Dictionary

All Word

84001 विषाणु ना. विषालु वा सङ्क्रामक रोग सार्ने सूक्ष्म जीवाणु।
84002 विषाद ना. सोचेको, चाहेको वा आशा गरेको कुरो नहुँदा, नपुग्दा हुने दुःख, खिन्नता, नैराश्य, दिक्दारी, बिस्मा।
84003 विषादित वि. विषादमा परेको, उदासिलो, दिक्कलाग्दो, खिन्न।
84004 विषादी वि. उदासीन, खिन्न, २. विष खाने।
84005 विषादी वि. ३. विषयुक्।
84006 विषालु वि. विष मिसिएको, विष भएको विषयुक्।
84007 विषुव ना. सूर्य विषुवत्रेखामा बस्दाको समय दिनरात बरोबर हुने समय २. २२ मार्च र २२ सेप्टेम्बरका दिन पर्ने त्यस्तो योग।
84008 विषुवत् वि. भूगोलको बिचमा रहेको माझको, मध्यस्थि।
84009 विषुवत् रेखा ना. पृथ्वीका बाहिरीतहको माझमा उत्तरी र दक्षिणी ध्रुवको समानान्तर पूर्वबाट पश्चिमपट्टि गएको भनी कल्पना गरिएको रेखा, विषुवत् रेखा।
84010 विषुवत् सङ्क्रान्ति वैशाख र कार्तिक महिनाको सङ्क्रान्ति।
84011 विषोपचार ना. सर्प, बिच्छी आदि बिखालु प्राणीले टोकी वा अन्य कुनै किसिमले शरीरमा विष फैलिन गएमा विष नै प्रयोग गरेर गरिने उपचार, प्रतिविषोपचार।
84012 विषोत्पादक वि. विष पैदा गर्ने, विष उत्पादन गर्ने,विष उब्जाउने।
84013 विष्कु ना. वास्तु वा मूर्तिमा प्रयोग हुने एक अङ्गुलको बिस गुना बराबरको नाप बिस अमल, बिस अङ्गुल।
84014 विष्कम्भ / विष्कम्भक ना. ज्योतिषका सत्ताइस योगमध्ये एक।
84015 विष्कम्भ / विष्कम्भक ना. २. अघिपछिका कथालाई मध्यम पात्रद्वारा सूचित गरिने, गर्भाङ्कका निकट रहने, नाटकको एक अङ्क।
84016 विष्कम्भ / विष्कम्भक ना. ३. बाधा, रोकावट।
84017 विष्कम्भ / विष्कम्भक ना. ३. बिरेआग्लो, तगारो।
84018 विष्ट वि. घुसेको, छिरेको, पसेको ना. २. दमाई - कामीलाई सालबाली बाली दिएर लुगा सिउने, खेतीकिसानीको लजो बनाउने जाति।
84019 विष्ट वि. ३. नेपालीको एक थर।
84020 विष्ठा ना. गुहु, दिसा।
84021 विष्ठानुराग ना. अघोरी मत वा विचारअनुसार दिसा वा विष्ठाप्रतिको अनुराग, दिसा खाने इच्छा।
84022 विष्ठाहारी वि. दिसाको आहार गर्ने, विष्ठा खाएर बाँच्ने।
84023 विष्णु ना. हिन्दु धर्मशास्त्रअनुसार सृष्टिको रचना गर्ने, पालना गर्ने र संहार गर्ने तीन देवतामध्ये पालन गर्ने देवता, नारायण।
84024 विष्णु ना. २. सर्वव्यापक चित् शक्ति।
84025 विष्णु गुप्त ना. चाणक्य।
84026 विष्णुपुराण अठार महापुराणमध्ये एक, विष्णुका महिमाको वर्णन भएको पुराण।
84027 विष्णुमती ना. काठमाडौं उपत्यकाभित्र बाग्मतीमा मिसिएर दक्षिणपश्चिमतर्फ बग्ने एक नदी।
84028 विष्णुवल्लभा ना. लक्ष्मी।
84029 विष्णुवल्लभा ना. २. तुलसी।
84030 विष्णुवल्लभा ना. ३. अग्निशिखा।
84031 विष्णुविष्णु वि.बो. आफूले ढोग्नुपर्ने वा गोडा लाग्न नहुने व्यक्तिलाई गोडाले कुल्चिँदा वा लाग्दा पाप नलागोस् भन्ने विचारले भनिने शब्द।
84032 विसङ्गत ना. नमिलेको, बेमेलको, असङ्ग।
84033 विसङ्गत ना. २. नसुहाउँदो, अयोग्य।
84034 विसङ्गति ना. नमिल्दोपन, बेमेलपन, असङ्गति।
84035 विष्णुवाद ना. जीवनजगत्का कुनै पनि वस्तु विचार वा क्रियाकलापमा सङ्गति नभएको देख्ने तथा जीवनलाई निःसार र निरर्थक ठान्ने एक साहित्यिक दृष्टिकोण वा धारणा विसङ्गतिमा विश्वास गर्ने एक वाद।
84036 विष्णुवादी वि. विसङ्गतिवादमा विश्वास गर्ने, विसङ्गतिवादको अनुयायी।
84037 विसंवाद ना. असत्य कथन, झुटो कुरा।
84038 विसंवाद ना. २. विरोध,खण्डन।
84039 विसंवाद ना. ३. हप्काइदप्काइ।
84040 विसंवाद ना. ४. प्रतिज्ञा भङ्ग गर्ने क्रिया, छल, धोका।
84041 विसंवाद ना. ५. असहमति।
84042 विसंवादी वि. नचाहिँदो कुरो बोल्ने, बोलेको ठेगान नभएको।
84043 विसंवादी वि. २. नमिल्दो वा नसुहाउँदो कुरा,बोल्ने, असङ्गत कुरा गर्ने।
84044 विसंवादी वि. ३. प्रतिज्ञा भङ्ग गर्ने, धोका दिने।
84045 विसर्ग ना. स्वरान्त शब्दका पछिल्तिर लाग्ने र केही जोड दिएर उच्चारण गरिने, आधा 'ह' जस्तो ध्वनि (छिल छ्या प्रायः आदि)।
84046 विसर्ग ना. २. स्वरान्त शब्दका पछिल्तिर दुई समान बिन्दुका रूपमा लेखिने चिह्न, दबास बिन्दु ( : )।
84047 विसर्ग ना. ३. कुनै वस्तु आदि छोड्ने काम दिने काम त्याग दान।
84048 विसर्जन ना. पूजाआजा गर्दा आह्वान गरिएका देवताहरूलाई बिदा दिने काम।
84049 विसर्जन ना. २. कुनै अनुष्ठान, कामकुरा, सभा- सम्मेलन आदिको कार्यक्रम समाप्त गर्ने वा टुङ्ग्याउने काम।
84050 विसर्जन ना. ३. दिसापिसाब गर्ने काम, मलमूत्रको त्याग।