजिने उज्यालो रेखा; ज्योति, रश्मि, प्रभा; कान्ति; तेज |
3385 किरणकेतु ना. सूर्य।
3386 किरणकेन्द्र ना. समानान्तर रूपले आइरहेको किरणलाई एकत्र पारिएको स्थान।
3387 किरणचित्र ना. कुनै प्रकाशपुञ्जलाई धेरै क्षणसम्म लगातार हेरेर अन्त हेर्दा आँखा अगिल्तिर देखिने रातो, पहेँलो किरण वा रङ्गीबिरङ्गी बिम्ब।
3388 किरणमाली ना. सूर्य।
3389 किरन्टोकी वि. १. चाहिने खर्च पनि नगरी पैसा साँचेर राख्ने; कन्जुस; मक्खीचुस, कृपण, चुइयाँ, छुच्चो।
3390 किरन्टोकी वि. २. झिँगाको बोसो काढ्ने; लोभी।
3391 किरमिर क्रि.वि. अक्षर, लेखाइ आदि बाङ्गोटिङ्गो हुने चाल, धर्काधर्की।
3392 किरमिरे वि. किरमिर भएको; किरमिर लेखिएको; धर्काधर्की परेको।
3393 किरमिरे हाँस ना. सेता आँखा हुने र धर्काधर्की परेको ससानो खालको हाँस।
3394 किराँत ना. १. पूर्वी नेपालमा पर्ने माझ किराँत तथा पल्लो किराँतका नामले प्रसिद्ध एक प्रदेश; किरा।
3395 किराँत ना. २. उक्त प्रदेशमा बसोबास गर्ने प्राचीन एक जाति; राई- लिम्बू।
3396 किराँत ना. ३. हिमवत्खण्डमा उल्लिखित, सिकारबाट जीविका चलाउने आदिम पहाडी जाति।
3397 किराँत ना. स्त्री. किराँतिनी।
3398 किराँत ना. ४. प्राचीन नेपालमा शासन गर्ने एक राजवंश।
3399 किराँत पति ना. १. किराँतका हाङ्ग वा राजा।
3400 किराँत पति ना. २. शिव।