Dictionary

All Word

3401 किराँती वि. १. किराँतसम्बन्धी; किराँतप्रदेशको; किराँतवंशको किरात |
3402 किराँती वि. ना. २. किराँत प्रदेशमा बसोबास गर्ने एक जाति।
3403 किराँती उखु ना. पहेँलो रङको एक जातको उखु, कान्तार।
3404 किराँती बिस ना. चिन्डेका जस्तो आकारको हल्का हरियो पात र रातो भेट्नु हुने, गाईबस्तुलाई घाँस खुवाइने एक रुख।
3405 किरात ना. हे. किराँ।
3406 किरातपति ना. किराँतपति।
3407 किराती वि. / ना. किराँती।
3408 किराना ना. दैनिक उपभोग र आवश्यकताका मसिना खाद्य वस्तु (नुन, तेल, घिउ, खोर्सानी, बेसार आदि मरमसला); खिचीमिची ; खत्र्याकखुत्रुक |
3409 किराना पसल ना. किराना सामान किन्न पाइने ठाउँ।
3410 किरानी ना. कारिन्दा |
3411 किराफट्याङ्ग्रा ना. भुइँमा घस्रेर हिँड्ने र उड्ने ससाना जीवहरूको समूह, कीटपतङ्ग।
3412 किराया ना. घर, जमिन, सवारीसाधन आदि उपयोग गरेबापत निर्धारित समयमा दिइने तोकिएको रकम; हे. भाडा; बहाल |
3413 किरायादार वि. किरायामा घर, पसल वा अरू कुनै पनि मालमत्ता लिने (व्यक्ति); किरायामा बस्ने; भाडावाल।
3414 किरायेदार वि. किरायादार; भाडावाल।
3415 किरिककिरिक क्रि.वि. १. दाँतमा धुलो, बालुवा आदि लाग्ने गरी।
3416 किरिककिरिक क्रि.वि. २. ससाना हाँगाबिँगा भाँचिने गरी।
3417 किरिकिरी क्रि.वि. बेसी किरकिर हुने किसिमले।
3418 किरिङमिरिङ वि. १. निश्चित आकार नभएको; टेढोमेढो।
3419 किरिङमिरिङ वि. क्रि.वि. २. छिटो छिटो वा मनपरीसँग नराम्रो अक्षर लेख्ने किसिमले, किरिमिरी।
3420 किरिच ना. टुप्पोले घोचेर प्रहार गर्ने तरबारजस्तो एक किसिमको सोझो हतियार।
3421 किरिटी वि. १. किरीट धारण गर्ने मुकुट लगाउने।
3422 किरिटी वि. ना. २. राजा।
3423 किरिटी वि. ३. इन्द्र।
3424 किरिटी वि. ४. अर्जुन।
3425 किरिमिरी क्रि.वि. स्पष्ट र सफा नभई अव्यवस्थित रूपमा कारकेर गरी, किरिङमिरिङ।
3426 किरिया ना. १. कुनै काम वा कर्तव्य गर्ने वा नगर्ने कुराको मन्जुरी, शपथ, प्रतिज्ञा।
3427 किरिया ना. २. मृतकका उद्देश्यले मरेका दिनदेखि तेह्र दिनसम्म गरिने श्राद्ध आदि पारलौकिक कर्म।
3428 किरियाकाष्ठा ना. १. अन्त्येष्टि क्रिया।
3429 किरियाकाष्ठा ना. २. ठुलो शपथ |
3430 किरियाकाष्ठा ना. किरियापुत्री - ना. किरिया गर्ने छोरो वा सोसरहको कुनै व्यक्ति।
3431 किरिया बिदा ना. सेवासम्बन्धी नियमावलीमा उल्लेख भएअनुसार आमा, बाबु आदिको मृत्यु हुँदा सरकारी, अर्ध गैह्रसरकारी सेवामा रहेका कर्मचारी, पदाधिकारी आदिले पाउने पन्ध्र दिनसम्मको बिदा।
3432 किरी ना. किरो; कुरी (बालबोलीमा)।
3433 किरीट ना. शिरमा लगाइने एक प्रकारको आभूषण, मुकुट, श्रीपेच; शिरपेच; चूडा।
3434 किरुवा ना. किरो (बाघ) को मासु खानेहरूलाई निन्दा वाहेला गर्दा प्रयोग गरिने शब्द किरे।
3435 किरे ना. हे. किरुवा।
3436 किरो ना. १. हाड नहुने ससाना कीट (कमिला, उडुस, जुम्रा, माकुरा इ.)।
3437 किरो ना. २. बाघ।
3438 किर्किटी ना. हे. किरकिटी।
3439 किर्किल ना. सियाँलो जग्गामा पाइने कन्दमूलविशेष।
3440 किर्की ना. उखु।
3441 किर्को ना. उखुको गिँड।
3442 किर्कौले वि. किर्कौलाजस्तो किर्कौलाका ढाँचाको।
3443 किर्कौलो ना. दानादार अन्नहरूका भित्र हुने सामान्य गेडाभन्दा सानो, साह्रो र नपाक्ने किसिमको दाना; चोर गेडो।
3444 किर्थो ना. फटेङ्ग्राजस्तो सानो एक प्रकारको किरो।
3445 किर्ते वि. कृत्रिम, बनावटी, झुट्ठो; नक्कली; जालसाजी; कीर्ते (कागतपत्र, कामकुरो इ.)।
3446 किर्ते साक्षी ना. झुट्ठो साक्षी, मिथ्या गवाह |
3447 किर्नु ना. गाईबस्तुका शरीरमा लाग्ने एक प्रकारको डल्लो किरो।
3448 किलकिञ्चित् ना. संयोग श्रृङ्गारअन्तर्गत ज्यादै प्रिय वस्तु प्राप्त हुँदाको हर्षबाट नायिकामा उत्पन्न हुने मुस्कुराहट तथा हाँसो, रुदन, डर, क्रोध, भ्रम आदिको विचित्र मिश्रण; नायिकाले एकसाथ अनेक किसिमका भाव प्रकट गर्ने स्वाभाविक हाउभाव।
3449 किलकिले ना. जिब्राको पछिल्लो भागमा झुन्डिएको कोमलतालुको सानो मांसल खण्ड, रुद्रघण्टी; लिगलिगे।
3450 किलास ना. दुई घर एकैसाथ जोडिएको गारो वा साँध, दुई घरको एक सन्धिस्थल |