Dictionary

All Word

84651 व्यङ्ग्योक्ति ना. सोझै नभनेर घुमाउरो पाराले भनिएको कुरो वा कथन भएको उक्ति।
84652 व्यङ्ग्योक्ति ना. २. छेडखान गरेर भनिएको कुरो व्यङ्ग्यपूर्ण उक्ति छेड।
84653 व्यञ्जक वि. व्यञ्जनाद्वारा अर्थबोध गराउने सामान्य अर्थका अतिरिक्त व्यङ्ग्यार्थलाई पनि व्यक्त गर्ने (शब्द)।
84654 व्यञ्जक वि. २. व्यङ्ग्यार्थ प्रकट गर्ने, बुझाउने वा व्यङ्ग्य भाव जनाउने ( शब्द)।
84655 व्यञ्जक वि. ना ३. नाटकमा आन्तरिक भाव व्यक्त गर्ने चेष्टा, हाउभाउ, अभिनय।
84656 व्यञ्जन ना. सास, घोक्रो र मुख हुँदै, बाधा एवं सङ्कीर्णता बेहोर्दै, खण्डित प्रवाहका साथ टड्कारो घर्षण उत्पन्न गर्दै बाहिर निस्कने सघोष तथा अघोष ध्वनि, स्वरको सहायताविना स्वतन्त्र रूपले उच्चरित हुने वर्ण, स्वरहीन वर्ण, कदेखि हसम्मका वर्ण।
84657 व्यञ्जन ना. २. कुनै अर्थ वा कुनै कुरालाई व्यक्त गर्ने क्रिया, प्रकटगराइ।
84658 व्यञ्जन ना. ३. मुख्य भोजनलाई स्वादिष्ट बनाउने दाल, तरकारी, अचार आदि सहायक भोज्यपदार्।
84659 व्यञ्जनसन्धि ना. दुई व्यञ्जनवर्णको सन्धि हुने व्याकरणिक क्रिया,हल्सन्धि (जस्तै- सत् + जन सज्जन, तत्+मय= तन्मय आदि)।
84660 व्यञ्जना ना. शब्दका अभिधा लक्षणा र व्यञ्जना तीन शक्तिमध्ये एक, वाच्यार्थ र लक्ष्यार्यभन्दा भिन्न व्यङ्ग्यार्थ वा विशेष चमत्कारी अर्थ बुझाउने शब्दशक्ति।
84661 व्यञ्जनावृत्ति ना. व्यङ्ग्यात्मक रूपमा वा घुमाउरो पाराले भाव व्यक्त गर्ने वृत्ति वा शैली।
84662 व्यञ्जनावृत्ति ना. २. व्यञ्जनाशक्ति।
84663 व्यञ्जित वि. व्यञ्जनाशक्तिद्वारा बोध गराइएको,व्यक्त गरिएको, ध्वनि।
84664 व्यतिक्रम ना. सिलसिला टुटेको वा नमिलेको स्थिति,क्रमभङ्ग।
84665 व्यतिक्रम ना. २. कुनै क्रममा हुने बाधा वा रोकावट।
84666 व्यतिक्रम ना. ३. विधि, नियम आदिको उल्लङ्घन।
84667 व्यतिक्रम ना. ४. विघ्न, बाधा,अड्काउ।
84668 व्यतिक्रमण ना. क्रमको उलटफेर, क्रमभङ्ग, व्यतिक्रम।
84669 व्यतिरेक ना. परस्पर नमिल्ने विरोधी गुण वा कुरा अन्तर भेद।
84670 व्यतिरेक ना. २ अन्वयभन्दा भिन्न प्रक्रिया अतिक्रमण।
84671 व्यतिरेक ना. ३. केही धर्मका आधारमा समान उपमान, उपमेयमा उपमानभन्दा केही गुणको आधिक्य वा न्यूनता भई वैधर्म्य वा फरक बुझिएमा हुने एक अर्थालङ्कार।
84672 व्यतीत वि. पहिले नै भइसकेको, बितेको, गुज्रेको, विग।
84673 व्यतीत वि. २. मरेक, मृ।
84674 व्यतीत वि. ३. प्रस्थान गरेको प्रस्थि।
84675 व्यथा ना. मानसिक वा शारीरिक रूपमा हुने पीडा, कष्ट, पिर, चिन्ता।
84676 व्यथा ना. २. बिमारी, बिसन्चो।
84677 व्यथित वि. व्यथाग्रस्त, पीडि।
84678 व्यथित वि. २ आत्तिएको, डराएको, भयभी।
84679 व्यथित वि. ३. पिर परेको, चिन्ति।
84680 व्यभिचार ना. अनुचित वा खराब काममा लाग्ने प्रवृत्ति,अनाचार, दुराचा, दुश्चरित्रता।
84681 व्यभिचार ना. २. परस्त्री वा परपुरुषसँग हुने अनुचित यौन सम्बन्ध, ( रन्डीबाजी, वेश्यावृत्ति आदि)।
84682 व्यभिचार ना. ३. मर्यादा आदिको अतिक्रमण।
84683 व्यभिचारिणी ना. चरित्र भ्रष्ट भएकी स्वास्नीमानिस, परपुरुषसँग अनुचित यौन सम्बन्ध राख्ने स्त्री, व्यभिचारमा प्रवृत्त स्त्री।
84684 व्यभिचारी वि. परस्त्रीसँग अनुचित यौन सम्बन्ध राख्ने, व्यभिचार गर्ने, दुश्चरित्र।
84685 व्यभिचारी वि. २. खराब बाटोमा लागेको, कुलतमा प्रवृत्।
84686 व्यभिचारीभाव ना. स्थायी भावका सहकारी रूपमा वर्तमान रहने र अनेक रसमा व्यभिचरण वा सञ्चरण गरी रसनिष्पत्ति गराउन सहायक हुने, साहित्यमा प्रचलित एक भाव, सञ्चारी भाव वा सहचारी भाव।
84687 व्यय ना. कुनै काममा हुने धन, बल, बुद्धि आदिको खर्च, क्षय, नाश।
84688 व्यय ना. २. वस्तु आदि घट्दै जाने काम, ह्रास।
84689 व्यय ना. ३. ज्योतिषशास्त्रअनुसार लग्नकुण्डलीको बाह्रौं स्थान।
84690 व्ययकारक वि. खर्च गराउने, खर्चिलो।
84691 व्ययभार ना. सरकारी वा गैरसरकारी रूपमा सुरु गरिने कुनै योजना वा कार्यमा लाग्ने खर्चको भार।
84692 व्ययी वि. बढी खर्च गर्ने स्वभावको, खर्चालु।
84693 व्यर्थ वि. कुनै अर्थ नभएको, विनाअर्थको, निरर्थक।
84694 व्यर्थ वि. २. कुनै काममा नआउने विनाप्रयोजनको उपयोगिताविनाको बिनसित्तिको।
84695 व्यर्थ वि. क्रि.वि. ३. नाहक, बिनसित्ति, बित्था।
84696 व्यवधान ना. कुनै कुरालाई खण्डित गर्ने वस्तु वा क्रिया।
84697 व्यवधान ना. २. बिचमा छेक्ने वस्तु, पर्दा, आवरण।
84698 व्यवधान ना. ३. छेकबार, आड, ओट।
84699 व्यवधान ना. ४. विथोल्ने काम, बाधा, अड्काउ।
84700 व्यवधायक वि. बाधाअडकाउ पैदा गर्ने, व्यवधान गर्ने।