Dictionary

All Word

8501 गणन ना. गन्ने काम; गन्ती; गणना।
8502 गणना ना. १. गन्ती गर्ने काम; गनाइ।
8503 गणना ना. २. हिसाब; लेखा।
8504 गणना ना. ३. श्रेणी वा स्तरको निर्धारण; मान्ने काम।
8505 गणनायक ना. १. गणेश, गौरीपुत्र, गणपति।
8506 गणनायक ना. २. कुनै गणको वा समूहको नायक; दलको नेता।
8507 गणपति ना. १. गणेश गणनायक।
8508 गणपति ना. २. कुनै गण वा समूहको नेता।
8509 गणपति ना. ३. सैनिक गणको प्रमुख।
8510 गणपाठ ना. एउटै नियमभित्र आउन सक्ने शब्दसमूह |
8511 गणपूरक वि. सभा, बैठक आदि सञ्चालन गर्दा कुनै प्रस्ताव पारित गर्न आवश्यक पर्ने अथवा गणपूर्तिका निम्ति तोकिएअनुसारको (सङ्ख्या)।
8512 गणपूर्ति ना. बैठक वा सभाको सञ्चालन गर्नका निम्ति नियमविधानअनुसार चाहिने सदस्यहरूको उपस्थिति; सदस्यसङ्ख्याको पुग्दो भेला (कोरम)।
8513 गणराज्य ना. प्लेटोद्वारा परिकल्पित तथा स्वायत्त शासनका गणमा सम्बद्ध राज्य; गणतन्त्री राज्य।
8514 गणिका ना. मूल्य लिएर यौवन बिक्री गरी जीविका चलाउने स्त्री; वेश्या; रन्डी।
8515 गणित ना. १. सङ्ख्या र परिणामसम्बन्धी विषयको शास्त्र; हिसाबको ज्ञान गराउने शास्त्र।
8516 गणित ना. २. गन्ने काम; गणना।
8517 गणित ना. वि. ३. हिसाब गरिएको; गणना गरिएको।
8518 गणितज्ञ वि. १. गणित जान्ने; गणितशास्त्रको ज्ञाता; गणितको विशेषज्ञ।
8519 गणितज्ञ वि. २. ज्योतिषी।
8520 गणेश ना. १. हात्तीको जस्तो टाउको र मानिसको शरीर भएको, निर्विघ्नताका प्रतीक मानिने एक देवता; गणपति; विनायक।
8521 गणेश ना. २. गण वा दलको मालिक।
8522 गणेश ना. ३. सेनापति; सेनाध्यक्ष।
8523 गणेश चतुर्थी ना. गणेशको व्रतका लागि उत्तम मानिएको भाद्र शुक्ल पक्षको र माघ कृष्ण पक्षको चतुर्थी ( भाद्र शुक्ल चौथीका दिन चन्द्रमा हेर्नु हुँदैन र हेरियो, देखियो भने अर्काको फलफूल बिमाख गरे दोषमुक्त होइन्छ भनेर चौथी हान्ने चलन छ।
8524 गणेश चौथी ना. गणेश-चतुर्थी।
8525 गणेश पुराण ना. गणेशको माहात्म्य वर्णन भएको एक पुराण।
8526 गणेश पूजा ना. जुनसुकै शुभ कार्यका प्रारम्भमा निर्विघ्न कार्यसमाप्तिको कामना गरी सिद्धिदाताका रूपमा गरिने गणेशको पूजा।
8527 गणेश हिमाल ना. नेपालको धादिङ जिल्लामा पर्ने ७,४०९ मिटर अग्लो, हिउँ नै हिउँले ढाकिएको एक पर्वत श्रेणी |
8528 गण्ड ना. १. मुखको दायाँबायाँ तथा आँखाका मन्तिर पर्ने दुई पाटा; गाला।
8529 गण्ड ना. २. हात्तीको कनपटी।
8530 गण्ड ना. ३. घाउ खटिरो।
8531 गण्ड ना. ४. गाँड।
8532 गण्ड ना. ५. गैंडा।
8533 गण्ड ना. ६. आँख्लो; गाँठो |
8534 गण्डक ना. १. नेपालको मध्यपश्चिम क्षेत्रमा बग्ने प्रसिद्ध नदी।
8535 गण्डक ना. २. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रमा पर्ने एक अञ्चल |
8536 गण्डकी ना. १. नेपालको मध्यपश्चिम क्षेत्रमा बग्ने प्रसिद्ध नदी।
8537 गण्डकी ना. २. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रमा पर्ने एक अञ्चल |
8538 गण्डदूर्वा ना. घोडेदुबो।
8539 गण्डमाला ना. घाँटीमा वरिपरि मालाका आकारको गाँठगाँठा परेर आउने रोग; कण्ठमाला।
8540 गण्डस्थल ना. कपोल; गालाको पाटो ; गाला।
8541 गण्डास्थि ना. गालाको माथिल्लो भाग र आँखाको तल्लो भागमा पर्ने हाड; गालाको हड्डी।
8542 गण्य वि. सामाजिक तथा नैतिक मर्यादामा प्रतिष्ठित; गणना गर्न लायक; गन्न योग्य।
8543 गण्यमान्य वि. १. समाजका विभिन्न आदर्श र प्रतिष्ठाले युक्त; गन्नु र मान्नुपर्ने; सम्मानि।
8544 गण्यमान्य वि. ना. २. सम्माननीय व्यक्ति।
8545 गत ना. १. दयनीय स्थिति; नजाती हालत; दुर्गति।
8546 गत ना. २. सङ्गीतशास्त्रका अनुसार विभिन्न रागरागिनीका निर्धारित स्वर वा लय बाजामा उतार्ने काम।
8547 गत वि. १. गइसकेको; हिँडेको; गएको।
8548 गत वि. २. समाप्त भएको; बितेको।
8549 गत वि. ३. जीवनबाट मुक्त भइसकेको; मरेको; मृ।
8550 गतागत ना. १. निरन्तर रूपमा हुने आवतजावत; आवागमन।