Dictionary

All Word

85401 शारदीय वि. ~ नवरात्र - ना. आश्विनको शुक्ल पक्षमा पर्ने नवरात्र।
85402 शारदीय महापूजा ना. शरत्कालमा हुने दुर्गाको विशेष पूजा, नवरात्रिको दुर्गापूजा।
85403 शारिका ना. मैना पक्षी।
85404 शारिका ना. २. सारौं चरो।
85405 शारिका ना. ३. बेला, सारड्गी आदि बजाइने धनुका आकारको साधन, गजो।
85406 शारिका ना. ४. बुद्धिचाल, पासा आदि खेलमा थर्कीमा चालिने गोटी।
85407 शारीरिक वि. शरीरसँग सम्बन्ध राख्ने, शरीरको,कायिक।
85408 शारीरिक वि. २. शरीरबाट उत्पन्न,देहज।
85409 शार्क ना. हे . सार्क।
85410 शार्ङ् ग वि. शृङ्ग वा सिङसम्बन्धी, सिङबाट बनेको।
85411 शार्ङ् ग वि. २. धनुषले सुसज्जि।
85412 शार्ङ् ग वि. ना. ३. सिङको हतियार।
85413 शार्ङ् ग वि. ४. विष्णुको धनु।
85414 शार्ङ् गधर ना. विष्णु।
85415 शार्ङ् गधर ना. २. वैद्यक ग्रन्थ रच्ने एक प्रसिद्ध वैद्य।
85416 शार्ङ् धारी ना. विष्णु।
85417 शार्दूल ना. बाघ, सिंह, चितुवा आदि हिंस्रक जन्तु।
85418 शार्दूल ना. २. अग्रणी वा श्रेष्ठ पुरुष (जस्तो- नरशार्दूल )।
85419 शार्दूलविक्रीडित ना. प्रत्येक पाउमा उन्नाइस अक्षर हुने, मगण, सगण, जगण, सगण, दुई तगण र गुरु अक्षर मिलेर बन्ने र सात तथा बाह्र अक्षरमा विश्राम हुने एक वार्णिक छन्द।
85420 शार्वरी ना. साठी संवत्सरमध्ये एक संवत्सरको नाम।
85421 शार्वरी ना. वि. २. रात्रिसम्बन्धी, रातको।
85422 शार्वरी ना. ३. अन्धकार, अँध्यारो।
85423 शाल ना. हे. साल।
85424 शाल ना. हे. साल।
85425 शालधूप ना. हे. सालधूप।
85426 शाला ना. बस्ने वा काम गर्ने ठाउँ वास, घर, कुटी, कोठो आदि (प्रायः समासका अन्तमा प्रयोग हुने, जस्तै- कार्यशाला, प्रयोगशाला, धर्मशाला, पर्णशाला, पाठशाला, नाट्यशाला इ.)।
85427 शालाकी ना. चिरफार गर्ने वैद्य, शल्यचिकित्सक।
85428 शालाक्य ना. टाउकाको मात्र चिकित्साको व्यवस्था भएको आयुर्वेदीय शल्य चिकित्साशास्त्रको एक विभाग।
85429 शालाक्य तन्त्र ना. शालक्यका रूपले उपचार गरिने विधिविधानको तन्त्र वा सिद्धान्।
85430 शालिग्राम ना. कालीगण्डकीमा पाइने कालो, चिल्लो, र चक्रचिह्न भएको, विष्णुका रूपमा पूजा गरिने विशेष प्रकारको पत्थर।
85431 शालिधान्य ना. सालीधान, मार्सी धान।
85432 शालिनी ना. शालिन्को स्त्रीलिङ्गी रूप (जस्तो- भाग्यशालिनी, शक्तिशालिनी आदि)।
85433 शालिनी ना. २. गृहस्वामिनी, गृहिणी।
85434 शालिनी ना. ३. एक मगण, दुई तगण र दुई गुरुबाट बन्ने, चार र सात अक्षरमा अडान हुने एक वार्णिक छन्द।
85435 शालिवाहन ना. शक संवत् चलाउने प्रसिद्ध शक अथवा खस राजा।
85436 शालिहोत्र ना. घोडा वा अन्य पशुहरूको चिकित्सासम्बन्धी विद्या, पशु चिकित्साशास्त्र।
85437 शालिहोत्री ना. घोडा वा अन्य पशुहरूको चिकित्सक, पशुचिकित्सक।
85438 शाली वि. सहित, युक्त, सम्पन्न (प्रायः समासको अन्तमा, जस्तै- शक्तिशाली, भाग्यशाली, सौभाग्यशाली इ.)।
85439 शालीन वि. शिष्टता तथा नम्रता भएको,उत्तम आचारविचारको।
85440 शालीन वि. २. लजाउने प्रकृतिको, लजालु।
85441 शालीन वि. ३. काममा पोख्त, कुशल, सिपालु।
85442 शालीनता ना. शालीन हुनाको भाव, गुण वा अवस्था, सौम्यता।
85443 शाल्मलि / शाल्मली ना. सिमलको रुख।
85444 शाल्मलि / शाल्मली ना. २. पुराणमा वर्णित पृथ्वीका सात द्वीपमध्ये एक।
85445 शाल्मलि / शाल्मली ना. 3. गरुडपुराणमा उल्लेख भएका एक्काइस महानरकमध्ये एक।
85446 शाव वि. शवसम्बन्धी ( कुनै नाता कुटुम्बको ), मृत्युद्वारा उत्पन्न, मृतकसित सम्बन्धि।
85447 शाव वि. ना. २. प्रायः पशुपन्छीको बच्चो छाउरो।
85448 शावक ना. कुनै पनि वन्यजन्तुको बच्चो।
85449 शाश्वत वि. कहिल्यै पनि नाश नहुने, सधैंभरि रहिरहने चिरस्थायी, नित्य, सनातन चिरन्तन ना. २. वेदव्यास।
85450 शाश्वत वि. ३. स्वर्ग।