Dictionary

All Word

84401 वेश ना. कुनै देशका बासिन्दा, जाति, वर्ग र पेसाका मानिसको परिचायक पहिरन, पोसाक, वेष।
84402 वेश ना. २. वेश्याहरू बस्ने ठाउँ।
84403 वेशधारी वि. अरूद्वारा आफू नचिनिने बन्न वा अर्काको नक्कल गर्न नक्कली वेश धारण गर्ने, अर्काको भेष धारण गर्ने।
84404 वेशधारी वि. २. कुनै धार्मिक सम्प्रदायको अनुयायी भई त्यसै अनुसारको वेश धारण गर्ने।
84405 वेशभूषा शरीरमा पहिरिएको वस्तु, आभूषण आदि लवाइ तथा शारीरिक शृङ्गार।
84406 वेशभूषा २. लुगाफाटो आदि लगाउने तरिका पहिरन।
84407 वेशभूषा ३. लुगा, गहना आदि।
84408 वेशवनिता ना. वेश्या।
84409 वेश्या ना. पैसाका लागि अरूका अगाडि नाचगान गर्ने, हाउभाउ, कटाक्ष आदिद्वारा परपुरुषलाई व्यभिचारको निमन्त्रण दिने र मैथुनसमेत गराउने स्त्री रन्डी।
84410 वेश्यागमन ना. वेश्या स्त्रीसँग यौन सम्बन्ध राख्ने काम, वेश्यास्त्रीसँगको सहवास।
84411 वेश्यागामी वि. वेश्या स्त्रीसँग सहवास गर्ने रन्डीबाज।
84412 वेश्यालय ना. वेश्याहरू बस्ने ठाउँ, रन्डीकोठी।
84413 वेश्यावृत्ति ना. पैसाका लागि परपुरुषसँग यौन सम्पर्क राख्ने पेसा, परपुरुषसँग सहवास गरेर पैसा कमाउने वृत्ति।
84414 वेष ना. हे. वेश।
84415 वेष्टन ना. धागो, डोरी, लुगा आदि बेर्ने काम लपेट्ने प्रक्रिया।
84416 वेष्टन ना. २. सर्प आदि कुनै वस्तुमा वा शरीरमा बेरिने क्रिया।
84417 वेष्टन ना. ३. लपेट्ने वा बेर्ने कुरो (धागो, डोरी, पगरी, फेटा, पटुका, पेटी आदि)।
84418 वेष्टित वि. लपेटिएको, बेरिएको।
84419 वेसन ना. चना, भटमास आदिको पिठो, पहेँलो दाल हुने जातिका अन्नको पिठो।
84420 वेसवार ना. धनियाँ, जिरा आदि मिलाएर पिँधिएको सुगन्धी मसला, मसलाको धुलो।
84421 वेस्टकोट ना. इस्टकोट, इस्कोट।
84422 वैकल्पिक वि. पहिले छानिएको व्यक्ति, वस्तु आदि नपाइएमा सो ठाउँमा प्रयोग गरिने वा प्रयोग गर्न सकिने समकक्ष स्तरको अर्को ( उमेदवार वा सदस्य, व्यक्ति, वस्तु आदि),विकल्पमा आउने, इच्छाधीन, ऐच्छिक, रोजी।
84423 वैकल्पिक वि. २. सन्दिग्ध, सन्देहयुक्।
84424 वैकल्य ना. पूरै अङ्ग नहुनाको भाव अङ्गहीनता, विकलता।
84425 वैकल्य ना. २. सबै कलाले पूर्ण नहुनाको भाव, कुनै कुराको कमी, अपूर्णता, न्यूनता।
84426 वैकल्या ना. विवाह गर्ने वाग्दान भइसकेपछि वर मर्नाले वा अन्य कुनै कारणले विवाह हुन नपाएकी स्त्री।
84427 वैकल्या ना. वि. २. अङ्गभङ्ग भएकी विकलाङ्ग (स्त्री)।
84428 वैकारिक वि. विकृत वस्तुबाट बनेको, विकार पैदा भएको।
84429 वैकारिक वि. २. विकारसम्बन्धी ,विकारको।
84430 वैकालिक वि. निश्चित वा निर्धारित समयमा नभएको, हुनुपर्ने समयभन्दा पहिले वा पछि भएको समय नमिलेको (ध्वनि)।
84431 वैकालिक वि. २. असमयमा भएको, असमयको, बेमौसमको।
84432 वैकालिक वि. ३. साँझपखको।
84433 वैकुण्ठ ना. कुनै किसिमको भय, संशय, चिन्ता वा कुण्ठा नभएको ठाउँ, अकाल, अभाव र अपूर्णता नभएको ठाउँ।
84434 वैकुण्ठ ना. २. विष्णुलोक।
84435 वैकुण्ठ चतुर्दशी ना. कार्तिक शुक्ल चतुर्दशी।
84436 वैकुण्ठलोक ना. वैकुण्ठ, विष्णुलोक।
84437 वैकुन्ठे ना. सेतो र कालो दुई सर्प लेखेको थर्कीमा चार कौडा वा एक पासाले हानेर खेलिने एक खेल।
84438 वैक्रम वि. विक्रमादित्यबाट सुरु भएको, विक्रमादित्यको,विक्रमादित्यसम्बन्धी, विक्रमीय।
84439 वैक्रम वि. २ पराक्रमसम्बन्धी।
84440 वैक्रमीय वि. विक्रमसम्बन्धी।
84441 वैखरी ना. कुण्डलिनी चक्रमायि विन्दुरूपले रहेको अव्यक्त, ईश्वरीय चित्शक्तिले पश्यन्ती र मध्यमा अवस्था पार गरी व्यक्त रूप लिएको वाणी वाणीको व्यक्त रूप।
84442 वैखानस ना. वानप्रस्थाश्रममा रहेको व्यक्ति, वानप्रस्थी।
84443 वैखानस ना. २. कर्मिष्ठ, वनवासी ब्राह्मण, तपस्वी।
84444 वैखानस ना. ३. कृष्णयजुर्वेदका चार शाखामध्ये योगीहरूका धर्म, आचार आदि कुरा विवेचन गरिएको एक शाखा।
84445 वैखानस ना. वि. ४. वानप्रस्थाश्रमसम्बन्धी।
84446 वैगुण्य ना. गुण नहुनाको भाव विगुणता।
84447 वैगुण्य ना. २. अवगुण।
84448 वैचारिक वि. विचारसम्बन्धी, विचारको।
84449 वैचित्र्य ना. विचित्र हुनाको भाव वा स्थिति, विचित्रता।
84450 वैजयन्त ना. इन्द्रको दरबार, स्वर्गीय प्रासाद।