Dictionary

All Word

84201 वृक्षाम्ल ना. भकिअमिलो।
84202 वृक्षायुर्वेद ना. वनस्पतिहरूमा हुने रोगहरूलाई हटाउने वा तिनका रोकथामका उपायको चर्चा भएको आयुर्वेदशास्त्र वृक्षसम्बन्धी वैद्यक ग्रन्थ,वैदाङ्ग।
84203 वृक्षारोपण ना. उजाडिँदै गएको पाखापखेरा र गाउँ, सहरनजिकका भागहरूलाई हरिलोभरिलो बनाउने र जलवायुका दृष्टिले स्वास्थ्यप्रद र अनुकूल बनाउन विभिन्न जातका वृक्ष लगाउने काम, भूक्षय रोक्न र दाउरा, घाँसपातको काम चलाउन विभिन्न किसिमका बोटबिरुवा लगाउने काम।
84204 वृज्जि ना. नेपालको पश्चिमी तराई, तिरहुत र मिथिलातिर बसोबास गरेका, एक समय गणतान्त्रिक व्यवस्था चलाउने एक प्राचीन जाति।
84205 वृत्त ना. केन्द्रबाट बराबर दुरीमा हुने गरी चारैतिर रेखाले घेरिएको क्षेत्र, गोल परिधि भएको क्षेत्र।
84206 वृत्त ना. २. गोलाकार क्षेत्रको परिधि, बाटुलो घेरो मण्डल।
84207 वृत्त ना. ३. वृत्तान्।
84208 वृत्त ना. ४. अक्षरहरूको सङ्ख्याका आधारमा बनेको छन्द वार्णिक र मात्रिक छन्द।
84209 वृत्त ना. वि. ५. परिधि भएको, गोलो, बाटुलो।
84210 वृत्त ना. ६. भएको, घटेको वा अस्तित्वमा आएको, घटि।
84211 वृत्तचित्र ना. इतिहास, विज्ञान, धर्म, संस्कृति आदि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित सामयिक लघु चलचित्र।
84212 वृत्तपत्र ना. प्रतिनिधिसभामा भएका दैनिक कामकुराको संक्षिप्त बेहोरा लेखिएको खाता वा बही।
84213 वृत्तमार्ग ना. गोलाकार बाटो, चक्रप।
84214 वृत्तमुण्ड वि. गोल मुण्ड भएको।
84215 वृत्ताकार ना. गोल परिधि भएको आकार, वृत्तको जस्तो आकार, बाटुलो घेरो।
84216 वृत्ताकार ना. वि. २. गोल आकार भएको, बाटुलो गोलो।
84217 वृत्तान्त ना. कुनै वस्तु वा विषयको विस्तृत विवरण, बयान, बेलिविस्तार।
84218 वृत्तान्त ना. २ हालखबर, समाचार।
84219 वृत्तान्त ना. ३. वर्णनात्मक कथा वा कहानी।
84220 वृत्तान्त ना. ४. इतिहास, पुर्ख्यौली।
84221 वृत्ति ना. जीवननिर्वाह गर्नका निम्ति गरिने काम, जीवन धान्न अँगालिने वा लिइने पेसा जागिर।
84222 वृत्ति ना. २. जीवनको भरणपोषणको साधन, जीविका।
84223 वृत्ति ना. ३. जीवननिर्वाहका निम्ति कसैलाई दिइने धन, भत्ता।
84224 वृत्ति ना. ४. जेहेन्दार, गरीब विद्यार्थीहरूलाई अध्ययनकालमा सहायतास्वरूप दिइने रकम।
84225 वृत्ति ना. ५. कुनै काम गरेबापत पाइने धन, पारिश्रमिक, ज्याला मजदुरी।
84226 वृत्ति ना. ६. चालचलन, आचरण।
84227 वृत्ति ना. ७. कुनै पद, वाक्य वा ग्रन्थको अर्थ स्पष्ट हुने गरी गरिएको व्याख्या, टीका।
84228 वृत्ति ना. ८. व्याकरण, दर्शन आदि सूत्ररूपमा रहेका अर्थगर्भित छोटो वाक्यको अर्थ खुलस्त पार्ने वाक्य।
84229 वृत्ति ना. ५. सोझै र घुमाउरो किसिमले अर्थ बुझाउने शब्दको शक्ति (अमिधा, लक्षणा र व्यञ्जना)।
84230 वृत्ति ना. १०. रससुहाउँदो रूपमा वर्णको योजना तथा अर्थको गुम्फन गरेर काव्यको रचना गरिने शैली (कैशिकी, भारती, सात्वती र आरभटी)।
84231 वृत्ति ना. ११. परुषा, कोमला र उपनागरिका यी तीन वर्णगत वृत्ति।
84232 वृत्तकर ना. जीविकाका लागि अँगालिएको पेसामा लाग्ने कर।
84233 वृत्तदाता वि. जीविकाका निम्ति सरसुविधा र साधनको प्रबन्ध मिलाइदिने (व्यक्ति)।
84234 वृत्यनुप्रास ना. साहित्यिक रचनामा अनेक व्यञ्जनको भिन्न क्रमले एकपल्ट र उही क्रमले एक वा अनेकपल्ट स्वरूपसाम्य हुने शब्दालङ्कार, अनुप्रासको एक भेद।
84235 वृत्रासुर ना. इन्द्रलाई मार्न भनी जन्माइएको तर मन्त्रोच्चरण गर्दा स्वराघातको गडबडीले विपरीतार्थ हुन गई इन्द्रद्वारा मारिएको पुराणप्रसिद्ध एक असुर।
84236 वृथा अव्य. व्यर्थ, सित्तैं।
84237 वृथाभिमान ना. आफ्नो बर्कत, बुताभन्दा बाहिरको कुरा गर्न सक्छु भन्ने धाक, नचाहिंदो फाइँफुट्टी, व्यर्थको घमन्ड।
84238 वृथाभिमानी वि. व्यर्थको अभिमान गर्ने, वृथाभिमान गर्ने।
84239 वृद्ध वि. धेरै उमेर भएको, बुढो।
84240 वृद्ध वि. २. विद्या, अनुभव आदिले परिपक्व।
84241 वृद्ध वि. ३. धेरै पहिलेको, पुरानो।
84242 वृद्ध वि. ४. वृद्धि भएको, बढेको।
84243 वृद्ध वि. ५. जम्मा भएको, थुप्रिएको ना. ६. उमेरले बुढो भएको मानिस।
84244 वृद्ध वि. ७. विद्या, अनुभव आदिले परिपक्व भएको मानिस, बुढोपाको व्यक्ति।
84245 वृद्ध वि. ८. छरछिमेकको प्रतिष्ठित पाको पुरुष, मान्यजन।
84246 वृद्धकाल ना. बुढेसकाल, बुढ्यौली अवस्था।
84247 वृद्धता/त्व ना. वृद्ध हुनाको भाव वा अवस्था, बुढ्याई।
84248 वृद्धभाव ना. वृद्धता, बुढ्यौली।
84249 वृद्धि ना. बढ्ने काम, बढती।
84250 वृद्धि ना. २. बढोत्तरी, उन्नति।