Dictionary

All Word

84501 वैद्यक वि. ना. ३. आयुर्वेद।
84502 वैद्यकी ना. वैद्यको काम वा पेसा, वैद्यगिरी।
84503 वैद्यखाना ना. आयुर्वेदीय विधिअनुसार औषधी बनाउने वा उपचार गर्ने ठाउँ, आयुर्वेदीय चिकित्सालय।
84504 वैद्यगिरी ना. वैद्यले लिएको पेसा, वैद्यले गर्ने काम, वैदाङ्गी।
84505 वैद्यगी ना. वैद्यगिरी।
84506 वैद्यनाथ ना. विहारको सन्थाल इलाकामा रहेका, रावणका आराध्य र दश ज्योतिर्लिङ्गमध्ये एक मानिएका शिव।
84507 वैद्यनाथ ना. २. धन्वन्तरि।
84508 वैद्यराज ना. आयुर्वेदीय पण्डित वा विद्वान्, आयुर्वेदीय पद्धतिअनुसार औषधी उपचार गर्न सिपालु वैद्य, वैद्यहरूका अग्रणी, श्रेष्ठ वैद्य।
84509 वैद्यराज ना. २. धन्वन्तरि।
84510 वैद्यविद्या / शास्त्र ना. वैद्य बन्नका लागि पढ्नुपर्ने शास्त्र, वैद्यविद्यासम्बन्धी शास्त्र, आयुर्वेदीय शास्त्र, वैदाङ्ग।
84511 वैध वि. नियमकानुनअनुसार बनेको वा भएको, विधिपूर्वकको,विधानअनुसारको नियमकानुनसँग नबाझ्ने।
84512 वैधर्मिक वि. आफ्नोभन्दा भिन्न धर्मको, पराई धर्मको, विधर्मको।
84513 वैधर्मिक वि. २. धार्मिक दृष्टिले नमिल्दो, धर्मसङ्गत नभएको।
84514 वैधर्मिक वि. ३. नास्तिक।
84515 वैधर्म्य ना. विधर्म हुनाको भाव, मिन्नधर्मिता, विधर्मिता।
84516 वैधर्म्य ना. २. असमानता।
84517 वैधर्म्य ना. ३. नास्तिकता।
84518 वैधवेय ना. विधवा स्त्रीले पुनर्विवाह गरी पाएको सन्तान,पुनर्भूपुत्र।
84519 वैधव्य ना. विधवा हुनाको भाव वा अवस्था, विधवापन।
84520 वैधानिक वि. नियमकानुन अनुसारको, विधानअनुसारको,नियमपूर्वकको कानुनी।
84521 वैधानिकता ना. वैधानिक हुनाको भाव, गुण वा अवस्था, विधानअनुरूपता, वैधता।
84522 वैधानिक दाबी ना. कुनै वस्तु, सम्पत्ति आदिका लागि कसैका तर्फबाट कानुनमुताबिक गरिएको दाबी।
84523 वैधानिक राजतन्त्र ना. संविधानअनुसार राजाको अधिकार निर्धारित र व्यवस्थित गरी तदनुसार चलाइने प्रजातान्त्रिक शासनपद्धति।
84524 वैधीकरण ना. कुनै कुरालाई विधि वा नियमअनुकूल बनाउने काम, वैधानिक वा वैध बनाउने काम।
84525 वैधीकृत वि. नियमअनुकूल हुने गरी कुनै कुराको सुधार गरिएको, नियमअनुकूल बनाइएको, विधिअनुसार पारिएको।
84526 वैधुर्य ना. विधुर हुनाको भाव, स्वास्नी मरेको अवस्था, राँडोपन।
84527 वैधुर्य ना. २. पत्नी वा अन्य प्रियजनबाट वियुक्त भएको अवस्था।
84528 वैनतेय ना. विनता नामकी आमाबाट जन्मेको एउटा ठुलो जातको पन्छी, विष्णुको वाहन, गरुड।
84529 वैनतेय ना. २. अरुण।
84530 वैपरीत्य ना. विपरीत हुनाको भाव वा क्रिया, एक थोक हुनुपर्नेमा अर्को थोक हुने काम।
84531 वैभव ना. धनसम्पत्ति, भौतिक सुखसुविधाका साधन,ऐश्वर्य।
84532 वैभव ना. २. शक्ति, सामर्थ्य।
84533 वैभवशाली वि. भौतिक सुखसुविधाका साधनले पूर्ण, सम्पत्तिशाली।
84534 वैभाषिक वि. विभाषामा हुने वा आउने, विभाषासम्बन्धी।
84535 वैभाषिक वि. २. विकल्पसम्बन्धी, वैकल्पिक।
84536 वैभाषिक वि. ३. विभाषानामक बौद्ध सम्प्रदायसँग सम्बन्ध राख्ने वा त्यसको अनुयायी।
84537 वैमनस्य ना. मनोमालिन्य, शत्रुता, दुस्मनी, वैर।
84538 वैमनस्य ना. २. अन्यमनस्कता।
84539 वैमनस्य ना. ३. खिन्नता,उदासी।
84540 वैयक्तिक वि. व्यक्तिसँग मात्र सीमित वा सम्बन्धित,व्यक्तिग।
84541 वैयक्तिक बन्ध ना. व्यक्तिद्वारा लेखिएका कुरा पूरा गर्न बाध्य हुने र पूरा नगरेका खण्डमा निर्धारित धन दण्डस्वरूप दिनलाई स्वतः जिम्मेवार हुने गरी लेखिएको प्रतिज्ञापत्र।
84542 वैयक्तिक स्वतन्त्रता ना. व्यक्तिलाई प्राप्त स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता।
84543 वैयाकरण वि. व्याकरणको राम्रो ज्ञान भएको, व्याकरणको आधिकारिक ज्ञाता,व्याकरणकार।
84544 वैरनु स.क्रि. ओइरनु।
84545 वैर ना. शत्रुता, दुस्मनी।
84546 वैरभाव ना. शत्रुतापूर्ण सम्बन्ध, शत्रुता।
84547 वैराइ ना. वैरने क्रिया वा भाव।
84548 वैराइनु क.क्रि. ओइराइनु।
84549 वैराउनु प्रे. क्रि. ओइराउनु।
84550 वैराग ना. वैराग्य।