Dictionary

All Word

8401 गठेमङ्गल ना. २. श्रावण कृष्ण चतुर्दशीका दिन पूजा गरिने कल्पित राक्षस; घण्टाकर्ण।
8402 गठेरो वि. १. राम्ररी बोल्न नसक्ने; गल्ड्याङ्ग्रो; लठेब्रो।
8403 गठेरो वि. २. बुद्धि नभएको; गठे।
8404 गठ्याङगुठुङ ना. १. स्पष्टसँग बुझ्न नसकिने र क्रमबद्ध पनि हुन नसकेको कामकुरो वा विषय; जालेमाले भएको काम।
8405 गठ्याङगुठुङ ना. २. जो भएको सबै वस्तु; भएजति सरसामान।
8406 गठ्याङमठ्याङ ना. १. गठ्याङगुठुङ; गज्याङगुजुङ २. झगडा; मनोमालिन्य।
8407 गठ्याङ्ग्रो वि. शरीर सलक्क भई बढ्न नसकेको; ग्याँचे; गठरो।
8408 गड ना. १. पर्दा आदिले छेकिएको ठाउँ; छेकाबार।
8409 गड ना. २. खोलो; नदी।
8410 गड ना. ३. खाल्टो; खोल्सो।
8411 गड ना. ४. इलाका; हाता।
8412 गडगड क्रि.वि. मेघ गर्जेजस्तो शब्द आउने गरी।
8413 गडगडाइ ना. गडगड शब्द निकाल्ने क्रिया वा प्रक्रिया।
8414 गडगडाइनु अ.क्रि. गडगड शब्द निकालिनु, ठुलो स्वरले गर्जिनु।
8415 गडगडाउनु अ.क्रि. १. गडगड शब्द निकाल्नु; गर्जिनु।
8416 गडगडाउनु अ.क्रि. २. बडो फुर्तीसाथ आइजाइ गर्नु।
8417 गडगडाहट ना. गडगडाउने किसिम वा चाल।
8418 गडगडिनु अ.क्रि. अरूलाई मन नपर्ने खालको कुरो गर्नु; बकबकिनु।
8419 गडगड्याइ ना. गडगडिने क्रिया वा प्रक्रिया।
8420 गडतीर ना. १. खोलाको वारि र पारिका किनारको पत्थरिलो वा ढुङ्ग्यान जमिन खोलाको प्रायः अक्करिलो तीर।
8421 गडतीर ना. २. पानी लाग्न सक्ने वा नसक्ने ससानो बगर।
8422 गडतीर ना. ३. नदीतट।
8423 गडन्ता/गडन्ते वि. १. कुनै काममा घोरिने र त्यस कामलाई फत्ते गर्न खट्ने स्वभावको।
8424 गडन्ता/गडन्ते वि. २. गहिरोसम्म गाडिने (घोचो, घारो, कुरो इ.)।
8425 गडन्ता/गडन्ते वि. ३. काल्पनिक; मनगडन्ते।
8426 गडप ना. १. गहिराइसम्म पुग्ने वा डुब्ने काम।
8427 गडप ना. २. अर्काको सामान लिएपछि नदिने चाला; धितो पचाउने काम; हडप |
8428 गडबड ना. नियमअनुसार नभई तलमाथि पर्ने काम, गोलमाल; अन्डबन्ड।
8429 गडबडाइ ना. गडबड गर्ने वा गडबडाउने भाव, क्रिया वा प्रक्रिया।
8430 गडबडाइनु अ.क्रि. गडबड होइनु।
8431 गडबडाउनु अ.क्रि. तलमाथि परी अव्यवस्थित देखिनु, गडबड हुनु, गोलमाल हुनु।
8432 गडबडिनु अ.क्रि. गडबड होइनु; तलमाथि परिनु।
8433 गडबडे वि. १. गोलमाल भएको; तलमाथि परेको; सिलसिला नमिलेको।
8434 गडबडे वि. २. गडबड गर्ने; जथाभाबी गर्ने।
8435 गडबड्याइ ना. गडबडिने भाव, क्रिया वा प्रक्रिया।
8436 गडबड्याइनु क.क्रि. गोलमाल गरिनु; गडबड पारिनु।
8437 गडबड्याउनु प्रे.क्रि. क्रम वा नियम बिगार्नु, गडबड पार्नु, गोलमाल गर्नु।
8438 गडऱ्याङगुडुरुङ क्रि.वि. १. मेघ गर्जने किसिमले।
8439 गडऱ्याङगुडुरुङ क्रि.वि. ना. २. मेघ गर्जंदाको गड्याङगुडुङ ध्वनि।
8440 गडऱ्याङ क्रि.वि. चट्याङ पर्दा वा मेघ गर्जंदा ठुलो आवाज आउने किसिमसि।
8441 गडल वि. गहिरोसम्म भासिएको; गड्ने खालको।
8442 गडलगाडल ना. गाड्नेवर्ने काम।
8443 गडाइ ना. १. गड्ने भाव, क्रिया वा प्रक्रिया।
8444 गडाइ ना. [√ गाड्(+आइ)] २. गाड्ने भाव, क्रिया वा प्रक्रिया।
8445 गडाइनु क.क्रि. गड्न वा गाड्न लाइनु।
8446 गडाउ वि. १. गाडिएको वा धसिएको; गडुवा।
8447 गडाउ वि. २. मुद्दा-मामिला वा चारित्रिक अभियोगमा कसुरदार ठहरिँदै गएको।
8448 गडाउनु प्रे.क्रि. १. भास्न लाउनु, गड्न लाउनु।
8449 गडाउनु प्रे.क्रि. २. गाड्न लाउनु।
8450 गडाउनु प्रे.क्रि. गडिनु - अ.क्रि. गाडिनु; भासिनु।