Dictionary

All Word

84601 वैष्णवी ना. २. वैष्णव धर्ममा दीक्षित भएकी स्त्री।
84602 वैष्णवी टीका ना. वैष्णव सम्प्रदायमा दीक्षित भएकाहरूले लगाउने टीका।
84603 वैषयिक वि. कुनै विषयसँग सम्बन्धित, विषयसम्बन्धी।
84604 वैषयिक वि. २. विषयवासनामा बढी आसक्त रहने विषयासक्त, कामुक, विषयी।
84605 व्यक्त वि. प्रकट गरिएको, इन्द्रियद्वारा प्रत्यक्ष गर्न सकिने।
84606 व्यक्त वि. २. आँखाअगाडिको, आँखाले देख्न सकिने, खुलस्त स्पष्ट।
84607 व्यक्तता ना. व्यक्त हुनाको भाव वा अवस्था, स्पष्टता।
84608 व्यक्त शब्द ना. सुन्ने व्यक्तिहरूद्वारा उही रूपमा भनिने र लेखिने शब्द, वर्णनात्मक शब्द।
84609 व्यक्ति ना. मानिस।
84610 व्यक्ति ना. २. अरूभन्दा छुट्टै अस्तित्व भएको प्राणी।
84611 व्यक्ति ना. ३. जाति वा समूहमध्ये एउटा।
84612 व्यक्ति ना. ४. स्वतन्त्र सत्ता।
84613 व्यक्ति ना. ५. व्यक्त हुने वा स्पष्ट हुने काम।
84614 व्यक्तिनु अ.क्रि. व्यक्त हुनु।
84615 व्यक्तिगत वि. कुनै एक व्यक्तिसँग मात्र सम्बन्ध भएको एक जनासित मात्र सम्बन्ध राख्ने एक व्यक्तिको।
84616 व्यक्तिगत अधिकार ना. संविधानद्वारा प्रदत्त र सुरक्षित, व्यक्तिको मौलिक अधिकार, देशको प्रत्येक नागरिकले संविधानबमोजिम कर्तव्यपालन गरेपछि प्राप्त हुने मौलिक अधिकार।
84617 व्यक्तिगत विवरण ना. कुनै सेवा वा पेसामा संलग्न व्यक्तिका विषयमा नाम, थर, वतन, तीनपुस्ते, जन्मेको साल, मिति, शैक्षिक योग्यता आदि खुलाई लेखाई लिइने विवरण, व्यक्तिगत अभिलेख, वैयक्तिक वृत्तान्।
84618 व्यक्तिचित्र ना. कुनै एक व्यक्तिसित सम्बन्धित चित्र।
84619 व्यक्तिचित्र ना. २. कुनै एक व्यक्तिले तयार गरेको चित्र।
84620 व्यक्तित्व ना. कुनै व्यक्तिको वैयक्तिक विशेषतालाई देखाउने गुण।
84621 व्यक्तित्व ना. २. व्यक्तिविशेषको निजीपन।
84622 व्यक्तित्व ना. ३. व्यक्तिले अरूलाई प्रभावित पार्ने व्यक्तिविशेषमा निहित विशेषता।
84623 व्यक्तित्व बोध ना. कुनै व्यक्तिमा विशेष रूपमा निहित गुण वा क्षमतालाई थाहा पाउने काम व्यक्तिका निजी विशेषताको बोध वा ज्ञान।
84624 व्यक्तित्व विकास ना. व्यक्तिको व्यक्तिगत गुण वा विशेषतालाई विकसित पार्ने वा हुने काम।
84625 व्यक्ति पूजा ना. कुनै देश वा समाजको जनसमुदायलाई भन्दा एउटा व्यक्तिलाई महत्त्व दिने काम कुनै व्यक्तिविशेषलाई मात्र विशेष महत्त्व प्रदान गर्ने तथा उसको गुणगान गर्ने काम।
84626 व्यक्तिप्रधान वि. व्यक्तिलाई प्रधानता दिने व्यक्तिको महत्त्व भएको।
84627 व्यक्तिप्रधान वि. २. आवश्यकताअनुसार बाहिरी कुरालाई ग्रहण गरिएको भए तापनि कवि वा लेखकका निजी विशेषताले प्रधानता पाएको (अभिव्यक्ति, शैली आदि)।
84628 व्यक्ति राजनीति ना. व्यक्तिव्यक्तिमा सीमित राजनीति।
84629 व्यक्ति भाषा ना. भाषिका क्षेत्रभित्रका कुनै व्यक्तिद्वारा बोलिने शब्दरूप, वाक्यगठन र व्यक्तिगत केही भिन्नता भएको भाषा।
84630 व्यक्तिवाद ना. अरूको वास्तै नगरी व्यक्तिगत स्वार्थ मात्र सिद्ध गर्न खोज्ने विचार वा म।
84631 व्यक्तिवाद ना. २. सम्भव भएसम्म हरेक क्षेत्रमा व्यक्ति स्वतन्त्र हुनुपर्छ र उसमाथि राज्य वा समाजको कम नियन्त्रण हुनुपर्छ भनी मान्ने राजनीतिक सिद्धान्त, समूहवादको विपरीतवाद।
84632 व्यक्तिवादी वि. व्यक्तिवादमा विश्वास गर्ने व्यक्तिवादको समर्थक वा अनुयायी।
84633 व्यक्तिवादी वि. २ व्यक्तिवादसम्बन्धी, व्यक्तिवादको।
84634 व्यक्तिवृत्त ना. व्यक्तिको वैयक्तिक जीवनको सम्पूर्ण र यथार्थ वृत्तान्त व्यक्तिको निजी जीवनसँग सम्बन्धित तथ्य, बायोडाटा।
84635 व्यक्तीकरण ना. व्यक्त वा प्रकट गर्ने क्रिया वा प्रक्रिया।
84636 व्यक्तीकृत वि. स्पष्ट वा प्रकट गरिएको स्पष्टीकृ।
84637 व्यक्त्याइ ना. व्यक्तिने भाव, क्रिया वा प्रक्रिया।
84638 व्यक्त्याइनु क.क्रि. व्यक्त गरिनु वा गराइनु।
84639 व्यक्त्याउनु स.क्रि. व्यक्त गर्नु, प्रकटमा ल्याउनु।
84640 व्यग्र वि. व्याकुल, विह्वल।
84641 व्यग्रता ना. व्यग्र हुनाको भाव वा अवस्था, व्याकुलता।
84642 व्यङ्ग वि. शरीर वा अङ्ग नभएको, शरीरहीन।
84643 व्यङ्ग वि. २. शरीरमा कुनै एक अङ्ग नभएको (कानो, खोरन्डो, लँगडो आदि)।
84644 व्यङ्ग्य वि. अभिधा र लक्षणाभन्दा भिन्न व्यञ्जनावृत्तिद्वारा बोध हुने, बलाघातद्वारा अर्कै गहिरो अर्थ झल्कने पारिएको एउटा कुरा भने झैं गरी अर्को कुरा भनिएको छेड हानिएको।
84645 व्यङ्ग्य वि. ना. २. अभिधा र लक्षणाभन्दा भिन्न व्यञ्जनाद्वारा बुझिने गूढार्थ, साङ्केतिक अर्।
84646 व्यङ्ग्य वि. ३. छनक।
84647 व्यङ्ग्यचित्र ना. कुनै व्यक्ति वा घटनालाई लक्ष्य गरी त्यसमा भएको नराम्रो पक्षको व्यङ्ग्यपूर्वक उपहास गरेर लेखिएको चित्र, कार्टुन।
84648 व्यङ्ग्यविनोद ना. व्यङ्ग्यवार्ता, प्रहसन, कुराकानी र अभिनयद्वारा मनोरञ्जन गर्ने, मन बहलाउने वा आनन्द लिने काम।
84649 व्यङ्ग्यात्मक वि. कुनै व्यक्ति वा घटनाप्रति व्यङ्ग्य गरिएको छेडखानीले भरिएको, छेड हानिएको व्यङ्ग्यपूर्ण।
84650 व्यङ्ग्यार्थ ना. वाच्यार्य र लक्ष्यार्थभन्दा भिन्न किसिमको, व्यञ्जनावृत्तिद्वारा बोध हुने विशेष चमत्कारी अर्थ ध्वन्यर्य।