Dictionary

All Word

8551 गतागत ना. २. आध्यात्मिक अर्थमा संसारचक्रमा भइरहने आवागमन; जन्म-मरण।
8552 गतागत ना. वि. ३. आएगएको; आइ-जाइ गरेको।
8553 गताङ्क ना. १. पत्रपत्रिका आदिको गएकोपल्ट प्रकाशित भएको अङ्क; सन्दर्भमा आएको अङ्कभन्दा पहिलेको अङ्क; यसभन्दा अघिल्लो अङ्क।
8554 गताङ्क ना. २. गएको वा घटाइएको अङ्क (गणितमा)।
8555 गतानुगत ना. परम्परागत प्रथाको जस्ताको तस्तै पालन वा अनुसरण।
8556 गतानुगतिक वि. परम्परागत कुराका हित र अहितको छानबिन, तर्क, विश्लेषण र विचारका आधारमा नगरी अन्धानुसरण गर्ने, पुराना रीतिथितिको अन्धानुयायी; सोच - विचारविना अरूको पछि लाग्ने।
8557 गतार्थ वि. विदित भइसकेको विषय; आद्योपान्त खुलस्त र छर्लङ्ग भएको।
8558 गति ना. १. एक स्थिति, रूप आदिबाट अर्को स्थिति, रूपआदिसम्मको परिवर्तन वा एक ठाउँदेखि अर्को ठाउँसम्मको गमन; चाल; हिँडाइ; सराइ; वेग।
8559 गति ना. २. कुनै पनि वस्तु वा प्राणीको दशा; अवस्था।
8560 गति ना. ३. सम्भावित प्रयासको सीमा; क्षमता; शक्ति; ताग।
8561 गति ना. ४. जीवात्माले मृत्युपछि प्राप्त गर्ने अवस्था।
8562 गति ना. ५. मृतकको देहावसानपछि दाहसंस्कारदेखि लिएर दश दिनसम्मको काजक्रिया।
8563 गति ना. ६. ईश्वरीय स्वरूप; मोक्ष, मुक्ति।
8564 गति ना. ७. प्रवेश, पहुँच।
8565 गति ना. ८. मार्ग, बाटो।
8566 गति ना. ८. वास्तु तथा मूर्तिकलामा तिस अङ्गुल वा प्रादुर्भावको तीन गुणा बराबरको नापो (तिस इन्च); नाडी।
8567 गतिछाडा वि. १. आफ्नो इज्जत र मर्यादाअनुसार नचल्ने; गतिपति नभएको।
8568 गतिछाडा वि. २. काम गर्ने शक्ति भए पनि वास्ता नगर्ने वा हातखुट्टा नचलाउने, हुतीहारा।
8569 गतिजन्य वि. गतिबाट उत्पन्न भएको; गति जनाउने; गतिसम्बन्धी।
8570 गति न गरास ना. खाने - लाउने र बस्ने व्यवस्था नभएको स्थिति; अति दीनहीन वा दुर्बल अवस्था।
8571 गति न पति ना. आफ्नो राम्रो अवस्था पनि नभएको र कोही रक्षक पनि नभएको स्थिति।
8572 गतिपति ना. अवस्था; हाल।
8573 गतिमति ना. अवस्था र बुद्धि, बुद्धि र परिस्थिति दुवैले साथ नदिएको हालत वा निर्धो अवस्था।
8574 गतिमय वि. निरन्तर चलिरहने; गति भएको; चलायमान्।
8575 गतिमान् वि. गति भएको; गतिशील; वेगवान्।
8576 गतिरहित वि. गति वा वेगहीन, गतिशीलताको अभाव भएको; निश्चल।
8577 गतिरोध ना. जुनसुकै कामकुराको क्रमिक गतिमा बाधा परेको अवस्था; गतिको व्यवधान; बाधा-अड्काउ।
8578 गतिलो वि . राम्रो भएको; असल; बेस; गहकिलो।
8579 गतिवाद ना. कुनै पनि पदार्थ वा वस्तुको गतिसम्बन्धी दर्शन वा सिद्धान्त; खगोल तथा भूगोलका विभिन्न वस्तुहरूको गतिसिद्धान्।
8580 गतिविज्ञान ना. वस्तु वा पदार्थको गतिसम्बन्धी ज्ञान गराउने शास्त्र; गतिको वैज्ञानिक अध्ययन गराउने विद्या।
8581 गतिविधि ना. १. कुनै पनि व्यक्ति, कामकुरा आदिको व्यवस्था वा स्थिति; प्रकृतिका सम्पूर्ण पक्षमा हेरफेर भइरहने रङ्गढङ्ग।
8582 गतिविधि ना. २. चालचलन; हिँडाइचलाइ; हालचाल; चेष्टा।
8583 गतिशील वि. १. एकै ठाउँमा वा एउटै स्थितिमा सीमित नभई निरन्तर अगाडि लम्कने; हिँडडुल गर्ने, चल्ने, चलायमान।
8584 गतिशील वि. २. आफ्नो साथसाथै अरूलाई पनि सक्रिय बनाउन चेष्टा गर्ने; लक्ष्यमा अग्रसर हुने।
8585 गतिशील वि. ३. उन्नतिशील।
8586 गतिशील ऊर्जा ना. कुनै पनि वस्तुमा रहेको गतिबाट उत्पन्न भएको शक्ति; इन्धनशक्ति।
8587 गतिशीलता ना. गतिशील हुनाको भाव वा अवस्था।
8588 गतिशील नेतृत्व ना. सक्षम नेताद्वारा अवस्थाअनुकूल मोड लिंदै र परिष्कृत हुँदै जाने वा जनतालाई दिइने अग्रगामी तथा उचित पथ-प्रदर्शन |
8589 गतिहारा वि. १. जाँगरमरुवा।
8590 गतिहारा वि. २. गतिछाडा।
8591 गतिहीन ना. १. कुनै गति वा उपाय नभएको; रोकिएको वा अडिएको।
8592 गतिहीन ना. २. असहाय र दुःखी।
8593 गते ना. सूर्य एक राशिबाट अर्को राशिमा सरेको दिनलाई एक गते मानी त्यस राशिमा सूर्य रहुन्जेल बढ्दै जाने प्रत्येक दिन; मिति।
8594 गत्त वि. गएगुज्रेको; गति न पतिको अवस्था बिग्रेको।
8595 गत्तम वि. गतिमति नभएको; गएगुज्रेको; रद्दी।
8596 गथासो ना. धेरै कालदेखि मनमा गाढिएर बसेका सुखदुःख वा पीडामर्मको गन्थन; दुःखपुकारा; दुखेसो।
8597 गद ना. १. व्याधि, रोग।
8598 गद ना. २. विष विषालु पदार्।
8599 गद ना. ३. पुराणका अनुसार कृष्णका एक भाइको नाम।
8600 गद ना. ४. अश्विनीकुमार।