Dictionary

All Word

3301 किताबखाना ना. २. जड्गी, निजामती आदि कर्मचारीहरूको नियुक्ति, बढुवा, सरुवा, खोसुवा आदिसम्बन्धी रेकर्ड राख्ने अड्डा।
3302 किताब दर्ता ना. कर्मचारी पदको बहाली भएपछि किताबखानामा रेकर्ड गरिने काम।
3303 किताबी वि. १. किताबसम्बन्धी।
3304 किताबी वि. २. कर्मचारीहरूको रेकर्ड भरिएको किताबको काम गर्ने।
3305 किताबी वि. ३. व्यवहार इतर ( किताबी ज्ञान)।
3306 किताबी किरो ना. पुस्तक मात्र अध्ययन गर्ने व्यक्ति।
3307 किताबी सवाल ना. स्रेस्ता अड्डालाई भएको सवाल।
3308 किताबी सवाल ना. (सो खारेज भई पछि 'मुलुकी सवाल' बनेको हो।)।
3309 कित्ता ना. १. श्रेणी, तह, कक्षा, दर्जा, ओहदा।
3310 कित्ता ना. २. टुक्रा, खण्ड।
3311 कित्ता ना. ३. थान; गोटा।
3312 कित्ता ना. ४ किसिम, जात, वर्ग; जाति।
3313 कित्ताकाट ना. कुनै कित्ताको जग्गामध्येबाट बेचबिखन गर्दा वा भाग छुट्याउँदा नापी अड्डाले लिखत तथा नापनक्साअनुसार पहिलेको कित्ता फोरी छुट्टाछुट्टै कित्ता कायम गरिदिने काम; कित्ताफोड।
3314 कित्ताफोड ना. कित्ताकाट।
3315 कित्ली ना. पानी उमाल्ने वा पकाउने, बिर्को र समौटोसमेत भएको भाँडो चियादानी |
3316 किथ्रो ना. १. किलकिले।
3317 किथ्रो ना. २. कीटपतङ्गादि वर्गको एक जाति (फट्याङ्ग्रो इ.)।
3318 किन्नु स. क्रि. मोल तिरेर कुनै माल लिनु वा आफ्नो हकमा पार्नु; बेसाउनु, खरिद्।
3319 किन क्रि.वि. कुनै काम वा विषयको कारण सोद्धा प्रयोग गरिने शब्द कुन हेतुले वा के उद्देश्यले ? के कारणले ?।
3320 किन किन अव्य. थाहा नभएको कारणबारे विस्मयपूर्वक भनिने शब्द, संशय, अनिच्छा वा अरुचि जनाउने शब्द।
3321 किन किन अव्य. (उदा.- किन किन आज मलाई पढ्न नजाऊँजस्तो भइरहेछ।)।
3322 किनखाब ना. सुनचाँदीका बत्तुले बुट्टा काढिएको झलझलाउँदो रेसमी कपडा, बहुमूल्य रेसमी कपडा।
3323 किनबेच ना. किन्ने र बेच्ने काम; खरिदबिक्री; बेचबिखन क्रयविक्रय।
3324 किनमेल मालसामानहरू किन्ने वा खरिद गर्ने काम; बजारमा गएर मोल तिरी आफूलाई चाहिने सामान लिने काम।
3325 किनाइ किन्ने भाव, क्रिया वा प्रक्रिया, खरिद।
3326 किनाइनु क. क्रि. किन्न लाइनु, खरिद गराइनु।
3327 किनाउनु प्रे. क्रि. किन्न लाउनु, खरिद गराउनु।
3328 किनामा ना. भटमास उसिनेर खरानीमा मुछी धेरै दिनसम्म गुम्स्याएर राखिएको खाद्य पदार्।
3329 किनामा ना. (किरात समुदायमा यो खाद्य पदार्थ निकै प्रचलित छ।)।
3330 किनार ना. १. कुनै वस्तुको लमाइ वा गजपट्टिको अन्तिम छेउ; किनारा; पारी।
3331 किनार ना. २. नदी, तलाउ आदिका वारिपारिको जग्गा; तट तीर।
3332 किनार ना. ३. छेउछाउ, पार्श्व।
3333 किनारदार वि. किनार वा पारी भएको; किनारावाल; किनारे (धोती, सारी आदि।
3334 किनारा ना. १. कुनै वस्तुको लमाइ वा गजतर्फको पछिल्लो छेउ, धोती वा अन्य नसिएका कपडाको लमाइको तलमाथिको फेरो किनार।
3335 किनारा ना. २. नदी, तलाउ वा जलाशयको तीर, तट।
3336 किनारा ना. ३. आसपासको ठाउँ छेउछाउ, पार्श्व।
3337 किनारा ना. ४. धोती, चादर, पछ्यौरा आदि कपडामा भिन्न बुनोटको वा अलग रङको लामो फेर।
3338 किनारा ना. ५. कपडाको छेउछाउमा हुने विशेष खालको बुट्टा खिका।
3339 किनारा ना. ६. दुबिधा भएको कुनै कामकुरामा लगाइएको टुङ्गो; निधो ; निर्णय; इदमित्।
3340 किनारा ना. (उदा.- अदालतले मुद्दाको किनारा लगाइसक्यो।
3341 किनारादार वि. कपडाको छेउछाउमा विशेष किसिमले रँगाएको वा बुनेको बुट्टा वा किनारा भएको बुट्टेदार फेर भएको किनारवाल, किनारे |
3342 किनारवाल वि. किनारादार; किनारा भएको।
3343 किनारे वि. किनारा भएको; किनारावाल।
3344 किनिनु क.क्रि. किन्ने काम गरिनु, खरिद गरिनु बेसाइनु।
3345 किनिया ना. अफ्रिकाको एक देश।
3346 किनिया नर ना. अश्मीभूत अस्थिअवशेषका रूपमा किनियामा पाइएको मानवजस्तो देखिने नरवानर, रामवानरको हालसम्म पाइएका अश्मीभूत रूपमध्ये सबैभन्दा प्राचीन रूप।
3347 किनिया मानव ना. किनिया नर।
3348 किनिया वानर ना. किनिया नर।
3349 किनुवा वि. १. किनिएको; खरिद गरिएको।
3350 किनुवा वि. २. पैसा तिरेर लिइएको।