Dictionary

All Word

3251 किचाइनु क.क्रि. किच्न लाइनु, थिचाइनु।
3252 किचाउनु प्रे. क्रि. किच्न लाउनु, यिचाउनु।
3253 किचाकिच ना. परस्परमा वा धमाधम किच्ने काम; थिचाचि मिचामिच; ठेलमठेल।
3254 किचाघान ना. भिडभाडमा ठेलिने, लड्ने र किचिने काम वा स्थिति थिचोमिचो।
3255 किचिनु क.क्रि. किच्ने काम गरिनु, थिचिन, मिचिनु।
3256 किचिपिची/ किचिमिची ना. १. किच्ने र मिच्ने काम; किचमिच।
3257 किचिपिची/ किचिमिची ना. २. गिलो पदार्थलाई बेसरी माड्ने काम, गिजोल्ने काम।
3258 किचिपिची/ किचिमिची ना. ३. घाउ खटिरा आदिमा जमेको पिप फुटेर छ्‌याल्लब्याल्ल हुने काम।
3259 किचिपिची/ किचिमिची ना. ४. अस्पष्ट र फोहोर खालको लेखाइ।
3260 किचिरपिचिर/किचिरमिचिर ना. हे. किचिमिची।
3261 किच्च क्रि.वि. कुनै कारणले वा स्वभावैले थोरै हाँस्ने गरी; मुस्कुराउने किसिमले।
3262 किच्चक वि. कुनै कारण वा प्रयोजनविना नै किच्च किच्च हाँसिरहने।
3263 किच्चिनु अ.क्रि. किचिनु, थिचिनु।
3264 किच्च्याइ ना. किच्चिने काम, भाव वा अवस्था।
3265 किच्च्याइनु क.क्रि. किच्याउने काम गरिनु, गिज्याउनु।
3266 किच्च्याउनु प्रे. क्रि. किच्चिन लाउनु।
3267 किच्च्याहट ना. किच्चिने काम किच्च्याइ |
3268 किजात ना. किरिया हाल्दा प्रयोग गरिने शब्द, कुजा।
3269 किञ्चित् वि. १. थोरै, अल्पशः अलिकति इषत्, केही; मनाक्।
3270 किञ्चित् वि. क्रि.वि. २. अलिकति पनि थोरै पनि केही पनि।
3271 किञ्जल्क ना. १. कमलको केसर (उदा.- मैले न्वाउनलाइ शैलतटमा छन् दुधका पोखरी। टल्कन्छन् जलमा जहाँ किरणका किञ्जल्क रेखा परी। - माधव घिमिरे। )।
3272 किञ्जल्क ना. २. नागकेसर।
3273 किञ्जल्क ना. वि. ३. केसरको रङजस्तो पहेँलो।
3274 किट्नु स. क्रि. रिस, आवेग वा तीव्र असन्तोषका भावनाले तलमाथिका दाँत रगड्नु, दाँत रगडेर किर्र किर्र आवाज निकाल्नु।
3275 किट्नु स. क्रि. (उदा.- रिसको झोकमा हरिले दाँत किट्यो)।
3276 किट्नु स. क्रि. १. कुनै कामकुराका बारेमा यही नै हो भनेर टुङ्गो लाउनु; यस्तै हो भनेर तोक्नु।
3277 किट्नु स. क्रि. २. निधो गर्नु तोक्नु।
3278 किट्नु स. क्रि. ३. मर्यादा निश्चित गर्नु।
3279 किट ना. धातु खार्दा निस्किएको कस वा कसर, किट्ट।
3280 किटाइ ना. १. झोकले तलमाथिका दाँत रगड्ने काम वा प्रक्रिया।
3281 किटाइ ना. २. कुनै कामकुराका बारेमा तोक्ने वा निधो गर्ने क्रियाप्रक्रिया |
3282 किटाइनु क.क्रि. १. झोकले दाह्रा किट्न लाइनु।
3283 किटाइनु क.क्रि. २. कुनै कामकुरो तोक्न लाइनु।
3284 किटाउनु प्रे. क्रि. १. झोकले दाह्रा किट्न लाउनु।
3285 किटाउनु प्रे. क्रि. २. निधो गराउनु तोक्न लाउनु।
3286 किटान ना. कुनै कामकुराका बारेमा यही नै हो किट्ने वा तोक्ने काम निश्चय; निधो।
3287 किटानी ना. निश्चयसाथ भनिएको कुरो, तोकिएको कुरो।
3288 किटुवा वि. १. निश्चय वा निधो गरिएको; तोकिएको ( काम वा कुरो)।
3289 किटुवा वि. २. किटान गर्ने; तोक्ने (व्यक्ति)।
3290 किट्ट ू ना. १. थेग्रिएर रहेको पदार्थ, थिग्रेनी।
3291 किट्ट ू ना. २. फलाम आदिको मयल; कीट।
3292 किट्ट ू ना. ३. मल विष्ठा।
3293 किट्ट क्रि.वि. किट् आवाज आउने गरी।
3294 किट्ट क्रि.वि. (उदा.- उसले दाँत किट्ट कियो।)।
3295 किट्टी ना. चार जना बसेर प्रायः नौ नौ पत्ती तासमा प्रत्येकमा तीन तीन पत्ती मिलाएर एक अर्कोलाई जित्दै बाजीमाथ गर्ने एक प्रकारको तासको खेल।
3296 किट्नी ना. मूत्राशय।
3297 किताप ना. हे. किताब।
3298 कितापी वि. किताबी।
3299 किताब ना. मुद्रित गरिएको वा लेखिएको र सुरक्षित तुल्याउन एकापट्टि धागो वा तारले बाँधी प्रायः बाक्लो र बलियो गातासमेत लगाइएको पत्रैपत्र कागतको समूह वा ठेली; पुस्तक ; पोस्तक, पोथी; किताप; ग्रन्।
3300 किताबखाना ना. १. किताबहरू राख्ने ठाउँ, पुस्तक भण्डार।