Dictionary

All Word

801 कन्या ना. ४. ज्योतिषशास्त्रअनुसार बाह्र राशिमध्ये छैटौं राशि, कन्या राशि |
802 कन्याइ कन्याउने क्रिया वा प्रक्रिया, चिलाइ मार्ने कार्य वा सो कार्य गर्ने तरिका |
803 कन्याइनु क.क्रि. कन्याउने काम गरिनु।
804 कन्याइनु क.क्रि. कन्याइभन्दा चिलाइ ठुलो ( उखान)।
805 कन्याउनु स. क्रि. चिलाएको वा खसमस भएको ठाउँमा चिलाइ मार्नाका निम्ति नङ आदिले रगड्नु, घाउ नहुने गरी केवल चिलाइ मात्र मर्ने गरी शरीरको कुनै अङ्ग कोपर्नु।
806 कन्याकुमारी ना. १. कन्या।
807 कन्याकुमारी ना. २. दक्षिण भारतको तमिलनाडुमा पर्ने समुद्रतटवर्ती एक स्थान।
808 कन्या केटी ना. कुमारी केटी, कन्ने केटी।
809 कन्यादान ना. आफ्नी अथवा अरूकी कन्यालाई वैदिक विधिअनुसार सङ्कल्प गरी दुलाहाको हातमा जिम्मा दिने सामाजिक रीति।
810 कन्याधन ना. दाइजो।
811 कन्यार्थ ना. कन्यापक्षका समक्ष कुनै योग्य वरको नाम प्रस्तावित गर्ने कार्य |
812 कन्यार्थी / कन्यार्थ ना. १. कन्या माग्न जाने व्यक्ति, समूह वा पक्ष।
813 कन्यार्थी / कन्यार्थ ना. वि. २. कन्या माग्नका निम्ति जाने।
814 कन्सल ना. राजकीय वाणिज्यदूत |
815 कन्सल जनरल ना. वाणिज्यसम्बन्धी काम गर्न एक देशबाट अर्को देशमा गएर बस्ने उच्चस्तरीय कर्मचारी, वाणिज्यदूत |
816 कन्सिरी ना. [कनसिरी ] कानको सामुन्नेको माथ्लो भागमा उम्रेका रौं कनसिरी।
817 कन्सुलेट ना. कन्सलको पदवी, कार्यभार वा कार्यालय |
818 कन्सुलेट जनरल ना. कन्सल जनरल।
819 कन्हेहोल चोक ना. हनुमानढोका दरबारभित्रको एक प्रसिद्ध चोक।
820 कप्तु स. क्रि. १. काठ, ढुङ्गा आदिलाई कुनै हतियारले खोप्नु।
821 कप्तु स. क्रि. २. त्यसरी खोपेर बुट्टा, मूर्ति, अभिलेख आदि निर्माण गर्नु, कुँद्नु।
822 कप्तु स. क्रि. ३. कपेरा निकाल्ने गरी काठ, ढुङ्गा, भुइँ आदिलाई ताछ्नु।
823 कप्तु स. क्रि. ४. खोपी खेल्दा वारि च्याँखे थापिएको अग्लो लक्कुलाई नछुने गरी पारिको निर्दिष्ट पैसा (धातु, ढुङ्गा आदिको ) लाई मात्र लाग्ने गरी घ्वाइँले हिर्काउनु।
824 कप ू ना. १. मुखभित्र डल्लो खाद्य पदार्थ हाल्ने काम।
825 कप ू ना. (उदा.- उसले जम्मै मिठाई एकैपल्ट कप पायो।); क्वाप।
826 कप ू ना. क्रि.वि. २. पच पारिएको, हडपिएको; फिर्ता नगर्ने उद्देश्यले लिइएको।
827 कप ू ना. (उदा.- उसले मेरो धन कप पारिदियो। )।
828 कप ना. १. चिया, दूध आदि खाइने एक प्रकारको कचौरा, प्याला।
829 कप ना. २. खेलकुद, नृत्य, गायन आदिको प्रतियोगितामा विजयीलाई पुरस्कारस्वरूप दिइने विशेष प्रकारका पात्रहरूमध्ये कुनै एक।
830 कपट ना. १. छकाएर, झुक्याएर वा सत्यलाई लुकाएर कसैलाई दिइने धोका, छल छक्यावट।
831 कपट ना. २. मनमा लुकेको दुष्ट भावना वा विचार।
832 कपट ना. ३. एक पदार्थ (जस्तै- सुन, चाँदी आदि) मा सुटुक्क मिसाइएको अर्को पदार्थ, कसर, दोष, कैफ।
833 कपटी वि. १. कपट भएको, धोकेबाज, छली।
834 कपटी वि. २. भनेको नमान्ने, सुनेको नसुन्यै गर्ने, बुझ पचाउने; अटेर।
835 कपटी वि. ३. मनको भेद अरूलाई नदिने (प्रायः निन्दार्थमा, जस्तो- रामेजस्तो दुष्ट र कपटी मान्छेको मनको कुरो चाल पाउँला भनी आस त गर, तर भर नपर)।
836 कपडछान ना. तरल पदार्थ अथवा चूर्ण पदार्थलाई पातलो कपडामा राखी त्यसमा रहेका मोटा, जर्खरा र स्थूल तत्त्वलाई पन्छाउने काम (प्राय: ओखतीमुलोमा ) |
837 कपडमट्टी ना. आयुर्वेदीय रसादि औषधी पुट गर्ने काममा भाँडाको मुख टाल्न माटोमा मुछिएको कपडा।
838 कपडा ना. कपास आदिका धागालाई तानबानमा राखेर बुनिएको वस्त्र वा पहिरन (कोट, धोती, दौरा आदि) र तन्ना, खोल, रुमाल, झन्डा र पर्दा बनाउनका लागि प्रयोगमा आउने प्रायः नसिइएको चाहिँ वस्तु, वस्त्र, लुगा।
839 कपडा कारखाना ना. कपडा बुन्ने यन्त्रालय वा तानघर।
840 कपना ना. १. कोदो फल्दाको झुप्पो।
841 कपना ना. २. काठ वा भुइँ कप्दा निस्कने चोइटो, चपरी आदि।
842 कपना ना. ३. भर्खर पलाएको पाउलाको झुप्पो।
843 कपनी ना. माटाको सानो पाला।
844 कपनी ना. घरकरेसासँग सम्मिलित रूपमा दर्ता भएको खेत वा बारी, करेसाको खेत, करेसाको बारी (प्रायः लिम्बुवानमा प्रचलित ) |
845 कपनु ना. १. काँचो रुख काटेर, ढलेर, भाँचिएर वा डढेर रहेका ठाउँमा पलाएको मुनु, पिपिरो, टुसो, काइनो।
846 कपनु ना. २. हे. कपना।
847 कपरकोट ना. कपडाले छाएको र बारेको थोरै दिन बस्ने ठाउँ, दिवाली आदि गरिँदा कपडाले बारेको पूजास्थान।
848 कपरदार ना. १. शाहकालीन दरबारमा राजाको खजानाको जिन्सी मालसामानको हेरचाह गर्ने उच्च कर्मचारी; जिन्सी खजान्ची।
849 कपरदार ना. २. आधुनिक कालीन राजदरबारको एक साधारण कर्मचारी |
850 कपरदारी ना. कपरदारको कार्य वा पद।