Dictionary

All Word

8451 गडी ना. गेडागुडी खानेकुरो ( मकै, चना, भटमास इ.)।
8452 गडुवा ना. टुटी गाँसिएको पानीको भाँडो करुवा।
8453 गडुवा वि. गडेको वा गाडिएको; गडल।
8454 गडेरी ना. सानोतिनो खोल्सामा वा सुलसुले र मैलो पानी भएको ठाउँमा हुने एक जातको माछो।
8455 गड्कनु अ.क्रि. रवाफिलो पाराले वा डरधाक देखाउने उद्देश्यले आवेगमा आएर ठुलो स्वरले बोल्नु, कड्कनु; गर्जनु।
8456 गड्काइ ना. गड्किने भाव, क्रिया वा प्रक्रिया।
8457 गड्काइनु क.क्रि. फुर्ती देखाइनु; कड्काइनु।
8458 गड्काउनु प्रे.क्रि. गड्कने पार्नु; रवाफ देखाउनु।
8459 गड्किनु अ.क्रि. १. रवाफ वा फुर्तीसाथ बोलिन, कड्किनु।
8460 गड्किनु अ.क्रि. २. गड्कनु।
8461 गड्ढा ना. जमिनमा खनेर वा आफैँ खोलिएर बनेको खाल्डो; खाडल; खाडी।
8462 गड्याङगुडुङ क्रि.वि. १. मेघ गर्जंदा ठुलठुलो आवाज आउने किसिमले।
8463 गड्याङगुडुङ क्रि.वि. २. कुनै पनि गह्रौँ सामान यताउति थचारिँदा झैँ आवाज निस्कने गरी।
8464 गड्याङगुडुङ क्रि.वि. ना. ३. मेघको गर्जन; बादलको कड्काइ।
8465 गड्याङगुडुङ क्रि.वि. ४. गडबड; गोलमाल।
8466 गड्याङमड्याङ ना. गोलमाल; गडबड।
8467 गड्याङ्ङ क्रि.वि. चट्याङ वा वज्र पर्दा ठुलो आवाज आउने चालले।
8468 गढ्नु अ.क्रि. १. कुनै विषयमा भित्री तहसम्म पुग्नु, गहिरिन एकाग्रतासाथ लाग्नु।
8469 गढ्नु अ.क्रि. २. कुनै तिखो वस्तु वा पेचिलो कुरो मर्मसम्म पुग्नु, गड्नु, बिझ्नु।
8470 गढ्नु अ.क्रि. ३. असत्य वा अजमाएका कुरामा लाग्नु।
8471 गढ ना. १. प्राचीन राज्य-व्यवस्थामा सुरक्षाको बन्दोबस्त मिलाउने ठाउँ वा गौंडो।
8472 गढ ना. २. सेना वा हातहतियार तैनाथ गरिएको ठाउँ; गढी; किल्ला; दुर्ग।
8473 गढन्त वि. १. कुनै विषयमा गम्भीररूपले विचार गर्ने; विचारवान्।
8474 गढन्त वि. २. वास्तविकता नभए पनि कुराले ठिक्क पारिएको; हो जस्तो बनाइएको।
8475 गढन्त वि. ३. काल्पनिक; गडन्ता।
8476 गढाइ ना. गढ्ने क्रिया वा प्रक्रिया।
8477 गढाइनु क.क्रि. गहिरो रूपमा विचार गर्न लाइनु।
8478 गढाउनु प्रे.क्रि. गहिराइसम्म पुऱ्याउनु, विचार गर्ने पार्नु।
8479 गढिनु अ.क्रि. गहिरिएर सोचिनु; अजमाइनु।
8480 गढी ना. सानो गढ (चिसापानी गढी, सिंधुली गढी, उदयपुर गढी इ.)।
8481 गण ना. १. कुनै एक विषयमा समानता भएका मानिस वा देवताको समुदाय; जमात, समूह, वर्ग।
8482 गण ना. २. चर, दू।
8483 गण ना. ३. अनुचर; सेवक।
8484 गण ना. ४. शिवका पार्षद वा अनुचरहरूको दल।
8485 गण ना. ५. छन्दशास्त्रअनुसार लघुगुरुका हिसाबले रहेका तीनतीन अक्षरको आठ समूह (यगण, मगण, तगण, रगण, जगण, भगण, नगण र सगण)।
8486 गण ना. ६. पाणिनिका व्याकरणमा एकएक जमातमा छुट्ट्याइएका भू, अद्, चुर् आदि धातुसमूह।
8487 गण ना. ७. ज्योतिषशास्त्र- अनुसार मानिसमा रहेका तथा वरवधूका जन्मपत्रिका हेर्दा जुराइने देवगण, मनुष्यगण, राक्षसगण जस्ता तीन तहमध्ये कुनै एक।
8488 गण ना. ८. बहुवचन जनाउने एक चिह्न (महिलागण, सज्जनगण इ.)।
8489 गणक वि. १. गणना गर्ने, गन्ने।
8490 गणक वि. ना. २. हिसाब गर्ने यन्त्र (क्यालकुलेटर)।
8491 गणक वि. ३. गणित-ज्योतिषी; दैवज्ञ।
8492 गणचिह्न ना. आफ्ना पुर्खाहरूको सम्झनामा सङ्केतस्वरूप पुजिने चिह्न।
8493 गणतन्त्र ना. १. देशको शासनप्रणाली स्थानीय तहदेखि केन्द्रीय तहसम्म नै जनताद्वारा निर्वाचित प्रतिनिधिहरूबाट सञ्चालित हुने राजनीतिक व्यवस्था; जनतन्त्र।
8494 गणतन्त्रवादी ना. गणतन्त्रमा विश्वास गर्ने वा गणतन्त्रका सिद्धान्तअनुसार चल्ने; गणतन्त्रको पक्षपाती।
8495 गणतन्त्री वि. १. गणतन्त्रसम्बन्धी; गणतन्त्रका सिद्धान्तअनुरूपको।
8496 गणतन्त्री वि. २. गणतन्त्रको अनुयायी।
8497 गणतन्त्रीय वि. गणतन्त्री।
8498 गणतान्त्रिक वि. गणतन्त्री।
8499 गणदेवता ना. समूहका रूपमा रहने देवता, आदित्य, विश्वदेवा, वसु, तृषित, अभाश्वर, अनिल, महाराजिक, साध्य र रुद्र - यी देवताको समूह।
8500 गणद्रव्य ना. सामूहिक हितका निम्ति कुनै संस्थामा जम्मा गरिएको धनराशि; साझा सम्पत्ति।