Dictionary

All Word

85351 शान्तिकर वि. शान्ति गर्ने, शान्तिकारी।
85352 शान्तिकर वि. ना. २. मनमा हुने वा भएको चिन्ता, आकुलता, तनाव आदि घटाउन गरिने औषधी।
85353 शान्तिकर्म ना. अनिष्ट, बाधा आदिको शान्ति वा निवारणका लागि गरिने पूजापाठ, शान्तिस्वस्ति।
85354 शान्तिकारी वि. शान्तिकर।
85355 शान्तिक्षेत्र ना. युद्ध वा कुनै प्रकारको विवादरहित कुनै क्षेत्र, देश तथा देशहरूको समूह वा निश्चित भूभाग ( कुनै क्षेत्र वा भूभागलाई युद्ध, विवाद वा झगडाबाट अलग राखी शान्तिपूर्ण वातावरणमा विकासपथतिर लम्काउने उद्देश्यले शान्तिक्षेत्र घोषित गर्ने प्रस्ताव एवं भूमध्यसागरीय क्षेत्र, हिन्द महासागर, दक्षिणपूर्व एसियाली देशहरूको सङ्गठनको क्षेत्रलाई शान्तिक्षेत्र घोषित गर्न राखिएका प्रस्ताव )।
85356 शान्तिदाता वि. शान्ति दिने (व्यक्ति)।
85357 शान्ति दायक वि. शान्ति दिने, शान्तिप्रद।
85358 शान्तिदूत ना. शान्तिवार्ता गर्नका निम्ति वा शान्तिको प्रस्ताव लिएर अर्को देश, प्रतिपक्षी समूह आदिमा जाने दू।
85359 शान्तिपर्व ना. युधिष्ठिरको चित्तशान्तिका निम्ति भनिएका धेरै कथा, उपदेश तथा ज्ञानको चर्चा भएको, महाभारतको बाह्रौं पर्व।
85360 शान्तिपाठ ना. कुनै माङ्गलिक कार्य थाल्दा विघ्नबाधा हटाउनका लागि आरम्भमा गरिने धार्मिक पाठ।
85361 शान्तिपूर्ण वि. शान्ति छाएको, शान्ति भएको, शान्तिमय।
85362 शान्तिपूर्ण सहअस्तित्व ना. शान्तिपूर्ण वातावरणमा एकअर्कासँग मैत्री, सद्भावना र समझदारी राख्ने तथा पारस्परिक विवाद नल्याई स्वतन्त्र रूपमा बाँच्ने राजनीतिक सिद्धान्।
85363 शान्तिप्रद वि. शान्ति दिने, आनन्ददायी शान्तिदायक।
85364 शान्तिप्रिय वि. शान्ति मन पराउने, शान्तिप्रेमी।
85365 शान्तिप्रेमी वि. शान्ति मन पराउने,शान्ति चाहने, शान्तिप्रिय।
85366 शान्तिमय वि. सबैतिर शान्ति छाएको शान्तिले भरिभराउ।
85367 शान्तिवाद ना. आधुनिक राजनीतिका अनुसार सबै राष्ट्रले सैनिक शक्तिको प्रयोग तथा युद्धको विरोध गर्ने र सर्वत्र शान्ति स्थापित गरी शान्तिपूर्वक रहने तथा आपसका झैझगडालाई पनि शान्तिपूर्वक समाधान गर्ने वाद वा सिद्धान्।
85368 शान्तिवादी वि. शान्तिवादको समर्थक तथा अनुयायी।
85369 शान्तिवादी वि. २. शान्तिवादसम्बन्धी, शान्तिवादको।
85370 शान्तिवार्ता ना. शान्ति स्थापना गर्ने उद्देश्यले दुई वा दुईभन्दा बढी राष्ट्रहरूका बिच हुने औपचारिक वा अनौपचारिक कुराकानी वा बैठक।
85371 शान्तिसन्धि ना. परस्परमा झैझगडा नगरी शान्तिपूर्वक बस्नका निम्ति गरिने सन्धि।
85372 शान्तिसन्धि ना. २. युद्धरत देशहरूले पारस्परिक शान्ति र मित्रता स्थापित गर्नका लागि गर्ने सम्झौता।
85373 शान्ति सम्मेलन ना. विश्वमा वा कुनै भूभागमा शान्ति स्थापित गर्ने उद्देश्य लिई कुनै जनसमूह, संस्था वा देशहरूले गर्ने विशेष सम्मेलन।
85374 शान्तिसेना ना. विश्वको कुनै क्षेत्रमा रहेको तनावपूर्ण स्थिति साम्य गरी शान्ति कायम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको तत्त्वावधानमा विभिन्न तटस्थ राष्ट्रहबाट उक्त क्षेत्रमा पठाइने सैन्य।
85375 शान्तिस्वस्ति ना. कुनै अनिष्ट वा ग्रहदोष आदि हटाउन र कल्याणका निम्ति गरिने पूजापाठ, जप, तप, अनुष्ठान आदि।
85376 शाप ना. कसैको अनिष्ट चिताई बोलिने वचन, श्राप, सराप।
85377 शापित वि. शाप दिइएको, सरापिएको, २. शापले पीडि।
85378 शाब्दिक वि. शब्दद्वारा व्यक्त गरिएको वा भनिएको, मौखिक।
85379 शाब्दिक वि. २. शब्दसम्बन्धी।
85380 शाब्दी वि. शब्दसम्बन्धी, शाब्दिक।
85381 शाब्दीव्यञ्जना ना. वाक्यमा प्रयोग गरिएका शब्दार्थमा मात्र सीमित रहने व्यञ्जना।
85382 शामियाना ना. हे. सामियाना, समियाना, समेना।
85383 शाम्ब ना. जाम्बवतीका गर्भबाट पैदा भएका कृष्णका छोराको नाम।
85384 शाम्भव वि. शम्भुसम्बन्धी, शिवको २. शम्भुबाट उत्पन्न।
85385 शाम्भव वि. ३. शम्भुको भक्त वा उपासक।
85386 शाम्भवी ना. महादेवकी शक्ति पार्वती, दुर्गा।
85387 शाम्भवी ना. २. निलो छाँटको दुबो, नीलदूर्वा।
85388 शायद क्रि.वि. हे. सायद।
85389 शायर ना. हे. सायर।
85390 शायरी ना. हे. सायरी।
85391 शायी वि. शयन गर्ने, निदाउने, सुत्ने वा पल्टने।
85392 शायी वि. (जस्तो- धराशायी, शेषशायी आदि)।
85393 शारङ्ग ना. हे. सारङ्ग।
85394 शारङ्गी ना. सारङ्गी बाजा।
85395 शारदा ना. विद्याकी अधिष्ठात्री देवी सरस्वती।
85396 शारदा ना. २. एक किसिमको वीणा वा सारङ्गी।
85397 शारदा ना. ३. देवीको एक नाम दुर्गा।
85398 शारदा लिपि ना. दसौं शताब्दीमा ब्राह्मीको रूपान्तर कुटिल लिपिबाट विकसित भई काश्मीर र पन्जाबतिर चलेको एक लिपि।
85399 शारदी वि. शरत्कालसम्बन्धी, शरद ऋतुको ना. कात्तिक शुक्ल पूर्णिमा, शरद् ऋतुको पूर्णिमा।
85400 शारदीय वि. शरद ऋतुमा पर्ने शरत्कालको शरद् ऋतुसम्बन्धी।