Dictionary

All Word

751 कन्टर ना. तेल, घिउ आदि हाल्ने टिनको भाँडो (चौथाई, हाफटिन, ठुलो टिन आदि)।
752 कन्टेनर ना. फलामबाट बनेको फोहोर जम्मा पार्ने ठुलो आकारको ढ्वाङ् वा भाँडो।
753 कन्ठ्याइ ना. कन्ठ्याउने भाव, क्रिया वा प्रक्रिया; हसुराइ, घिचाइ।
754 कन्ठ्याइनु क.क्रि. कन्ठ्याउने काम गरिनु।
755 कन्ठ्याउनु स. क्रि. घाँटीसम्म आउने गरी खानु, घिच्नु, हसुर्नु।
756 कन्डम [अड्.] १. सम्भोगको समयमा परिवार निरोधका निम्ति लिङ्ग घुसारिने रबर आदिको अत्यन्त मुलायम खोलका आकारको वस्तु ढाल |
757 कन्डम [अड्.] वि. २. काम नलाग्ने; रद्दी।
758 कन्डापरि क्रि.वि. अपरोक्ष रूपले अप्रत्यक्ष किसिमले।
759 कन्डेउली ना. ढाडदेखि चाकका फिलाको माझसम्मको भाग।
760 कन्डेउली हाड ना. सोही भागको ठाडो हाड।
761 कन्डेउलो ना. कम्मरदेखि तल र तिघ्रादेखि माथिको भाग; चाकको फिलो; नितम्ब, पुट्ठो; कन्ड्यौलो।
762 कन्डैसित / कन्डैसिति वि. बो. बेवास्ता वा उपेक्षा, निन्दा वा व्यङ्ग्य गरेर भनिने शब्द, भुत्रैसित यत्रैसित खुच्चिङ।
763 कन्डैसित / कन्डैसिति वि. बो. (उदा.- तँ आउँदैनस् भने कन्डैसित ! नआए पनि मलाई वास्ता छैन)।
764 कन्डो ना. १. भुँडी र छातीका उल्टोतिरको शारीरिक भाग; गर्धनदेखि तल तथा फिलादेखि माथि ढाडका दायाँ-बायाँको अवयव, पिठिउँ, पीठ, कन्ढो।
765 कन्डो ना. २. गुदद्वारका दुवैतिरको मांसल भाग, पुट्ठो पुठो; चाक।
766 कन्डो ना. ३. स्त्रीयोनि।
767 कन्ड्यौलो ना. हे. कन्डेउलो।
768 कन्ढो ना. हे. कन्डो।
769 कन्तबिजोक / कन्तबिजोग ना. साह्रै ठुलो आपत्ति, चिहिलबिहिल, चिल्लीबिल्ली, बिल्लीबाठ, सर्वनाश।
770 कन्ती ना. कडा लागेको फलाम वा किटको बस्तुभाउलाई दाना दिने अथवा भात, तिहुन आदि पकाउने काममा प्रयुक्त हुने विशेष प्रकारको आही, कराही।
771 कन्तुर ना. १. तत्काल बिक्री भएका सामानबाट आएको नगद राख्नका लागि पसलेले प्रयोग गर्ने, प्रायः दुलोबाट पैसा छिराउन मिल्ने, धातु अथवा काठ आदिको छरितो बाकस।
772 कन्तुर ना. २. त्यस्तै काममा प्रयोग गरिने मित्र अलग अलग वर्गका मुद्रालाई छुट्टाछुट्टै राख्न मिल्ने गरी बनाइएको दुलो नभएको बाकस।
773 कन्तुर ना. ३. गहनागुरिया र दामी वस्तु राख्नका निम्ति बनाइएको बाकसभित्र राखिने गुप्ती बाकस।
774 कन्तुर ना. ४. बाकस; सन्दस; पेटी।
775 कन्या ना. १. थाइनो, झुम्रो, चिया चिया परेको लुगा।
776 कन्या ना. २. धेरै टुक्राटाक्री गाँसगुस पारी बनाइएको कपडा।
777 कन्याधारी वि. कन्या पहिरिने, गरिब, कुत्रे |
778 कन्याधारी वि. ना. जोगी, भिक्षुक, माग्ने।
779 कन्द ना. वनस्पति आदिको जरामा माटामुनि विकसित हुने गोलाकार (गिठ्ठा, आलु आदि) अथवा लम्बाकार (तरुल, सुठुनी आदि) गानु, जसमध्ये अधिकांश खाद्यका रूपमा र केही अखाद्यका रूपमा (पानीअमला, गुँदेरगानु आदि) पनि हुन्छन्।
780 कन्दनी ना. हे. कन्धनी।
781 कन्दने वि. कन्दनीधारी; कन्धने।
782 कन्दमूल ना. १. माटामनि जराका रूपमा फल्ने डल्लो वा लाम्चो फल कन्द।
783 कन्दमूल ना. २. तराईतिर पाइने मादल वा मुडाका आकारको कोमल जरो, जसलाई काँचै खाइन्छ।
784 कन्दरा ना. १. पहाडका पहराहुँदो ओत लाग्न मिल्ने किसिमले निर्मित प्राकृतिक गुफा, ओडार वा सुरुङ।
785 कन्दरा ना. २. पहाडी प्रदेशको साँघुरो उपत्यका, पहाडी साँघुरो बेंसी।
786 कन्दर्प ना. कामदेव |
787 कन्दर्प ज्वर ना. कामवासनाले शरीरमा ताप चढ्नु।
788 कन्दुक ना. १. भकुन्डो।
789 कन्दुक ना. २. सानो तकिया।
790 कन्धनी ना. धोती, लगौंटी आदि घुसार्नका निम्ति कम्मरवरिपरि बाँधिने धागो, डोरी, सिक्री आदिको फन्को वा बेरुवा ; कन्दनी।
791 कन्धने वि. १. कन्धनी लाउने, कन्दने (एक किसिमको गाली मात्र )।
792 कन्धने वि. २. सानो वा ज्याम्तो (बालक)।
793 कन्ने ना. १. अविवाहिता केटी कन्या।
794 कन्ने ना. वि. २ बिहे नभएको अथवा बिहे नभएकी (कन्ने केटो / केटी)।
795 कन्ने केटी ना. कुमारी केटी।
796 कन्ने केटो ना. कुमार केटो।
797 कन्पारो ना. हे. कनपारो।
798 कन्या ना. १. अविवाहिता केटी, कन्ने केटी।
799 कन्या ना. २. विवाहका निम्ति ठिक पारिएकी केटी दुलही बेहुली।
800 कन्या ना. 3. रजस्वला नभएकी, खास गरी दश वर्ष ननाघेकी बालिका।