Dictionary

All Word

84301 वृष्टिमान ना. झरीवर्षाको नापो गर्ने यन्त्र, वर्षामापक यन्त्र।
84302 वृहत् वि. ज्यादै ठुलो बडेमाको बृहत् विशाल।
84303 वृहती ना. बृहती।
84304 वेग ना. कुनै वस्तुको ज्यादै छिटो चाल, शीघ्र गति।
84305 वेग ना. २. नदी आदिको बग्ने क्रिया, प्रवाह।
84306 वेग ना. ३. जोर, झोक्का।
84307 वेग ना. ४. आवेग।
84308 वेगवान् वि. ठुलो वेग भएको, शीघ्र गति भएको, ज्यादै छिटो उड्ने वा हिँड्ने।
84309 वेगिनी ना. नदी।
84310 वेगी वि. वेग भएको, वेगवान्।
84311 वेगी वि. २. काममा लागिरहने।
84312 वेगी वि. ना. ३. हुलाकी, हल्कारो ,बाज चरो।
84313 वेडा ना. काठ, बाँस आदि मिलाई तार, डोरी आदिले जोल्ठयाई नदी पार गर्नका लागि बनाएको साधन, डुङ्गा, नाउ।
84314 वेणि ना. वेणी।
84315 वेणिबन्ध ना. बाटेको कपाल, चुल्ठो।
84316 वेणी ना. बाटेको कपाल, चुल्ठो।
84317 वेणी ना. २. नदीहरूको सङ्गम दोभान (जस्तो- पञ्चवेणी, त्रिवेणी आदि)।
84318 वेणु ना. बाँस।
84319 वेणु ना. २. बाँसुरी, मुरली।
84320 वेणुकार ना. बाँसुरी बजाउने व्यक्ति।
84321 वेणुनाद ना. बाँसुरीको ध्वनि।
84322 वेत ना. लट्ठी, चोया आदिको काम लिइने, मेच, कुर्सी आदि बुनिने चाम्रो र बलियो एक जातको जङ्गली लहरो।
84323 वेतन ना. तलब, तनखा महिनावारी।
84324 वेतन ना. २. जीवन- निर्वाहको साधन वृत्ति।
84325 वेतनक्रम ना. कर्मचारीले काम गरेबापत पाउने तलबको क्रम।
84326 वेतनजीवी वि. सरकारी वा गैरसरकारी कार्यालयको कर्मचारीका रूपमा काम गरेबापत पाइने तलबले जीविका चलाउने, कृषि व्यापार, उद्योग आदि स्वतन्त्र पेसा नलिई नोकरीबाट पाइने तलबका भरमा जीवनयापन गर्ने, जागिरदार, जागिरे।
84327 वेतनभोगी ना. वेतन वा तलब लिएर काम गर्ने व्यक्ति, तलब लिने वा खाने मानिस।
84328 वेतनमान ना. कर्मचारीलाई दिइने वेतनको परिमाण, तलबक्रम।
84329 वेताल ना. शिवको गणको आत्मा प्रवेश गरेको मुर्दा, एक भूतयोनि।
84330 वेताल ना. २. शिवको एक गण।
84331 वेताल ना. ३. द्वारपाल।
84332 वेताल ना. ४. रथको अगिल्तिर र कतैकतै पछिल्तिर पनि रहने, टुप्पो माथितिर फर्केको, लामो धुरोजस्तो मोटो काठ।
84333 वेत्ता वि. राम्ररी जान्ने, ज्ञाता, जानिफकार।
84334 वेत्ता वि. ना. २. कुनै नामवाचक शब्दको पछिल्तिर रहेर ज्ञाता वा जान्ने अर्थ बुझाई विशेषण बनाउने शब्द (जस्तै तत्त्ववेत्ता, शास्त्रवेत्ता इ.)।
84335 वेत्र ना. वेतको लट्ठी।
84336 वेत्र ना. २. पुरानो समयमा द्वारपालले लिने लट्ठी।
84337 वेद ना. आर्यहरूका धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिका मूल स्रोत मानिएका, सर्वप्राचीन र सर्वाधिक मान्य आर्य ग्रन्थ, श्रुति आम्नाय छन्दस् (ऋक्, यजु, साम र अथर्व - यी चार वेद प्रसिद्ध छन्)।
84338 वेद ना. २. ज्ञान।
84339 वेद ना. ३. ईश्वर।
84340 वेद ना. ४. अङ्गुलको चार गुना बराबरको नाप, चार अमल बराबरको नाप चार अङ्गुल।
84341 वेदज्ञ वि. वेद जान्ने, वेदको ज्ञाता।
84342 वेदत्रय/त्री ना. ऋक्, यजु र साम- यी तीन वेदको समुच्चय।
84343 वेदना ना. चोटपटक लाग्दा वा कुनै दुःखदायी घटना घट्दा हुने शारीरिक वा मानसिक कष्ट।
84344 वेदना ना. २. पीडा, दुख आदिको तीव्र अनुभूति।
84345 वेदना ना. ३. चेतना, ज्ञान।
84346 वेदना ना. ४. विवाह।
84347 वेदना ना. ५ बौद्ध दर्शनअन्तर्गत स्कन्धपञ्चक।
84348 वेदनीय वि. वेदना हुने, पीडा दिने, दुःखदायी २. जान्नुपर्ने, ज्ञातव्य।
84349 वेदवाक्य ना. वेदका ऋचा वा वाक्य।
84350 वेदवाक्य ना. २. वेदले बताएको कुरो ,वेदोक्त वचन।