Dictionary

All Word

651 कदली ना. केरा।
652 कदली स्तम्भ ना. केराको थाम ( खास गरी यज्ञ आदिमा शुभ चिह्नका रूपमा पाँच दिशामा गाडिने वा प्रवेशद्वार आदिमा ठड्याइने चाहिँ )।
653 कदाचार वि. १. नजाती चालचलन भएको, बानीबेहोर असल नभएको; दुराचारी।
654 कदाचार वि. ना. २. नराम्रो चालचलन, दुराचार |
655 कदाचित् क्रि.वि. १. केही गरी कुनै कारणले।
656 कदाचित् क्रि.वि. २. कुनै बखत कुनै समयमा कहिले कहिलेकाहीँ।
657 कदापि क्रि.वि. १. कहिल्यै कुनै बखतमा पनि।
658 कदापि क्रि.वि. २. केही गरेर पनि कुनै हालतमा पनि, किमार्थ (उदा.- रीता जस्ती केटी कदापि कुलतमा लाग्न सक्तिन। )।
659 कहर ना. हे. कदर।
660 कद्दरको वि. काइदाको; राम्रो आकर्षक (उदा.- श्याम त कद्दरको मान्छे छ।)।
661 कद्दर काइदा ना. तौरतरिका।
662 कदु ना. फर्सी (बोट, कैंडो, फल आदि)।
663 कन्तु अ.क्रि. १. कुनै रोग वा परिश्रम आदिले कष्ट हुँदा मुखबाट अ अँ शब्द निकाल्नु।
664 कन्तु अ.क्रि. २. सकीनसकी भन्नु पढ्नु।
665 कन्तु अ.क्रि. ३. ठुलो परिश्रम गर्नु।
666 कन्तु अ.क्रि. (उदा.- कनेरै भए पनि 'क' टिमले यो साल 'ख' टिमलाई जितिछाड्यो)।
667 कन प्रत्य. १. कर्मकारक र सम्प्रदान कारकको अर्थमा प्रयोगमा आउने ठिक अचेलको 'लाई' को अर्थ दिने अलिक पुरानो वाङ्मयमा पाइने द्वितीया वा चतुर्थी विभक्ति (मकन, रामकन इ.)।
668 कन प्रत्य. २. योजकवाची अव्ययको अर्थ बुझाउने असमापिका क्रियामा लाग्ने 'ई' प्रत्ययमा ऐच्छिक रूपले जोडिन आउने स्वार्थिक प्रत्यय (गरीकन, बसीकन, भनीकन इ.)।
669 कन, ना. १. गहुँको झुस।
670 कन, ना. २. अन्नको सानो दाना; सरौंलो।
671 कन, ना. ३. ज्यादै सानो टुक्रा।
672 कनक ना. १. प्रायः प्राकृतिक अवस्थामै प्रशोधित रूपमा फेला पर्ने र कतै कतै धाउका रूपमा समेत भेटिने, सर्वसाधारणदेखि उच्च वर्गसम्म गहनाका रूपमा, केवल उच्चवर्गमा भाँडाकुँडाका रूपमा र प्राचीन कालमा मुद्राको रूपमा समेत प्रयोगमा आएको देखिने पहेँलो रङको बहुमूल्य खनिज पदार्थ, सुन, सुवर्ण, स्वर्ण।
673 कनक ना. २. धतुरो।
674 कनक ना. ३. पलाश।
675 कनकगिरि ना. पौराणिक वाङ्मयमा उल्लिखित एक प्रसिद्ध पर्वतः सुमेरु पर्वत, स्वर्णाचल |
676 कनकचम्पा ना. गुम्सँदा कडा बास्ना आउने पहेँलो सानो आकारको फूल, एकजातको बगैंचे चाँप।
677 कनकजिरा ना. हेर्दा गोला झैं डल्लो दाना फल्ने तर मसिनो जातको एक प्रकारको धान |
678 कनकपत्र ना. सुनका पातामा अङ्कित अभिलेख (उदा.- जुम्लाका अपाडराज पृथ्वीमल्ल शाहको कनकपत्र, सं. १४१३ )।
679 कनकटुवा वि. च्यातिएर, चुँडिएर, लुछिएर वा काटिएर आंशिक वा पूर्ण रूपमा कान बिग्रिएको (कानबुच्चे, कानको आदि)।
680 कनकट्टा वि. हे. कनकटुवा।
681 कनफट्टा ना. १. गोरक्षमतानुयायी संन्यासी, कान चिरेको जोगी।
682 कनफट्टा ना. २. कृतघ्न व्यक्ति।
683 कनकमय वि. १. सुवर्णमय, सुनौलो।
684 कनकमय वि. २. पहेँलो।
685 कनक ना. कानेगुजी निकाल्न प्रयोग गरिने आचमनीका आकारको तर अत्यन्त सानो एक प्रकारको औजार, उपकरण।
686 कनकाई ना. पूर्वी नेपालको मेची अञ्चलको एक प्रसिद्ध नदी जसको आधारमा मेची अञ्चललाई माई अञ्चल भन्ने पनि चलन छ, बडी माई, माई |
687 कनखजुरो ना. खजुराको वर्गको तर सानो, अँध्यारोमा जुनकिरी झैं चम्कने लाम्चो एक किरो; कनसुत्लो।
688 कनचिरा वि. १. कान चिरेको।
689 कनचिरा वि. २. कनफट्टा।
690 कनचिरा वि. ना. ३. कनफट्टा जोगी।
691 कनचिर्नु ना. भीर र रुखका कापामा उम्रने ठुलठुला दुई पात मात्र हुने बोट (तुल. अ. मनीप्लान्ट, सं. श्रीवल्ली )।
692 कनपट ना. आँखा र कानका बिचको अवयव, कन्चट।
693 कनपट ना. (उच्चा. 'कम्पट' पनि)।
694 कनपटी ना. कनपट |
695 कनपारो ना. कनपट, कन्चट, कन्पारो।
696 कनपास ना. हे. कन्चट |
697 कनपासे वि. कन्चट उठेको व्यक्ति वा प्राणी।
698 कनफट्टा ना. १. गोरक्ष मतानुयायी बाह्रपन्थी योगी।
699 कनफट्टा ना. २. सन्न्यासी र जङ्गमसँग मिल्दोजुल्दो पर्वते वर्गको एक नेपाली जात जोगी |
700 कनफट्टा ना. वि. ३. कनचिरा, कनकटुवा।