Dictionary

All Word

84451 वैजयन्त ना. २. इन्द्रको झन्डा।
84452 वैजयन्तिक ना. झन्डा लिएर अगि लाग्ने व्यक्ति, झन्डा लिने मानिस।
84453 वैजयन्तिका ना. झन्डा, ध्वजा।
84454 वैजयन्तिका ना. २. जयन्तीको बोट।
84455 वैजयन्तिका ना. ३. वज्रदन्ती वृक्ष।
84456 वैजयन्तिका ना. ४. मोतीको हार, माला।
84457 वैजयन्तिका ना. ५. अरणी।
84458 वैजयन्ती ना. झन्डा, ध्वजा, पताका।
84459 वैजयन्ती ना. २. तुलसी, कुन्द, मन्दार, पारिजात र कमल - यी पाँच थरी फूल मिलाई बनाइएको घुँडासम्म आउने माला।
84460 वैजात्य ना. विजात हुनाको भाव, भिन्न जातीयता, विजातीयता।
84461 वैजात्य ना. २. बेमेलपन।
84462 वैज्ञानिक वि. विज्ञानले आविष्कार गरेको, विज्ञानका सहायताले तयार भएको।
84463 वैज्ञानिक वि. २. विज्ञान जान्ने, विज्ञानवेत्ता।
84464 वैज्ञानिक वि. ना. ३. विज्ञानसम्बन्धी अध्ययन वा काम गर्ने व्यक्ति।
84465 वैज्ञानिकता ना. वैज्ञानिक हुनाको भाव वा अवस्था, विज्ञानसित सम्बन्ध रहेको वा भएको स्थिति, विज्ञानसितको सम्बद्धता।
84466 वैज्ञानिकी वि. वैज्ञानिकसम्बन्धी।
84467 वैज्ञानिकीकरण ना. आधुनिक रूपले विज्ञानसुहाउँदो गरी कुनै विधिविधान, व्यवस्था आदिलाई उपयोगी बनाउने काम।
84468 वैतनिक वि. सरकारी वा गैरसरकारी सङ्घसंस्था, कार्यालय आदिमा काम गरेबापत तलब पाउने।
84469 वैतनिक वि. ना. २. ज्यालामा काम गर्ने मान्छे, ज्यामी।
84470 वैतनिकता ना. वैतनिक हुनाको भाव वा स्थिति।
84471 वैतरणी ना. मृत्युपछि यमलोक जाँदा बाटामा पर्ने, पीप, रगत, मासु आदिले निर्मित मानिएको पुराणप्रसिद्ध एक काल्पनिक नदी।
84472 वैतरणी ना. २. मर्ने बेलामा वैतरणी नदी तर्न सुगम होस् भन्ने उद्देश्यले गाईदान गर्ने काम।
84473 वैतरणी ना. ३. भारतको उडिसा प्रान्तमा बग्ने एक नदी।
84474 वैतालिक ना. प्राचीन समयमा स्तुतिगीत आदि पाठ गरेर राजामहाराजाहरूलाई बिउँझाउने व्यक्ति, बन्दी।
84475 वैतालिक ना. २. वेतालको साधना गर्ने व्यक्ति, वेतालको उपासक।
84476 वैदर्भी ना. साहित्यमा माधुर्यव्यञ्जक वर्ण, सानुनासिक शब्द र छोटा समास भएका वाक्यहरूको प्रयोग हुने, करुण, शृङ्गार र हास्यरसको अभिव्यक्तिमा सहायक एउटा रीति।
84477 वैदर्भी ना. २. विदर्भराज भीमकी कन्या दमयन्ती।
84478 वैदर्भी ना. ३. रुक्मिणी।
84479 वैदाङ्ग ना. वैद्यशास्त्र।
84480 वैदाङ्गी वि. वैदाङ्गसम्बन्धी।
84481 वैदाङ्गी वि. वैद्यशास्त्रको अनुभवी।
84482 वैदिक वि. वेदसम्बन्धी, वेदको वेदमा भएको, वेदमा भनिएको या बताइएको।
84483 वैदिक वि. ना. २. वेद पढेको र त्यसैबाट आफ्नो निर्वाह गर्ने व्यक्ति।
84484 वैदिक धर्म ना. वेदका युगमा आर्यहरूमा प्रचलित धर्म (प्रकृति - उपासना, पितृपूजन, यज्ञकर्म, तपस्या आदि)।
84485 वैदिक युग ना. वेदको रचना भएको र वेदधर्म प्रचलित भएको समय।
84486 वैदिक संस्कृत ना. वैदिक कालमा आर्यहरूको रचनामा पाइने तर अहिलेका संस्कृतमा नचलेका संस्कृत शब्द वेदमा प्रयुक्त संस्कृत भाषा।
84487 वैदिकी वि. वैदिकको स्त्रीलिङ्गी विशेषण।
84488 वैदुष्य ना. विद्वान्मा हुने गुण, विद्वता, पाण्डित्य।
84489 वैदूर्य ना. भित्रपट्टि रातो, पहेँलो, हरियोको केही भाव हुने बहुमूल्य मणि, लसुने।
84490 वैदेशिक वि. अर्को देशको, विदेशको, विदेशसम्बन्धी, विदेशी।
84491 वैदेशिक वि. ना. २. विदेशमा बस्ने मानिस, परदेशी मानिस, विदेशी मानिस।
84492 वैदिक नीति ना. विदेशसम्बन्धी नीति, परराष्ट्रनीति।
84493 वैदिक हुलाक ना. विदेशमा मालसामान, चिठीपत्र आदि पठाइने हुलाक, विदेशसँग चिठीपत्र आदि आदानप्रदान गर्ने हुलाक।
84494 वैदेह ना. विदेह देशका राजा।
84495 वैदेह ना. २. जनक।
84496 वैदेही ना. विदेहकी कन्या ,जनकनन्दिनी सीता।
84497 वैदेही ना. वि. २. मिथिला प्रदेशकी (स्त्री)।
84498 वैद्य ना. आयुर्वेदीय विधिअनुसार रोगको निदान गर्ने वा रोगीको औषधी उपचार गर्ने व्यक्ति, आयुर्वेदीय चिकित्साविधिको ज्ञाता, कविराज।
84499 वैद्यक वि. आयुवेर् दीय चिकित्सासम्बन्धी।
84500 वैद्यक वि. २. वैद्यसम्बन्धी।