Dictionary

All Word

501 कण्ठमाला ना. २. घाँटीमा पलाउने मासुको फोकुन्डो वा सो फोकुन्डो पलाउने रोग; गाँड, गलगण्ड |
502 कण्ठशोथ ना. घाँटी सुन्निने कुनै पनि रोग।
503 कण्ठश्री ना. घाँटीमा लगाइने एक प्रकारको सुनको गहना, कण्ठमाला।
504 कण्ठस्य वि. १. आउँदो भएको (पाठ इ.); कण्ठाग्र।
505 कण्ठस्य वि. २. घाँटीमा रहेको कण्ठमा रहेको।
506 कण्ठहार ना. १. प्रायः उच्च घरानका महिलाले घाँटीमा लगाउने मालाका आकारको गहना ( नेकलेस )।
507 कण्ठहार ना. २. घाँटीमा लगाइने मालाका आकारको कुनै पनि गहना (कण्ठश्री, कण्ठमाला, तिलहरी इ.)।
508 कण्ठा ना. १. सुनले मोरेको २७ वा ३२ दानाको रुद्राक्षको माला।
509 कण्ठा ना. २. पशुपक्षीको घाँटीमा हुने ( भिन्न भिन्न रङको ) रेखा, कण्ठी।
510 कण्ठा ना. ३. त्यस्तो रेखा भएको पशुपक्षी।
511 कण्ठाग्र वि. हे. कण्ठस्।
512 कण्ठी ना. १. सानो कण्ठा।
513 कण्ठी ना. २. तुलसीको डाँठको सानो माला।
514 कण्ठे वि. १. घाँटीमा अर्धचन्द्राकार रेखा भएको (पशु वा पक्षी)।
515 कण्ठे वि. २. कण्ठसम्बन्धी; कण्ठको (घाँटीको)।
516 कण्ठे वि. ३. कण्ठावाल वा कण्ठीवाल।
517 कण्ठे काग / कौवा ना. घाँटीमा सेतो कण्ठी भएको काग।
518 कण्ठ्य वि. १. कण्ठसम्बन्धी; घाँटीको।
519 कण्ठ्य वि. २. कण्ठबाट उच्चरित हुने (क, ख, ग, घ, ङ, अ आदि वर्ण)।
520 कण्ठ्य वि. कण्ठ्योष्ठ्य - वि. कण्ठ र ओष्ठबाट उच्चारण हुने (ओ, औ इ. वर्ण)।
521 कण्डारक ना. लोकविश्वासअनुसार लुतो आदि रोगको कारण मानिएको एक पौराणिक मानवेतर दुष्ट, रहस्यमय प्राणी ( यसलाई मन्छाउन साउने सङ्क्रान्तिका दिन साँझमा विशेष प्रकारले पूजा गरी लुतो फालेर सेलाइन्छ।)।
522 कण्डिका ना. १. वेदको ऋचा।
523 कण्डिका ना. २. भाषिक रचनाको वाक्यभन्दा बृहत् तर अध्याय आदिभन्दा सानो विशेष स्वरूप, कथनको एक अंश, अनुच्छेद, प्याराग्राफ।
524 कण्डोल ना. १. अनाज राख्ने चोयाले बनेको एक प्रकारको भाँडो।
525 कण्डोल ना. २. भण्डार, गोदाम।
526 कतरन ना. १. कागत, कपडा आदि कत्रिँदा निस्केका टुक्रा, धरा वा धुजा।
527 कतरन ना. २. कत्रने क्रिया वा प्रक्रिया।
528 कतर्नु ना. नेपाली सुजीकारले प्रायः गाउँघरतिर प्रयोग गर्ने, परम्परागत फलामे कैंचीको एक प्रकार |
529 कतली ना. निधारमा टाँसेर लगाइने काँच, प्लास्टिक आदिको टिको; टिकुली।
530 कता क्रि.वि. कतातिर, कुन दिशातिर, कसतर्फ।
531 कताई ना. धागो आदि कात्ने किसिम, क्रिया वा भाव।
532 कताइनु क.क्रि. कात्न लाइनु, धागो बनाउन लाइनु।
533 काइ बुनाइ ना. कात्नेबुन्ने काम शिल्प (धागो, सुइटर, गन्जी, मोजा इ.)।
534 कताउनु प्रे.क्रि. कात्न लाउनु, धागो बनाउन लाउनु।
535 कताकति क्रि.वि. १. कुनै कुनै ठाउँमा मात्र फाट्टफुट्ट झल्याकझुलुक।
536 कताकति क्रि.वि. २ नगण्य वा अस्पष्ट रूपमा (उदा.- कताकति उसलाई मैले देखेको हुँ कि जस्तो लाग्छ।)।
537 कतार ना. १. पङ्क्ति; श्रेणी; ताँती; लाइन; लहर; लाम; लस्कर।
538 कतार ना. २. ना. पर्सियाली खाडीको सानो मुस्लिम देश।
539 कति वि. १. अमूर्त ( समय, दुरी इ.) र मूर्त (गनिने, जोखिने, भरिने, नापिने इ.) वस्तुको मात्रा, सङ्ख्या, परिमाण आदि बुझ्नका लागि गरिने प्रश्न (उदा.- कति मान्छे आयौ ? ) |
540 कति वि. क्रि.वि. २. कुनै गुण, भाव, कार्य वा प्रक्रियाको हद, सीमा, स्वभाव जान्नका लागि गरिने प्रश्न (उदा.- कति खायौ ? तिमी कति चाहन्छौ ? )।
541 कति कति निपा. भनेर, गनेर वा बयान गरेर कहाँ सकिन्छ र भन्ने भाव व्यक्त गर्ने शब्द (उदा.- जीवनमा थोरै मोज गरियो र थोरै ठाउँ डुलियो र ? कति कति ! )।
542 कतिको क्रि.वि. / वि.बो. १. हे. कत्तिको।
543 कतिको क्रि.वि. / वि.बो. वि. २. कति ( उमेर, नाप, परिमाण इ.) को कति पर्ने।
544 कति न कति वि. शून्य; केही नभएको; फुस्सा।
545 कतिपय वि. १. जम्मै नभई केही मात्र।
546 कतिपय वि. २. विभिन्न विविध।
547 कतुवा ना. १. चर्खाले झैं धागो कात्ने र तोस्राले डोरी बाटे झैँ धागो बाट्ने हाते साधनविशेष |
548 कतुवा ना. वि. २. कातेको धागो, डोरी, बत्ती इ.)।
549 कतुवा धागो ना. ठुला यन्त्रबाहेक चर्खा, कतुवा आदि हा कातेको धागो।
550 कतै क्रि.वि. १. कुनै (पनि) तर्फ कुनैतर्फ पनि।