Dictionary

All Word

601 कथाइ ना. ना. कथ्ने कार्य वा प्रक्रिया।
602 कथाकथन ना. कथा सुन्ने, सुनाउने कार्यकलाप वा कथाको कताकति वाचन।
603 कथाकुथुङ्ग्री ना. कथा वा त्यस्तै स्वभावको खास गरी लोककाव्य।
604 कथानक ना. दृश्य र श्रव्य काव्य (नाटक, उपन्यास, कथा इ.) मा पाइने घटनाको पूर्वापरक्रम एवं चरित्रको तादात्म्य मिलेको कथावस्तु कथासार।
605 कथानक चलचित्र ना. कथानक भएको चलचित्र, फिचर फिल्म |
606 कथानायक ना. कथा, उपन्यास, नाटक आदिको प्रमुख पात्र, नायक (तुल) अङ्. हिरो )।
607 कथान्तर ना. एक कथाका बिचमा पसेको अर्को कथा, उपकथा, गर्भकथा।
608 कथान्तर ना. कथाप्रसङ्ग- ना. [सं.] १. कथा, उपन्यास आदिमा प्रसङ्गवश आउने विषय, वृत्तान्।
609 कथान्तर ना. २. आधिकारिक कथानकअन्तर्गत रहने प्रासङ्गिक कथानक।
610 कथामुख ना. दृश्य वा श्रव्य काव्यका प्रस्तावना; कथाको प्रारम्भिक अंश।
611 कालिका ना. एक कथामा अर्को कथा जोडिँदै जाने शैलीको एक पुरातन आख्यान साहित्य कथा |
612 कथावस्तु ना. आख्यान साहित्यमा परस्पर श्रृङ्खलामा आधारित घटनावस्तु वा विषयवस्तु।
613 कथावार्ता ना. १. दुई वा दुईभन्दा धेर व्यक्तिका बिचको प्रायः औपचारिक कुराकानी; गफ, गफगाफ, वार्तालाप, बातचि।
614 कथावार्ता ना. २. पौराणिक आख्यान।
615 कथित वि. १. भनिएको वर्णन गरिएको, वर्णित; उल्लिखि।
616 कथित वि. २. तोकिएको; भनाउँदो, भन्ने उक्।
617 कथित वि. (उदा.- कथित व्यक्तिले व्यभिचार गरेको हो भन्ने साबिती बयान दिएकाले निजलाई कैद गरिएको छ। )।
618 कयिनु क.क्रि. रचिनु, कथ्ने कार्य हुनु।
619 कथुरे वि. कथुरो अर्थात् कस्तूरी मृगको झैं रङ भएको (गोरु, बाछो आदि)।
620 कथुरे वि. स्त्री. कथुरी।
621 कयुरो ना. मुखमा दाहा हुने फुस्रो रङको ससानो गाँठीको कस्तूरी मृग।
622 कथुऱ्याइ ना. कथुऱ्याउने क्रिया वा प्रक्रिया |
623 कथुऱ्याइनु क.क्रि. कथुऱ्याउन लाइन, कथुऱ्याउने पारिनु।
624 कथुऱ्याउनु स. क्रि. १. यताउताका कुरा ल्याई ठिक्क पार्नु, कुरा कथ्न कुरा खेलाउनु।
625 कथुऱ्याउनु स. क्रि. २. कुनै कामकुरामा कसैलाई अक्करमा पार्नु, अक्कऱ्याउनु।
626 कयुवा वि . करने, कत्थक; कत्थके।
627 कवी/ कवै ना. कत्थकी नारी।
628 कथोद्घात ना. नाटकमा सूत्रधारका तर्फबाट कथा प्रारम्भ गर्नका निम्ति विभिन्न शैलीमा राखिने प्रस्ताव प्रस्तावना।
629 कथोपकथन ना. १. नाटक, कथा, उपन्यास आदिमा पात्रहरूका बिच हुने वार्तालाप वा संवाद।
630 कथोपकथन ना. २. गफगाफ, कथावार्ता, कुराकानी।
631 करने वि. कथुवा, कल्पनाकार; रचनाकार।
632 कथ्य वि. १. बोलिने भनिने; बोलचालको।
633 कथ्य वि. २. बोल्न वा भन्न हुने।
634 कथ्य भाषा ना. (लेखिने भाषाको विपरीत) बोलीचालीको भाषा।
635 कथ्य संस्कृत ना. भाषाशास्त्रीय अनुसन्धाताहरूका मतमा संस्कृत भाषा स्तरीकृत हुनुभन्दा पहिलेको बोलीचालीको संस्कृत भाषा, जसका विशेष सङ्केतहरू वैदिक वा पश्चवैदिक वाङ्मयमा अवशेषका रूपमा देखा पर्छन्।
636 कद ना. शरीरको (खास गरी मान्छेको) उचाइ, अग्लाइ, मोटाइ आदिको समष्टिरूप, जिउडाल, डबल डौल, डिलडौल।
637 कदम ना. १. पाइलो, फट्को।
638 कदम ना. २. तालिम पाएका घोडाको हिँडाइका प्रकारमध्ये केही विशेष प्रकार (छोटी कदम, बडी कदम)।
639 कदम ना. लाम्चिला पात र बाटुला पहेँला गेडामा भकुन्डा आकारका साना फूल फुल्ने एक वृक्ष।
640 कदम्ब ना. हे. कदमर।
641 कदर ना. १. सदुपयोग।
642 कदर ना. (उदा.- माल पाएर मात्र हुँदैन त्यसको कदर गर्न पनि जान्नुपर्छ। )।
643 कदर ना. २ सद्व्यवहार (उदा.- आजको जमानामा विनाकदर नोकरचाकर पनि टिक्तैनन्।)।
644 कदर ना. ३. सम्मान, आदर।
645 कदर ना. ४. प्रशंसा सहनी।
646 कदर ना. ५. उपाय; तरिका (उदा.- जुन कदरले भए पनि यो काम गर्नुपर्छ। )।
647 कदरदान वि. गुणग्राही ; मान गर्ने; कदर गर्ने।
648 कदरपत्र ना. कदर गर्ने उद्देश्यले लिखित रूपमा दिइएको कुनै प्रकारको पत्र, प्रशंसापत्र |
649 कदर्य वि. १. चाहिँदो काममा पनि पैसा खर्च गर्न नसक्ने, कन्जुस; मक्खीचुस; कृपण।
650 कदर्य वि. २. तुच्छ, नीच।