Dictionary

All Word

84151 वीथी ना. 3. पसल, हाटबजार।
84152 वीथी ना. ४. सूर्य हिँड्ने रेखा, बाटो।
84153 वीथी ना. ५. शृङ्गाररस प्रधान हुने दश रूपकमध्ये एक।
84154 वीप्सा ना. आदर, आश्चर्य आदि प्रकट गर्नका निम्ति एउटै शब्द बारबार भन्दा पर्ने एक शब्दालङ्कार।
84155 वीप्सा ना. २. शब्दको द्विरुक्ति।
84156 वीप्सा ना. ३. सातत्य (जस्तो- खितितिति, सननन आदि)।
84157 वीर ना. आफूखुसी उत्साह र साहसका साथ कठिन वा भीषण काम गर्ने व्यक्ति, कुनै पनि काममा नडराउने, नआत्तिने व्यक्ति, सुरो, आँटिलो वा बहादुर व्यक्ति।
84158 वीर ना. २. योद्धा।
84159 वीर ना. ३. भाले बँदेल।
84160 वीर ना. ४. वीर रस।
84161 वीर ना. ५. थारूजातिका स्त्रीहरूले कानमा लाउने चाँदीको गहना।
84162 वीर ना. वि. ६. बलवान्, साहसी, पराक्रमी पुरुषार्थी।
84163 वीरगति ना. युद्धक्षेत्रमा हिम्मतका साथ वा वीरतापूर्वक शत्रुसँग लड्दालड्दै मर्ने वीरहरूले प्राप्त गर्ने उत्तम गति।
84164 वीरगति ना. २. योगसाधनामा संलग्न समाधिस्य योगीहरूले मृत्युपछि प्राप्त गर्ने परमधाम।
84165 वीरगन्ज ना. नेपालको नारायणी अञ्चलअन्तर्गत पर्सा जिल्लामा रहेको एक प्रसिद्ध सहर तथा व्यापारिक क्षेत्र, पर्सा जिल्लाको सदर मुकाम।
84166 वीरगाथा ना. वीरका बहादुरीको वर्णन गरिएको काव्य, वीर वा वीरताको वर्णन, वीरस्तुति।
84167 वीरता ना. वीर हुनाको भाव, अवस्था वा विशेषता, वीरहरूले देखाउने बहादुरी वा पराक्रम।
84168 वीरता ना. २. वीरहरूले वीरता देखाएबापत मालपोत तिर्नु नपर्ने गरी सरकारबाट पाएको जग्गा, बिर्ता।
84169 वीरत्व ना. वीरता, सुर्‍याइँ।
84170 वीरपट रणक्षेत्रमा वीरतासाथ लड्ने नेपाली सेनालाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक।
84171 वीरप्रसू ना. वीरमाता।
84172 वीरभद्र ना. दक्षप्रजापतिका यज्ञमा सतीदेवीको देहत्यागपछि रिसाएका शिवजीको जटाबाट उत्पन्न भएका शिवका एक गण।
84173 वीरमाता ना. वीर छोरा जन्माउने स्त्री वीर पुत्रकी आमा, वीरप्रसू।
84174 वीररस ना. साहित्यमा बलवान् शत्रुलाई दबाउने वा कठिन कार्य गर्ने आदि वीरतापूर्वक काम गर्न लाग्दा मनमा आउने उत्साह र साहसबाट पैदा हुने एक रस, नवरसमध्ये एक।
84175 वीररस ना. (यो रस चार प्रकारको मानिएको छ- दानवीर, धर्मवीर, युद्धवीर र दयावीर )।
84176 वीरलोक ना. युद्धक्षेत्रमा हिम्मतका साथ शत्रुसँग लड्दालड्दै मर्ने वीरहरूले प्राप्त गर्ने लोक, वीरगति।
84177 वीरव्रत ना. वीर वा पराक्रमी व्यक्तिको निष्ठापूर्ण नियम वा काम,युद्ध।
84178 वीरशय्या ना. वीरहरूको अन्तिम अवस्थालाई सुहाउने शय्या,युद्धभूमि,रणभूमि।
84179 वीराभास ना. अवध्यको वधप्रति अनुचित साहस देखाएमा वा अरू कुनै नसुहाउँदो तरिकाले वीररसको वर्णन गरेमा हुने एक रसाभास।
84180 वीरासन ना. देब्रे गोडाको पैताला र दाहिने गोडाको घुँडाले टेकेर बसिने एक आसन।
84181 वीरेन्द्र ना. वीरहरूमा श्रेष्ठ, ठुलो वीर।
84182 वीरेन्द्र प्रज्ञालङ्कार ना. नेपालसम्बन्धी उल्लेखनीय योगदान दिने विशिष्ट विदेशी विद्वान्हरूलाई प्रज्ञाप्रतिष्ठानद्वारा प्रदान गर्ने गरिएको मानार्थ प्रज्ञालङ्कार।
84183 वीरेन्द्र वीरविक्रम शाहदेव ना. वि. सं. २०२८ देखि २०५८ जेठ १९ गतेसम्म नेपालमा शासन गर्ने शाहवंशीय दसौं राजा।
84184 वीरोस् ना. भारोपेली भाषा बोल्ने प्रागैतिहासिक मानव।
84185 वीर्य ना. खाएका पदार्थका रसबाट बन्ने, बल तथा कान्ति बढाउने र सन्तान उत्पन्न गराउने, पुरुषका शरीरभित्र बन्ने एक धातु शुक्र।
84186 वीर्य ना. २. पौरुष, पुंस्त्व।
84187 वीर्य ना. ३. वीरता, पराक्रम।
84188 वीर्य ना. ४. शरीरभित्रको सारतत्त्व।
84189 वीर्यकोष ना. शुक्रकीटमा परिणत हुन सक्ने अन्य कोषको अन्तिम रूप।
84190 वीर्ययैली ना. पुरुषका शरीरभित्र वीर्य रहने थैली, वीर्यग्रन्थि।
84191 वीर्यवान् वि. वीर्य वा तेज भएको, बलियो, शक्तिशाली।
84192 वीर्यशाली वि. शरीरमा शक्ति वा फुर्ती भएको, शक्तिशाली, पराक्रमी।
84193 वीर्यस्खलन ना. पुरुषका शरीरबाट वीर्यपतन हुने क्रिया, वीर्यक्षरण, वीर्यपतन।
84194 वीर्यहीन वि. शरीरमा वीर्य कम भएको।
84195 वीर्यहीन वि. २ शक्ति वा स्फूर्ति नभएको, शक्तिहीन, नामर्द।
84196 वृक्ष ना. रुख, बोट।
84197 वृक्ष ना. २. कुनै विषय वा कुराको मूल रूप आदि रूपलाई फेदर अवान्तर कुरालाई हाँगाबिंगा मानेर वृक्षका रूपमा देखाइएको चित्र (जस्तै- वंशवृक्ष)।
84198 वृक्षरेखा ना. पहाडको रुख उम्रन सक्ने उचाइसम्मको रेखा।
84199 वृक्षरोपण ना. वृक्षारोपण।
84200 वृक्ष बिडाल ना. धेरै मोटो र लामो पुच्छर हुने जङ्गली बिरालो, वनबिरालो।