Dictionary

All Word

84351 वेदवाक्य ना. ३. प्रामाणिकताका निम्ति छानबिन गरिरहनु नपर्ने वचन, अकाट्य वाक्य।
84352 वेदविहित वि. वेदले भनेको वा बताएको, वेदोक्।
84353 वेदव्यास ना. वेदलाई चार भागमा बाँडी वर्तमान रूपमा सङ्कलन गर्ने तथा महापुराणका रचयिता एक ऋषि पराशरतर्फबाट जन्मेको सत्यवती पुत्र व्यास।
84354 वेदाङ्ग ना. शरीरका अङ्ग जस्तै गरी मानिएका वेदका छ अङ्ग (पाद - छन्दशास्त्र, हात- कल्प, आँखा ज्योतिष, कान निरुक्त, नाक - शिक्षाशास्त्र र मुख-व्याकरण)।
84355 वेदाध्ययन ना. वेद पढ्ने काम।
84356 वेदाध्ययन ना. २. ब्राह्मणका षोडश संस्कारमध्ये एक।
84357 वेदाध्यायी वि. वेदको अध्ययन गर्ने वेदपाठी।
84358 वेदाध्यायी वि. वेदको अध्ययन।
84359 वेदान्त ना. वेदमा वर्णित लौकिक तथा पारलौकिक सिद्धान्तहरूको विवेचना र प्रतिपादन गर्ने सिद्धान्।
84360 वेदान्त ना. २. आत्मा, परमात्मा र जगत्सम्बन्धी वैदिक मान्यताको प्रतिपादन गर्ने उपनिषद् र आरण्यक आदि वेदको अन्तिम भाग; वेदको निचोड, ब्रह्मविद्या।
84361 वेदान्त ना. ३. षड्दर्शनमध्ये अद्वैतवादको प्रतिपादन गरिएको एक दर्शन।
84362 वेदान्ती वि. वेदान्तमा प्रतिपादित विचारको अनुसरण गर्ने, वेदान्तदर्शनको अनुयायी, ब्रह्मवादी।
84363 वेदान्ती वि. ३. वेदान्त जान्ने।
84364 वेदान्ती वि. ना. ३. वेदान्तशास्त्रको विद्वान्।
84365 वेदी ना. वेदी।
84366 वेदिका ना. सानो वेदी।
84367 वेदी ना. धार्मिक कृत्यका निम्ति पवित्र माटोद्वारा अग्लो र सम्म पारी विभिन्न आकारमा बनाइएको भूमि, चौकी।
84368 वेदी ना. २. चौतारो।
84369 वेदी ना. वि. ३. जान्ने ज्ञाता।
84370 वेदी ना. ना ४ विद्वान् पण्डि।
84371 वेदी ना. ५. आचार्य, शिक्षक।
84372 वेदोक्त वि. वेदले बताएको, वेदमा लेखिएको, वेदमा प्रतिपादित, वेदविहि।
84373 वेद्य वि. थाहा पाउनुपर्ने, जान्नुपर्ने, जान्न योग्य, ज्ञातव्य।
84374 वेद्य वि. २. प्राप्त गर्न योग्य।
84375 वेध ना. कुनै वस्तुको पछिल्तिर छिचोल्ने वा वारपार छुने गरी प्वाल पार्ने क्रिया, छेडाइ।
84376 वेध ना. २. दूरवीक्षणयन्त्रद्वारा टाढाटाढाका ग्रह, नक्षत्र हेर्ने काम।
84377 वेध ना. ३. तारो आदिलाई निसाना बनाई हान्ने काम तारोहनाइ।
84378 वेध ना. ४. ग्रहको स्थान निश्चित गर्ने काम।
84379 वेध ना. ५. कुनै ग्रह अर्को ग्रहको सामुन्ने हुन पुग्ने क्रिया।
84380 वेध ना. ६. छिद्र।
84381 वेधक वि. कुनै वस्तुमा वारपार छिचोल्ने गरी प्वाल पार्ने।
84382 वेधक वि. २. तारो आदिलाई निसाना बनाई हान्ने।
84383 वेधक वि. ३. कुनै ग्रह अर्को ग्रहको सामु भएको वेला अर्को ग्रहको तेज हरण गर्ने।
84384 वेधन ना. छेड्ने वा प्वाल पार्ने काम।
84385 वेधन ना. २. तारो हान्ने काम।
84386 वेधनी ना. रत्न आदिमा पछिल्तिर छिचोल्ने गरी प्वाल पार्ने साधन।
84387 वेधनीय वि. वेध गर्न योग्य छेड्न वा खोप्न लायक।
84388 वेधशाला ना. ग्रह, नक्षत्र आदि हेर्ने यन्त्रहरू राखिएको भवन वा ठाउँ, वेधसम्बन्धी उपकरण राखिएको ठाउँ, वेधालय।
84389 वेधा ना. ब्रह्मा।
84390 वेधा ना. २. प्रजापति।
84391 वेधालय ना. वेधशाला।
84392 वेधी वि. वेध गर्ने, छेड्ने, वेधक।
84393 वेधी वि. ना. २. कुनै नामवाचक शब्दको पछिल्तिर रही भेद गर्ने वा प्वाल पार्ने भन्ने अर्थ बुझाउने शब्द (जस्तै- शब्दवेधी, लक्ष्यवेधी आदि)।
84394 वेधे ना. एक मिटर अग्लो, तलतिर डल्ला भावका र दाँती परेका किनारा तर मास्तिर दाँती नपरेका किनारा भएका साधारण हरिया पात हुने, घोगाका रूपमा गुलाफी टीकाटीका परेका फूल फुल्ने एक जातको बुटी।
84395 वेधे ना. (यसको तरकारी पकाएर पनि खाइन्छ र आयुर्वेदमा यसलाई कृमिनाशक भनिएको छ।
84396 वेध्य वि. प्वाल पार्न लायक, वेधन गर्न योग्य।
84397 वेबसाइट इन्टरनेटमा जडान हुनका लागि प्रयोग गरिने माध्यम।
84398 वेला ना. समय, काल,बख।
84399 वेला ना. २. संयोग, सन्जोग मौका, अवसर।
84400 वेला ना. ३. समयको मान, घडी, पला आदि।