Dictionary

All Word

951 कफल्ल/कफल्लो वि. १. बेस्वादको खल्लो |
952 कफल्ल/कफल्लो वि. २. बेकम्मा रद्दी।
953 कफल्ल/कफल्लो वि. ३. निर्धो, निर्बलियो।
954 कफी ना. १. चिउलीका जस्ता पात र खनिउँका जस्ता झुप्पा झुप्पा भएर सेतो रङको फल फल्ने एक बोट, त्यसको फल वा उक्त फल भुटी बनाइएको धुलो।
955 कफी ना. २. उक्त धुलो पानीमा मिलाएर चिया खाइने पेय पदार्।
956 कबई ना. बिहीँका झैँ तर पाकेपछि काला वा राता झन्डै लालगेडीका जत्रा फल फल्ने एक भार, कबै।
957 कबई माछा ना. भित्र काँढैकाँढा हुने सानो जातको माछा।
958 कबच/कबज ना. हालको राष्ट्रब्याङ्क उहिले मुलुकीखानाको अवस्थामा छँदा हाकिम आदिको हालसाबिकी हुँदा नगदी वा जिन्सी सम्पत्तिको बुझबुझारथपछि हालवालाले साबिकवालालाई दि भरपाई।
959 कबन्ध ना. १. टाउको नभएको शरीर, गिँड।
960 कबन्ध ना. २. दण्यकारण्यमा रामचन्द्रले मारेको राक्षस |
961 कबरी ना. चुल्ठो।
962 कबाफ ना. विशेष प्रकारको घिउतेल, मरमसला हाली कोलविना गुम्साएर पकाइएको मासु, पक्कु।
963 कबई चिनी ना. सजिवनका सुकेका कोसाको चपाएर पानी खाँदा गुलियोपन अनुभव हुने दिउल शीतलचिनी।
964 कबास ना. हे. कपास।
965 कबासे ना. १. प्रायः कबास मात्र हुने पाखो जमिन।
966 कबासे ना. वि. २. हे. कपासे।
967 कबिर ना. धार्मिक सम्प्रदायका प्रवर्तक एक भारतीय सन्त कवि, कबीरपन्थका संस्थापक।
968 कबरपन्य ना. कबीर प्रवर्तित एक धार्मिक सम्प्रदाय।
969 करपन्थी वि. कबीरपन्थको सदस्य वा अनुयायी।
970 कबिलदार / कबिलदारी वि. जहान छोराछोरी भएको, परिवारयुक्त; जहानियाँ |
971 कबिला ना. १. परिवार, जहान, जहान, छोराछोरी।
972 कबिला ना. २. सिङ्गै एक जाति एक परिवारका रूपमा रहेका (अरब, मध्यएसिया आदिमा प्राचीन कालदेखि माध्यमिक कालसम्म प्रशस्त देखा परिआएका परन्तु आधुनिक कालमा नवसभ्यताका प्रभाव गर्दा लुप्त प्रायः) असङ्ख्य मानव दलमध्ये कुनै एक (उदा.- बाबरको कबिला, तैमुरलङको कबिला, चड्गेज खाँको कबिला, अब्राहमको कबिला, इस्रायलको कबिला, मुसाको कबिला आदि)।
973 कबीर ना. हे. कबिर |
974 कबीरपन्य ना. हे. कबिरपन्।
975 कबीरपन्थी वि. हे. कबिरपन्थी |
976 कबुल्नु स. क्रि. कबुल गर्नु, प्रतीक्षा गर्नु, मन्जुर गर्नु, स्वीकार गर्नु मान्नु।
977 कबुलाइ ना. कबुल्ने क्रिया वा प्रक्रिया।
978 कबुल ना. १. कुनै कुरो दिने, मान्ने वा गर्ने वचन, वाचाबन्धन, बोलकबोल।
979 कबुल ना. २. स्वीकृति, स्वीकारोक्ति, वचनबद्धता।
980 कबुल ना. ३. प्रतिज्ञा, प्रण, अठोट सङ्कल्प।
981 कबुलनामा ना. बोलकबोल लेखिएको लिखत, मन्जुरीनामा; स्वीकृतिपत्र।
982 कबुलियत ना. आफूले कबुल गरेको कुरा लेखिएको कागत, प्रतिज्ञापत्र, मन्जुरनामा, भाकापत्र |
983 कबुलियतनामा ना. बोलकबोल लेखिएको लिख।
984 कबेली ना. काँक्राको झैँ लहरामा घण्टी आकारका ठुलाठुला पहेंला भालेपोथी फूल फुली पोथीचाहिँ फूलबाट आरम्भमा गट्टा वा कैंडा फली पछि बडेमा आकारको फल फल्ने एक प्रसिद्ध लहरो वा तर्कारी आदिका रूपमा प्रयुक्त हुने त्यसैको फल, फर्सी, कद्दु।
985 कबै क्रि.वि. कुनै पनि समयमा कहिले पनि (प्रायः निषेधवाक्यमा पुराना पद्यहरूमा प्रयुक्त, जस्तै- 'छोरो हो भनि प्रेम गर्नु सबले हेला नगर्नु कबै )।
986 कबोल ना. हे. कबुल।
987 कब्जा ना. १. कुनै व्यक्ति, वस्तु वा ठाउँउपर जमाइने अधिकार; वश; नियन्त्रण; आधिपत्य।
988 कब्जा ना. वि. २. कब्जा भएको वस्तु, ठाउँ वा व्यक्ति।
989 कब्जा ना. (उदा.- युद्धमा सैनिकहरूले आफ्ना सामानसँग मिसाई कब्जा सामानहरूलाई अलग्ग राखे। )।
990 कब्जा, ना. झ्याल, ढोकाका खापालाई चौकोसमा जड़ने अथवा सन्दुस आदिका घोप्टेलाई मूल भागसित जड्ने काममा प्रयुक्त हुने, कापे, रिल वा चेपुवा झैं दोबार्न र फट्टाउन मिल्ने हुँदा उघार्न र लगाउन सजिलो पर्ने धातुको एक प्रकारको सामान।
991 कब्जियत ना. विभिन्न कारणले समयमा दिसा नहुने, भए तापनि खलास नहुने अथवा बड्कौंला वा गोटाका आकारको दिसा हुने रोग, कोष्ठबद्धता।
992 कब्र ना. मुर्दा गाड्ने वा गाडिएको ठाउँ (प्रायः मुसलमान समाजमा बोलिने ); चिहान।
993 कब्रस्तान ना. कब्र ; चिहाने चौर ( बगैंचा, थलो इ.)।
994 कम वि. १. कुनै खास मात्रा, सङ्ख्या, गुण, परिमाण आदिभन्दा थोरै, घटी, कम्ती २ अपर्याप्त वा नगण्यमात्रा, सङ्ख्या आदिको थोरै अलिकति, न्यून |
995 कमजोर वि. बल नभएको, निर्बलियो, दुर्बल, निम्छरो निम्सरो।
996 कमजोरी ना. कमजोर अवस्था, स्थिति, स्वभाव आदि, दुर्बलता, नातागती।
997 कमण्डलु ना. साधुसन्न्यासीले कतै यात्रा गर्दा हातमा झुन्ड्याएर हिँड्न मिल्ने, टुटी भएको अथवा नभएको उभिन्डोवाल धातु, नरिवल आदिको जलपात्र।
998 कमनीय वि. १. अति राम्रो, रमणीय, रहरलाग्दो, मनोहर, सुन्दर।
999 कमनीय वि. २. कामना गर्न योग्य, इच्छा गर्न लायक, काम्य।
1000 कमनीयता ना. कमनीय अवस्था, बानी, गुण वा रूप।