Dictionary

All Word

84051 विसर्जन ना. ४. कुनै कुरा छोड्ने काम, परित्याग।
84052 विसर्जनीय वि. विसर्जन गर्न योग्य वा उचित छाड्नुपर्ने, परित्याज्य।
84053 विसर्जनीय वि. २. पठाउन वा हटाउन लायक।
84054 विसर्जित वि. विसर्जन भएको धार्मिक, राजनीतिक, सामाजिक आदि कुनै अनुष्ठान वा कार्यक्रम समाप्त गरिएको।
84055 विसर्जित वि. २. पठाइएको वा हटाइएको।
84056 विसर्पण ना. सर्पका छाँटले घसेर हिँड्ने क्रिया, घस्राइ।
84057 विसर्पण ना. २. फैलने क्रिया, प्रसर्पण।
84058 विसर्पण ना. ३. ठाउँ छाड्ने काम, स्थानत्याग।
84059 विसूचिका / विसूची ना. पिसाब नहुने तर बारबार भाडा र बान्ता हुने बिमारी एक प्रकारको हैजा।
84060 विसैन्यीकृत वि. सैनिकविनाको बनाइएको, सैन्यहीन तुल्याइएको, सैन्यरहित बनाइएको (क्षेत्र)।
84061 विस्तर ना. विस्तार।
84062 विस्तर ना. २ विस्तारसाथ गरिएको वर्णन, विस्तृत वर्णन।
84063 विस्तर ना. 3. बिछ्‌यौना आसन।
84064 विस्तर ना. ४. आधार ५. समूह।
84065 विस्तरण ना. कुनै वस्तुमा बल प्रयोग गर्दा त्यसको आकारप्रकारमा हुने वा आउने फरक, विस्तारण।
84066 विस्तार ना. फैलाउने काम, फैलावट, फैलोट।
84067 विस्तार ना. २. विस्तृत रूपमा दिइएको विवरण।
84068 विस्तार ना. ३. विशालता।
84069 विस्तारण ना. विस्तार गर्ने काम, फैलाउने क्रिया।
84070 विस्तारित वि. फैलाइएको, विस्तृत गरिएको, फिँजाइएको।
84071 विस्ती ना. लिच्छविकालीन शासनव्यवस्थामा प्रचलित एक प्रकारको कर।
84072 विस्तीर्ण वि. खुब फैलिएको, धेरै फराकिलो।
84073 विस्तीर्ण वि. २. प्रशस्त लमाइ र चौडाइ भएको।
84074 विस्तीर्ण नास ना. ठुलो नाक भएको वानर, नरवानरानुगणको एक भेद।
84075 विस्तृत वि. टाढासम्म फिंजिएको, फैलिएको, लम्बेचौडे, विस्तीर्ण।
84076 विस्तृत वि. २. लामो विवरण भएको व्याख्यासहितको।
84077 विस्तृत वि. ३. साह्रै ठुलो, विशाल।
84078 विस्तृति ना. लम्बाइ, चौडाइ, मोटाइ वा सबै किसिमबाट भएको फैलावट, विस्तार फैलाउ, फैलोट।
84079 विस्तृतीकरण ना. कुनै वस्तु वा कुरालाई विस्तृत बनाउने क्रिया।
84080 विस्तृतीकरण ना. २. कुनै लेख रचना आदिलाई बढाएर विस्तृत बनाउने काम।
84081 विस्थापन ना. एक ठाउँमा बसेको वा स्थापित भएको वस्तु आदिलाई अन्यत्र सार्ने काम।
84082 विस्थापित वि. आफ्नो देश, निवासस्थान आदिबाट बलैले अन्यत्र हटाइएको, निष्कासित, उद्गासित, निकालाबास।
84083 विस्फारण ना. बढाउने, तन्काउने, फैलाउने वा फिँजाउने काम, फैलाइ।
84084 विस्फारण ना. २. खोलाइ, उधाराइ।
84085 विस्फारण ना. ३. च्यात्ने क्रिया।
84086 विस्फारण ना. ४. धनु चढाउने काम।
84087 विस्फारित वि. राम्ररी खोलिएको, फराकिलो पारेर उघारिएको (जस्तो- विस्फारित नेत्र)।
84088 विस्फीति वि. मुद्राको बाहुल्य वा विस्तार घटाएर सन्तुलित स्थितिमा ल्याउने क्रिया,मुद्रास्फीतिलाई पहिलेको स्थितिमा ल्याउने काम।
84089 विस्फोट ना. कुनै वस्तु ठुलो आवाजका साथ फुट्ने वा चर्कन क्रिया।
84090 विस्फोट ना. २. ठुलो आवाजका साथ पड्कने क्रिया।
84091 विस्फोट ना. ३. खटिरो।
84092 विस्फोट ना. ४. विफर।
84093 विस्फोटक वि. आगो आदिको सम्पर्कमा आउँदा फुट्ने वा पड्कने सम्भावना भएको, विस्फोट हुने खालको (पदार्थ)।
84094 विस्फोटक वि. ना. २. विषालु खटिरो, ननिको खटिरो।
84095 विस्फोटन ना. आवाजका साथ पड्कने वा फुट्ने क्रिया, विष्फोट हुने काम।
84096 विस्मय ना. अचम्म, उदेक, आश्चर्य।
84097 विस्मय ना. २. कुनै आश्चर्यजनक वा अनौठो कुरो देख्ता चित्तमा हुने विकार।
84098 विस्मय ना. ३. साहित्यमा प्रचलित नौ रसमध्ये अदभुत रसको स्थायी भाव।
84099 विस्मयकर वि. आश्चर्यपूर्ण, उदेकलाग्दो, छक्क पार्ने, अनौठो,आश्चर्यजनक।
84100 विस्मयाकुल वि. विस्मयमा परेको, चकित भएको, छक्क परेको।