Dictionary

All Word

84551 वैरागी वि. मनमा विराग वा वैराग उत्पन्न भएको सांसारिक मायामोह र विषयवासनादेखि दूर रहेको, विषयवासनाप्रति आसक्ति नभएको विरक्।
84552 वैराग्य ना. मनमा कसैका प्रति रागभाव पैदा नहुने अवस्था।
84553 वैराग्य ना. २. सांसारिक मायामोह र विषयवासनालाई तुच्छ ठान्ने र ती सबै कुरा छोडेर एकान्तमा बस्ने तथा ईश्वरको भजन गर्ने वृत्ति।
84554 वैराग्य ना. ३. विरक्ति, दिग्दार।
84555 वैराज्य ना. कुनै राष्ट्रको दुई थरी प्रभुसत्ताद्वारा सँभालिइरहेको शासनप्रणाली।
84556 वैराज्य ना. २. त्यस प्रकारको शासनप्रणाली प्रचलित भएको देश।
84557 वैरान ना. ओइरान।
84558 वैरान ना. २. आवादी नभई रहेको, पैह्रो लागेको वा भिरालो जग्गा, ओइरान।
84559 वैरिनु स.क्रि. हे. ओइरिनु।
84560 वैरी ना. आफूसँग वैरभाव राख्ने व्यक्ति, आफ्नो कुभलो चिताउने व्यक्ति, शत्रु।
84561 वैरी ना. वि. २. वैरभाव राख्ने, कुभलो चिताउने, विरोधी (व्यक्ति)।
84562 वैरो ना. ओइरो।
84563 वैरोचन ना. बौद्ध धर्ममा पञ्च ध्यानी बुद्धमध्ये एकका लागि प्रयुक्त हुने शब्द ,वज्रधात्वीश्वरीका पति, समन्तभद्रका पिता।
84564 वैरोचन ना. २. चैत्यका बिचमा राखिएको देवता।
84565 वैरोचन ना. ३. राजा बलि।
84566 वैरोपैरो ना. ओइरोपहिरो।
84567 वैऱ्याइ ना. वैरिने भाव, क्रिया वा प्रक्रिया, ओइऱ्याइ।
84568 वैलक्षण्य ना. हे. विलक्षणता।
84569 वैलनु अ.क्रि. ओइलनु।
84570 वैला ना. एक जातको असल घोडा।
84571 वैलाइ ना. ओइलाउने क्रिया वा भाव।
84572 वैलाइनु अ.क्रि. ओइलाइनु।
84573 वैलाउनु अ.क्रि. हे. ओइलाउनु।
84574 वैवस्वत ना. मनुष्यका मूल पुरुष मानिएका चौध मनुमध्ये सातौँ मनु, वर्तमान मनु।
84575 वैवस्वत ना. २. यमराज।
84576 वैवस्वत ना. ३. शनि।
84577 वैवाहिक वि. विवाहसम्बन्धी, विवाहको।
84578 वैवाहिक अधिकार ना. विवाहसम्बन्धी अधिकार।
84579 वैवाहिक अधिकार ना. २. विवाहसम्बन्धबाट प्राप्त हुने अधिकार।
84580 वैवाहिक सम्बन्ध ना. विवाहको सम्बन्धसँग जोरिएको नातो, साइनो वा तत्सम्बन्धी सूत्र, गाँठो।
84581 वैशाख ना. सौरमानअनुसार वर्षको प्रथम महिना, चैत्र र ज्येष्ठ महिनाको बिचको महिना, सूर्य मेष राशिमा छँदा पर्ने महिना।
84582 वैशाखी ना. विशाखा नक्षत्रमा पर्ने पूर्णिमा, विशाखा नक्षत्रयुक्त पूर्णिमा, वैशाखको पूर्णिमा।
84583 वैशाखी ना. २. एउटा खुट्टा नभएका व्यक्तिहरूले काखीमा अड्याई टेकिने कापे लट्ठी।
84584 वैशिष्ट्य ना. विशिष्ट हुनाको भाव वा अवस्था, विशिष्टता।
84585 वैश्य ना. प्राचीन आर्यहरूको सामाजिक अवस्थाअनुसार कृषि, वाणिज्य, पशुपालन आदि पेसा लिने जाति प्राचीन आर्यहरूको वर्णव्यवस्थाअनुसार तेस्रो वर्ण।
84586 वैश्यकर्म ना. वर्णव्यवस्थाअनुसार वैश्यजातिले गर्ने काम, खेती, व्यापार आदि पेसा, वैश्यवृत्ति।
84587 वैश्यदेवता ना. धर्मशास्त्रमा वसु, रुद्र, विश्वदेव तथा मरुत्का लागि प्रयुक्त हुने शब्द।
84588 वैश्यवृत्ति ना. वैश्यहरूद्वारा पेसाका रूपमा गरिने काम, वैश्यहरूको वृत्ति, वैश्यकर्म।
84589 वैश्रवण ना. कुवेर।
84590 वैश्रवण ना. २. रावण।
84591 वैश्रवण ना. ३. लिच्छविकालीन नेपालमा प्रचलित मुद्रा, लिच्छविकालीन नेपाली मुद्राको नाम।
84592 वैश्वदेव ना. शास्त्रअनुसार गृहस्थीका घरमा भोजन गर्नुभन्दा पहिले नित्य गरिने पाँच प्रकारका महायज्ञमध्ये एक, पञ्च महायज्ञमध्ये भूतयज्ञ।
84593 वैश्वदेवी ना. दुई मगण, दुई यगण भएको र पाँचौँ अक्षरमा यति भएको छन्दविशेष।
84594 वैश्वानर ना. अग्नि।
84595 वैश्वानर ना. २. जठराग्नि (पेटको आगो)।
84596 वैषम्य ना. विषम हुनाको भाव वा अवस्था, विषमता।
84597 वैष्णव ना. आफ्नो आराध्य देवताका रूपमा विष्णुको उपासना गर्ने व्यक्ति, विष्णुका भक्।
84598 वैष्णव ना. २. विष्णु वा विष्णुका कुनै अवतारलाई प्रधानता दिई आराधना, उपासना गर्ने धार्मिकसम्प्रदाय।
84599 वैष्णव ना. वि. ३. विष्णुसम्बन्धी।
84600 वैष्णवी ना. लक्ष्मी।