Dictionary

All Word

851 कपर्द ना. १. शङ्खवर्गमा पर्ने सानोखाले वस्तु कौडी, कौडा।
852 कपर्द ना. २. जोगीहरूले शिरमा बनाएको कपालको जुरो।
853 कपर्दी ना. कपर्दधारी व्यक्ति, महादेव।
854 कपर्दी ना. मैदानलाई दुई भागमा बाँडेर बराबर सङ्ख्यामा प्रत्येक भागमा पक्षीविपक्षी भई आलोपालो गरी एक पक्षको खेलाडी एकोहोरो सासले विशेष ध्वनि उच्चारण गरी विपक्षीको इलाकामा पुगी कसैलाई छोएर फर्की आउँदा सफल तर उतै घेरिएर सास फेर्न वाध्य हुँदा असफल भई मैदानबाट निकालिने एक रैथाने खेल (यस खेलमा उक्त खेलाडीद्वारा छोइएको विपक्षी पनि निकालिन्छ); हरिगुडुडु, हुतुतु- पन्जा।
855 कपाइ ना. कप्ने काम वा प्रक्रिया |
856 कपाइनु क.क्रि. कप्न लाइनु।
857 कपाउनु प्रे. क्रि. कप्न लाउनु।
858 कपाकप क्रि.वि. लगातार एक गाँसपछि अर्को गाँस हाल्दै (खाँदै जाने किसिम); खपाखप; गपागप।
859 कपाट ना. १. झ्याल वा ढोका।
860 कपाट ना. २. ढोका, दैलो।
861 कपाट ना. ३. भयाल वा ढोकाका दुई फग्लेंटामध्ये कुनै एक, खापा।
862 कपाट ना. ४. फरिको।
863 कपाल ना. १. मान्छे वा सो सरहको जनावरको टाउको।
864 कपाल ना. २. कुनै पनि प्राणीको टाउकाको प्रायः सिङ्गो हाड, खप्पर, खोर (तुल. हाडखोर)।
865 कपाल ना. 3. मान्छे आदिका टाउकाको रौं, केश।
866 कपाल ना. ४. जोगी, सन्न्यासी आदिको भिक्षापात्र।
867 कपाल क्रिया ना. दाह संस्कारको टाउकासँग सम्बन्धित कार्यकलाप।
868 कपाल क्रिया ना. कपाल दुखाइ ना. टाउको दुख्ने रोग, टाउकाको कुनै भाग वा सम्पूर्ण टाउकोमा उत्पन्न हुने पीडा, चिन्ता वा फिक्री।
869 कपाल क्रिया ना. (उदा.- तिमीले मलाई चिठी नलेखेर कपाल दुखाइको सिकार तुल्यायौ)।
870 कपालिका ना. १. देवीको मुण्डमाला लगाउने र हातमा खप्परको पात्र लिने एक विशेष रूप काली, चण्डी।
871 कपाली ना. १. खप्परमा भिख मागेर खाने व्यक्ति ( भिक्षुक, सन्न्यासी इ.)।
872 कपाली ना. २ शिव, महादेव।
873 कपाली ना. ३. भैरव।
874 कपाली ना. ४. नेवारी भाषा मातृभाषाका रूपमा बोल्ने नाथसम्प्रदायी एक जात कुस्ले।
875 कपाली ना. १. धितो नभएको अथवा धितो भए तापनि कारणवश धितोरहित हुन पुगेको तमसुकको एक किसिम |
876 कपाली ना. वि. २. त्यस किसिमको (तमसुक); कपालीसँग सम्बन्धित (लेनदेन इ.)।
877 कपाली तमसुक ना. त्यस किसिमको लिखत, तमसुक।
878 कपास ना. १. हिउँदे नगदी बालीका रूपमा पाखो जमिनमा लगाइने, बोट प्रायः डेढदुई हात अग्लो, पात पाँचचुच्चे, फूल आरम्भमा सेतो अथवा पहेँलो र अन्त्यमा हल्का रातो, फल झन्डै अफिमको दानु झैँ हुने र फल फुटेपछि सिमलका जस्तै भुवा निस्कने तथा सो भुवाबाट कपडा आदिका लागि धागो कातने एक प्रकारको वनस्पति।
879 कपास ना. २. कपासको झैं भुवा दिने कुनै पनि वनस्पति।
880 कपास ना. (उदा.- रुखकपास)।
881 कपास ना. ३. कपास वा रुखकपास आदिबाट निस्कने, धागो कात्ने काममा प्रयोगमा आउने कुनै पनि किसिमको भुवा।
882 कपासी ना. छहारी वा शोभाका निम्ति लगाइने रुख।
883 कपासे वि. [कपास+ए] कपासका रङ्को, कपासजस्तो, सेतो अथवा पहेंल्वो।
884 कपि ना. मान्छेका आकारको तर शरीरमा टम्म भुत्ला हुने, दुई थुन आदि लक्षणहरू दुरुस्त मान्छेकै झैं हुने एवं पुच्छर हुने (जस्तै- ढेडु, बाँदर, बनकर इ.) अथवा पुच्छर नहुने (जस्तै- वनमान्छे) जङ्गली प्राणी |
885 कपिनु क्र. क्रि. कपाइमा पारिनु, कप्ने काम गरिनु।
886 कपित्य ना. बेलजस्तो रुख हुने, साह्रो, खैरो, बेल जस्तै र त्य फल लाग्ने एक प्रकारको बोट, त्यसैको फल, कै।
887 कपिध्वज ना. आफ्नो सेनाको चिह्नस्वरूप रथमा बाँदर भएको झन्डा टाँग्ने पुराण, महाभारत आदिमा वर्णित एक वीर योद्धा, अर्जुन |
888 कपिल ना. १. विष्णुका चौबिस अवतारमध्ये एक मानिएका, साङ्ख्य दर्शनका प्रवर्तक एक मुनि।
889 कपिल ना. २. अग्निको एक रूप।
890 कपिल ना. ३. शिलाजि।
891 कपिल ना. वि. ४. बाँदरको जस्तो रङ भएको कैलो।
892 कपिलमुनि ना. कपिल।
893 कपिलवस्तु ना. १. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत लुम्बिनी अञ्चलको दक्षिणपश्चिमी भागमा पर्ने एक जिल्ला।
894 कपिलवस्तु ना. २. हालको लुम्बिनी अञ्चलमा पर्ने एक प्राचीन सहर वा जनपद जहाँका राजा शुद्धोदनका पुत्रको रूपमा गौतम बुद्ध जन्मिएका थिए।
895 कपिलवस्तु ना. (हालको तिलौराकोटलाई नै उक्त ठाउँ मानिएको छ )।
896 कपिला ना. १. कैलो रङको गाई।
897 कपिला ना. २. सुधी, दुधालु सन्तानी वा गोताले गाई।
898 कपी ना. प्रतिकृति प्रतिलिपि, नकल।
899 कपी ना. २. प्रति।
900 कपी ना. ३. पाण्डुलिपि; हस्तलेख |