Dictionary

All Word

901 कपी होल्डर ना. छापाखानामा कम्पोज भइसकेका लेख आदिलाई मुद्रित गर्नुभन्दा पूर्व अशुद्धि नहोस् भन्ने हेतुले गुरुकापीसँग भिडाई रुजु गर्न गुरुकापी स्पष्ट उच्चारणका साथ बाचेर प्रुफरिडरलाई सघाउने व्यक्ति, सहायक प्रुफरिडर।
902 कपुत ना. १. खराब आचरण भएको छोरो, बदमास छोरो; कुपुत्र।
903 कपुत ना. वि. २. फटाहा; दुष्ट; बदमास।
904 कपुर ना. १. सिन्नामोमम क्याम्फोरा नामक वृक्ष अथवा उक्त वृक्षबाट प्राप्त हुने स्फटिक झैं पारदर्शक, उडनधर्मी औषधी, पूजनकार्यमा बालिने बत्ती आदिका रूपमा प्रयोगमा आउने पदार्।
905 कपुर ना. २. कपुर झैं स्फटिकाकार रूपमा परिणत फिनायल, भोटेकपुर।
906 कपुर ना. कपुर बत्ती- ना. पूजाआजा गर्दा आरतीका रूपमा बालिने कपुरको बत्ती।
907 कपुरनली ना. एक प्रकारको रुख।
908 कपुरपत्ती/पाती ना. कपुरको झैँ बास्ना आउने तितेपातीको जत्रो बोट हुने वनस्पति।
909 कपुरी/कपुरे आँप ना. कपुर झैँ बास्ना आउने आँप।
910 कपुरी/ कपुरे पान ना. कपुर झैँ बास्ना आउने पान।
911 कपुरी/कपुरे वि. १. कपुरजस्तो (बास्ना आउने वा गोरो)।
912 कपुरी/कपुरे वि. ना. २. पानको एक निम्न जाति।
913 कपुरी ना. नेपाली वर्णमालाअनुसार शिशुहरूको सुविधाका 'क' वर्णलाई दिइएको एक नाम (जस्तै कपुरी 'क', मोटो 'ख', गाईगोडे 'ग' आदि)।
914 कपुरी ना. सिकार काटेर निकालिएको आन्द्राभुँडी (डोल्पाली)।
915 कपूत ना. हे. कपु।
916 कपूर ना. हे. कपुर।
917 कपेरो ना. १. बाँसको भाटोभन्दा पनि पातलो चिरो।
918 कपेरो ना. २. कपेर झिकेको भाटो, भात आदिको चोइली; चोइली।
919 कपेरो ना. ३. कप्ताखेरि निस्किएको ढुङ्गा, काठ आदिको चोइटो।
920 कपेरो ना. ४. बाँसको आँख्लैपिच्छे लपेटिएर रहने, सुकेपछि आफैँ झर्ने र च्याम्पटी घुमाउने, तितौरा पार्ने आदि काममा प्रयोग गरिने सुप्लो, खबटो।
921 कपोत ना. ढुकुरसँग मिल्दोजुल्दो एक प्रकारको पक्षी जसका विभिन्न प्रकार हुन्छन् (घरपाला, मलेवा, देउबसुँ इ.)।
922 कपोतवृत्ति ना. भविष्यका लागि सञ्चय नगर्ने बानी वा नीति, दश ठाउँ चहारी गरिने जीविका (जस्तै- पुरेत्याइँ, भिक्षाटन, पुहुकी इ.); कुक्कुटवृत्ति।
923 कपोतव्रती वि. सहनशील, सहने।
924 कपोल ना. मान्छे वा पशुको कन्चटमुनि कान र मुखका बिचको मोटाउँदा पुक्क उठ्ने र दुब्लाउँदा स्याप्प बस्ने भाग गालो, गाला।
925 कपोलकल्पना ना. अव्यावहारिक वा कोरा कल्पना; मनगढन्ते कल्पना, निराधार अनुमान वा अडकल।
926 कपोलकल्पित वि. कपोल कल्पना गरिएको।
927 कप्टेरिनु अ.क्रि. बाँस वा त्यसै वर्गका वनस्पति (निगालो, मालिङ्गो आदि) चिरिएर वा फोरिएर कप्टेरामा परिणत हुनु।
928 कप्टेरो ना. बाँस आदिको सिन्कोभन्दा मोटो भाटो अथवा कप्टेरो भन्दा मसिनु चिरो।
929 कप्टेऱ्याइ ना. कप्टेरो पर्ने क्रिया वा प्रक्रिया |
930 कटेयाइनु क.क्रि. कप्टेरा पारिनु।
931 कप्टेऱ्याउनु प्रे.क्रि. कप्टेरामा परिणत गराउनु, कप्टेरो पार्नु।
932 कप्तान ना. १. पल्टनको लप्टनभन्दा माथि एवं मेजरभन्दा मुनिको सैनिक अफिसर वा उसको पद, सहसेनानी।
933 कप्तान ना. २. पानीजहाज वा हवाईजहाजको मुख्य चालक।
934 कप्तान ना. ३. भकुन्डो आदि खेलमा प्रत्येक टिमको नायक।
935 कप्प क्रि.यो. एकै गप्फा हुने गरी (केही कुरो मुखभित्र हाल्ने तरिका); क्वाप्प; ख्वाप्प।
936 कप्पू ना. टाउकाको एउटा हाड।
937 कप्पु, ना. हातैले कोचेर मुखमा हालिने पदार्थ (मासुको चोक्टो, भात, लड्डु, पेडा, कुराउनी आदि) को गाँस, गप्फा, गप्फु।
938 कप्प्याइ ना. कप्प्याउने क्रिया वा प्रक्रिया।
939 कप्प्याइनु क.क्रि. कप्पु लगाइनु, गप्फा लगाएर निलिनु, कप्लक्क खाइनु वा निलिनु।
940 कप्प्याउनु स. क्रि. कप्पु लगाउनु, गप्फा लगाएर निल्नु, कप्लक्क खानु वा निल्नु, गप्फ्याउनु।
941 कप्लक्क क्रि.वि. एकै कप्पु हुने गरी (खाने वा निल्ने किसिम ) |
942 कप्ल्याउनु स. क्रि. कप्लक्क खानु वा निल्नु।
943 कप्ल्याककुप्लुक क्रि.वि. हतारिँदै लगातार एकपछि अर्को गप्फा निलेर त्यसरी कुनै खाद्य पदार्थ सक्ने किसिमले।
944 कप्ल्याक्क क्रि.वि. कप्लक्क खाँदाको भन्दा ठुलो गाँस मुखमा हालेर (निल्ने किसिम ) |
945 कफ ना. १. प्रायः श्वासनलीबाट र कहिलेकहीँ फोक्साबाटै पनि ख्वाक्क खोकेर बाहिर निकालिने सिडाने पदार्थ, श्लेष्म, खकार।
946 कफ ना. २. आयुर्वेदका अनुसार तीन दोष (वात, पित्त, कफ) मध्ये एक।
947 कफकारी वि. खाँदा कफ बढाउने (वस्तु)।
948 कफजनित वि. कफद्वारा उत्पन्न भएको ( रोग, विकार आदि)।
949 कफनाशक वि. कफ निको पार्ने वा घटाउने (औषधी)।
950 कफ, ना. [अड्.] कमिजका बाहुलाको मुख, मोहोतो।