Dictionary

All Word

551 कतै क्रि.वि. (उदा.- मैले कतै पनि उसलाई भेटिनँ। )।
552 कतै क्रि.वि. २. कुनै (पनि) ठाउँमा कुनै ठाउँमा (पनि); कहीं।
553 कतै कतै क्रि.वि. १. कुनै कुनै ठाउँतर्फ कुनै कुनै ठाउँमा।
554 कतै कतै क्रि.वि. २. कताकति; फाट्टफुट्ट।
555 कतै कतै क्रि.वि. वि. बो. ३. केटाकेटीलाई रुवाउनका लागि प्रयोग गरिने स्नेहपूर्ण शब्द; कठैकठै; बड; बडी।
556 कत्तर ना. १. काठ, बाँस, नर्कट, सिउँटा आदिको लाम लगाएर बारेको बार।
557 कत्तर ना. २. घर छाप्ने पातलो काठ; चिर्पट |
558 कत्तल ना. मार्ने वा हत्या गर्ने काम, वध, हिंसा, हत्या।
559 कत्ति क्रि.वि. १. अलिकति पनि थोरै पनि (मात्रा, सङ्ख्यामा )।
560 कत्ति क्रि.वि. २. ज्यादै हदभन्दा धेर।
561 कत्ति क्रि.वि. (उदा.- कत्ति कराएको, कत्ति राम्रो अनुहार इ.)।
562 कत्तिको क्रि.वि. १. कत्ति धेरै, असाद्धे।
563 कत्तिको क्रि.वि. वि. बो. २. पहिले भनेको नमान्ने र पछि धोका परेपछि चाहिँ अँध्यारो मुख लगाउने व्यक्तिलाई आड मर्ने गरी जवाफ दिँदा भनिने शब्द, खुच्चिङ पाइस् कि त स्वाद (उदा.- पहिले भनेको नमान्दा कस्तो हुँदो रहेछ, खाइस् कि त अब, कत्तिको !)।
564 कत्ती ना. खसी, राँगाहरू काट्ने ठुलो हतियार।
565 कत्यक/कत्यकी/कत्य वि. १. सिलोक, गीत, कथा आदि सहज रूपमा कथ्न सक्ने।
566 कत्यक/कत्यकी/कत्य वि. ना. २. त्यस्तो व्यक्ति।
567 कत्या ना. पान, सुर्ती आदि नशावाल खाद्य पदार्थमा मिसाउन, मसी आदि बनाउन वा औषधी बनाउन प्रयोग गरिने खास प्रकारको रुखबाट निकालिने खोटी; खयर।
568 कत्रनु स. क्रि. [कतर्नु] कचिया, कैंची, कतर्नु आदिले (कपाल, झार, घाँस, धानको बाला इ.) काट्नु।
569 कत्राइ ना. कत्रने क्रिया वा प्रक्रिया |
570 काइनु क.क्रि. कत्रन लाइनु।
571 कत्राउनु स. क्रि. कत्रन लगाउनु।
572 कत्रिनु स. क्रि. हे. कत्रनु।
573 कत्रो वि. १. केजत्रो ; कोजत्रो।
574 कत्रो वि. २. ठुलो बडेमाको (उदा.- राम सानै होला भनेको कत्रो पो भएछ, ए !) |
575 कत्ला ना. १. माछाको शरीरमा छालाको आवरणका रूपमा रहने पाप्रा तर टलकदार पदार्।
576 कत्ला ना. २. सालकको शरीरमा सर्वत्र बाहिरी आवरणका रूपमा हुने हाडे खबडाहरूमध्ये कुनै एक।
577 कत्ला ना. ३. लुगा, शरीर आदिमा लागेको मैलो दाग।
578 कत्ले वि. १. कत्ला भएको।
579 कत्ले वि. २. फोहरी।
580 कत्ले माछो ना. माछाको एक प्रसिद्ध जा।
581 कत्लेआम ना. सार्वजनिक हत्या; सर्वसंहार।
582 कथ्नु स. क्रि. १. कुरा बनाउनु वा खियाउनु, कुरा अजमाउनु, कल्पना गर्नु।
583 कथ्नु स. क्रि. २. रचना गर्नु (कविता, कथा इ.)।
584 कथड् क्रि.वि. केही गरी, कथम्कदाचित् कथम्।
585 कथड् क्रि.वि. (उदा.- कथङ् भोलि म आइपुगिनँ भने पनि तिमी नआत्तिनू। )।
586 कड् कदाचित् क्रि.वि. कथ, कदाचित्।
587 कड् कदाचित् क्रि.वि. (उदा.- कथंकदाचित् म आइपुगिनँ भने तिमीले मेरो काम गरिदिनू। )।
588 कथञ्चित् क्रि.वि. हे. कथ, कदाचित्।
589 कथन ना. १. भनाइ, भनाउ, बोली, वचन।
590 कथन ना. २. उक्ति, भाषण।
591 कथन ना. ३. तर्क, अभिव्यक्ति, वर्णन, बयान, विवरण |
592 कथनीय वि. कथन गर्न योग्य, भन्न उचि।
593 कथम् क्रि.वि. हे. कथङ्।
594 कथमपि क्रि.वि. कुनै हालतमा पनि कसै गरे पनि कुनै उपायले पनि।
595 कथयिता ना. कथन गर्ने व्यक्ति, कथ्ने वक्ता।
596 कथा ना. १. प्रबन्धात्मक रूपमा गद्यमा लेखिएको आख्यानात्मक लघु रचना, कहानी, गल्प।
597 कथा ना. २. नाटक, उपन्यास, महाकाव्य आदिमा पाइने कथावस्तु कथानक; कथासार।
598 कथा ना. ३. चम्पूका रूपमा अथवा विशुद्ध गद्यमा लेखिएका आधुनिक कथा अथवा उपन्यासका पूर्वरूप मानिने विविध आकारप्रकारमा विभक्त आख्यानसाहित्यको पुरातन रूप; उपाख्यान, दन्तेकथा, आहान, किस्सा, कुथुङ्ग्री।
599 कथा ना. ४. उक्ति, कथन, भनाइ।
600 कथा ना. ५. नालीबेली; पुर्ख्यौली, पुर्ख्यौली, इतिवृत्त, इतिहास।