Dictionary

All Word

84101 विस्मयादिबोधक वि. अकस्मात् कुनै कुरा देख्दा, सुन्दा वा मनमा उत्पन्न हुँदा विस्मय, हर्ष, खेद, घृणा आदि व्यक्त गर्ने (शब्द वा चिह्न, जस्तो अहो! ऐया ! आहा ! आम्मै इ.)।
84102 विस्मरण ना. स्मरण नहुने वा बिर्सने क्रिया, विस्मृति, भुलाइ।
84103 विस्मरणीय वि. स्मरण गर्न नहुने वा स्मरण गर्न अनुचित, बिर्सन लायक, बिर्सन हुने, बिर्सन सकिने।
84104 विस्मित वि. जिल्ल परेको, आश्चर्यमा परेको, छक्क परेको, आश्चर्यचकि।
84105 विस्मृत वि. सम्झना नभएको, बिर्सिएको, भुलेको।
84106 विस्मृतप्रायः वि. झन्डैझन्डै बिर्सेको, लगभग बिर्सेको, बिर्सन लागेको।
84107 विस्मृति ना. विस्मरण, बिर्साइ, भुलाइ।
84108 विस्वाद वि. स्वाद नभएको, बेस्वादको।
84109 विहग / विहङ्ग ना. चरो, पक्षी, विहग।
84110 विहग / विहङ्ग ना. २. आकाशमार्गमा उड्ने जीव वा वस्तु।
84111 विहङ्गम ना. चरो, पक्षी, विहग।
84112 विहङ्गम ना. २. सूर्य।
84113 विहङ्गम ना. ३. चन्द्रमा।
84114 विहङ्गम दृष्टि / विहङ्गावलोकन ना. आकाशमा उडिरहेको चराले माथिबाट सरसरती हेर्दा तल जमिनको दृश्य देखे झैँ कुनै कामकुराप्रति मोटामोटी र सङ्क्षिप्त रूपले हेरिने क्रिया, सूक्ष्म निरीक्षण, परीक्षण नभएर सरसरती र सामान्य दृष्टि।
84115 विहसन ना. मुसुक्क हाँस्ने काम, मुस्कुराहट।
84116 विहसित वि. मुसुक्क हाँसेको, मुस्कुराएको।
84117 विहार ना. आफूखुसी एक्लै वा मित्रजनका साथ घुमफिर गर्ने काम, टहल्ने काम।
84118 विहार ना. २ मनोविनोदका निमित्त गरिने खेलकुद आदि।
84119 विहार ना. ३. बौद्ध भिक्षुहरूको बस्ने मठ।
84120 विहार ना. ४. मन्दिर।
84121 विहारी वि. विहार गर्ने, सुखसयल गर्ने, भोगविलास गर्ने।
84122 विहारी वि. २. विहारमा बस्ने भारतको विहार राज्यमा बस्ने।
84123 विहारी वि. ना. ३. कृष्णको एक नाम।
84124 विहित वि. विधिअनुसार भएको, विधिपूर्वक गरिएको, कृत (जस्तो- शास्त्रविहित )।
84125 विहित वि. २. चित्तबुझ्दो, मनासिब, उचित ३. सम्पन्न गरिएको, पूरा भएको।
84126 विहीन वि. नभएको, रहि।
84127 विहीन वि. २. नामशब्दका पछाडि जोडिई नभएको भन्ने अर्थ बुझाउने प्रत्ययधर्मी (शब्द, जस्तै- धनविहीन, दयाविहीन आदि)।
84128 विहत वि. निकालिएको वा बाहिर गरिएको, हटाइएको।
84129 विहत वि. ना. २. नायिकाले नायकसँग व्यक्त गर्नुपर्ने कुरा पनि लाजले गर्दा भन्न नसक्ने स्थिति।
84130 विहत वि. ३. स्त्रीहरूका दश हाउभाउमध्ये एक।
84131 विहति ना. बलैले निकाल्ने वा हटाउने क्रिया।
84132 विहति ना. २. आमोदप्रमोद क्रीडा, विहार।
84133 विह्वल वि. चिन्ता, दुःख, भय, शोक आदिले गर्दा मनमा शान्ति नभएको, मन ठेगानमा नभएको, विकल, व्याकुल, क्षुब्ध।
84134 विह्वलता ना. विह्वल हुनाको भाव वा स्थिति, चित्तको अस्थिरता, व्याकुलता।
84135 विह्वलित वि. विह्वल भएको, व्याकुल तुल्याइएको।
84136 वीक्षण ना. राम्ररी ठम्याएर हेर्ने काम।
84137 वीक्षण ना. २. निरीक्षण।
84138 वीक्षण ना. ३. आँखा।
84139 वीक्षणीय वि. नियालेर हेर्न योग्य दर्शनीय।
84140 वीज ना. हे. बीज, बिउ।
84141 वीज ना. २. नाटक, महाकाव्य आदिमा सङ्घर्षमय कथावस्तुको मुख्य फल वा उद्देश्यको प्रधान कारण, अर्थप्रकृतिका पाँच प्रकारमध्ये एक।
84142 वीजक ना. हे. बीजक।
84143 वीटिका ना. मुखशुद्धिका लागि खाइने पानको सानो बीडा।
84144 वीटिका ना. २. दाउरा, झँजा, पराल आदिको अँगालाभरिको बिटो।
84145 वीणा ना. प्रायः सातवटा तार र दुइटा तुम्बा हुने र हातले बजाइने प्राचीन किसिमको तारबाजा।
84146 वीणावादिनी ना. सरस्वती।
84147 वीतराग वि. सांसारिक मोहमाया आदिको बन्धनबाट मुक्त, सांसारिक विषयसुखमा आसक्ति नभएको, वासनारहि।
84148 वीतराग वि. २. निष्काम।
84149 वीथी ना. पङ्क्ति, लहर, हरफ।
84150 वीथी ना. २. पैदल हिँड्ने सानो बाटो, गोरेटो।