Dictionary

All Word

701 कनफुरा ना. प्रायः मोटा मानिसको च्यापुनेरि भुक्क उठेको मासु; गलफुलो।
702 कनसिरी ना. १. कनपारोको सिराननेरको भाग, कन्चट; कन्सिरी।
703 कनसिरी ना. २. कन्सिरीको भुत्ला वा रौं।
704 कनसुत्ली वि. कनसुत्ले (आईमाई)।
705 कनसुत्ले वि. १. गोप्य किसिमले अर्काको कुरो सुन्ने स्वभावको (व्यक्ति)।
706 कनसुत्ले वि. २. परोक्षमा अर्काको कुरा कसैलाई सुनाउने स्वभावको।
707 कनसुत्लो ना. १. ठिक खजुराका झैं धेरै खुट्टा हुने तर मसिनो लाम्चो आकारको किराविशेष, कनखजुरो।
708 कनसुत्लो ना. वि. २. लुकीछिपी अर्काको गुप्त कुरा सुन्ने व्यक्ति, कनसुत्ले (कनसुत्लो लाग्नु, कनसुत्लो पस्नु आदि)।
709 नाइ ना. कन्ने क्रिया वा प्रक्रिया; ठसठस ; परिश्रम।
710 कनात ना. १. कुनै ठाउँमा चारैतिरबाट घेर्ने बाक्लो कपडा, भीत, सायर।
711 कनात ना. २. पर्दा, छेकाबार।
712 कनिनु अ.क्रि. कन्ने काम गरिनु।
713 कनिका ना. कुट्दा खुँदिएर वा काटिएर बनेका चामलका मसिना टुक्रा।
714 कनिका कनिकी ना. कनिका र सोसरहका चामलको राशि |
715 कनिके वि. १. कनिकाजस्तो।
716 कनिके वि. २. मसिनु (कुरो, कागुनो आदि)।
717 कनिके वि. ३. गरिब; केही नभएको; माग्ने।
718 कनिके कागुनो ना. मसिना दाना फल्ने एक जातको कागुनो।
719 कनि कुरो ना. कपडा आदिमा टाँसिने कुराको एक जात, चोर काँटी |
720 कनके जाउली ना. कनिकाको जाउलो।
721 कनके फूल ना. पात टाढाबाट हेर्दा सिस्नाको जस्तो र फूलचाहिँ झुप्पादार मसिनो हुने, बनमारा झारको एक प्रकार।
722 कनिक्याउनु स. क्रि. कुटेर वा खँड्याएर धुल्याउनु; मसिन्याउनु, ढुट्याउनु।
723 कनिष्ठ वि. १. सबभन्दा कम उमेरको कान्छो।
724 कनिष्ठ वि. २. अल्प; तुच्छ।
725 कनिष्ठता ना. कान्छोपना; अल्पता, तुच्छता।
726 कनिष्ठिका ना. कान्छी औँलो, कान्छी औँली |
727 कनिस्टर ना. [अड्. क्यानिस्ट ] तेल, घिउ, मटीतेल आदि हाल्ने टिनको भाँडो (चौथाइ, हाफटिन, ठुलो टिन आदि)।
728 कनीकुथी क्रि.वि. सकीनसकी, बल्लतल्ल कठिन किसिमले।
729 कनीकुथी क्रि.वि. (उदा.- कनीकुथी सुनाएको पुराण लोकप्रिय हुँदैन। )।
730 कनीनिका ना. आँखाको पुतलीको केन्द्रीय भाग; नानी।
731 कनुवा ना. एक सेरको सोह्रौं भाग; एक पाउको चतुर्थांश; छटाक।
732 घडो ना. भ्रान्ति, भरङ्ग, अरेमरे।
733 कनौज ना. आर्यावर्तको एक प्राचीन देश ; कान्यकुज।
734 कनौजिया वि. पञ्चमहागौड वर्गमा पर्ने ब्राह्मणहरूको एक कोटि कान्यकुब्जीय।
735 कनौटो ना. लोकविश्वासअनुसार कुकुरको झैं स्वरूप हुने र यात्रीहरूको मार्गमा बाधा उत्पन्न गर्ने एक अनिष्टकारी काल्पनिक प्राणी।
736 कनौती ना. पोल्टो, चुमान।
737 कन्कन ना. गहनाका रूपमा वा धार्मिक चिह्नका रूपमा हातमा लाउने सुन, चाँदी, पत्थर, प्लास्टिक आदिको बाला, कङ्कण।
738 कन्चट ना. कनपारोको माथिल्लो भाग कन्सिरी।
739 कन्चन वि. १. सफा, स्वच्छ।
740 कन्चन वि. २. दोषरहित (कमाइ, धनसम्पत्ति आदि); नख।
741 कन्चन वि. (उदा.- यो मैले ठगेर कमाएको पैसा होइन, कन्चन धन हो।)।
742 कन्चुस वि. हे. कन्जुस।
743 कन्चुसी ना. कन्जुसी।
744 कन्चुस्याइँ ना. कन्चुसपना, कन्जुस्याइँ।
745 कन्जरभेटर ना. वनजङ्गलको सुरक्षा तथा संवर्द्धनका खटिने अधिकृत (फरेस्ट अफिसर)।
746 कन्जरो ना. १. नसप्रिएको वा झिनो लम्बाकार कन्दमूल (मुला, गाजर, सुठुनी, तरुल, सखरखण्ड आदि)।
747 कन्जरो ना. २. साह्रै झिनो खालको मुला, सखरखण्ड आदि नमोटाएको सानो जरो।
748 कन्जुस वि. लोभी, किरन्टोकी, मक्खीचुस।
749 कन्जुसी ना. लोभ, कन्जुस्याइँ।
750 कन्जुस्याइँ ना. दिन वा खर्च गर्न गाह्रो मान्ने नीति; लोभ, कृपणता; लोभीपन;।