Dictionary

All Word

85451 शाश्वत वि. ४. शिव।
85452 शाश्वत वि. ५. सूर्य।
85453 शाश्वत वि. ६. अन्तरिक्ष।
85454 शासक ना. राज्यको प्रबन्ध तथा सञ्चालन गर्ने व्यक्ति वा सरकार, शासन गर्ने व्यक्ति,शासनकर्ता।
85455 शासक ना. २. अधीनस्थ व्यक्तिहरूलाई अनुशासित वा नियन्त्रित गर्ने व्यक्ति, मुख्य हाकिम।
85456 शासकीय वि. शासक वा शासनसम्बन्धी, शासकको कामसँग सम्बन्ध राख्ने।
85457 शासन ना. सरकारले गर्ने कुनै देशको प्रबन्ध तथा सञ्चालनसम्बन्धी काम।
85458 शासन ना. २. अनुशासन वा मर्यादा पालन गराउने काम, आज्ञा, आदेश, हुकुम।
85459 शासन ना. ३ इन्द्रियहरूको संयम वा नियन्त्रण।
85460 शासन ना. ४. कुनै कसुरका निम्ति दिइने दण्ड वा सजाय।
85461 शासन ना. ५. कसैलाई दिइने लिखित अधिकार।
85462 शासन ना. ६. कुनै शब्दले आफ्नो नजिकमा रहेको शब्दको रूप परिवर्तन गर्न विवश गर्ने व्याकरणिक प्रक्रिया।
85463 शासनकर्ता ना. शासन गर्ने, शासक।
85464 शासनतन्त्र ना. शासनपद्धति, शासनप्रणाली।
85465 शासनपत्र ना. राजाको आज्ञा लेखिएको ताम्रपत्र, शिलापत्र आदि।
85466 शासनपद्धति ना. शासन गर्ने विधि वा तरिका, शासनप्रणाली।
85467 शासनप्रणाली ना. राज्यसञ्चालन गर्ने पद्धति, शासन पद्धति।
85468 शासन व्यवस्था ना. शासनसम्बन्धी प्रबन्ध, राज्य चलाउने बन्दोबस्।
85469 शासना ना. कसैबाट हुने वा गरिने सास्ती, ठुलो कष्ट, साह्रो परिश्रम।
85470 शासनाधिकार ना. शासन गर्ने अथवा राज्य चलाउने अधिकार।
85471 शासनाधिकारी वि. शासनाधिकार पाएको (व्यक्ति)।
85472 शासनारूढ वि. शासनमा आएको, शासन लिएको।
85473 शासनिक वि. शासनसम्बन्धी, शासनको शासकीय।
85474 शासन विपर्यय ना. शासनव्यवस्थामा एकाएक र बलपूर्वक गरिएको परिवर्तन, बलात् सत्तापहरण।
85475 शासनीय वि. शासन वा नियन्त्रण गर्न उचि।
85476 शासनीय वि. २. सजाय दिनुपर्ने, दण्डनीय।
85477 शासित वि. शासन गरिएको, राज्य चलाइएको।
85478 शासित वि. २. नियमकानुन अन्तर्गत राखिएको।
85479 शासित वि. ३. सजाय दिइएको, दण्डि।
85480 शास्त्र ना. सम्बन्धित गहन ज्ञानका साथै सर्वसाधारणको कल्याण तथा अनुशासनका नियमविधान लेखिएको वा समष्टिअध्ययनको सञ्चित भण्डार भएको विशेष ग्रन्थ ( शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष, छन्द, ऋग्वेद, यजुर्वेद, सामवेद, आयुर्वेद, धनुर्वेद, गन्धर्ववेद, अथर्ववेद, मीमांसा, न्याय, धर्मशास्त्र, पुराण र अर्थशास्त्र गरी अठार प्रकारका )।
85481 शास्त्र ना. २. कुनै विषयसम्बन्धी आवश्यक तथा गूढ र ज्ञातव्य कुरा क्रमपूर्वक लेखिएको ग्रन्थ विज्ञान।
85482 शास्त्र ना. ३. यथार्थ वा वास्तविक ज्ञान, विद्या सिद्धान्तग्रन्।
85483 शास्त्रकार वि. शास्त्र, विशेषतः धर्मशास्त्रको रचना गर्ने।
85484 शास्त्रज्ञ वि. शास्त्रको ज्ञाता, शास्त्र जान्ने।
85485 शास्त्रदर्शी वि. शास्त्रज्ञ।
85486 शास्त्रविद् वि. शास्त्रको ज्ञाता, शास्त्रज्ञ।
85487 शास्त्रविहित वि. शास्त्रमा बताइएअनुसारको, शास्त्रसम्म।
85488 शास्त्रसङ्गत वि. शास्त्रमा मिल्ने, शास्त्रसम्म।
85489 शास्त्रसम्मत वि. शास्त्रको कथन वा नियमविरुद्ध नभएको, शास्त्रविहि।
85490 शास्त्रसिद्ध वि. शास्त्रद्वारा सिद्ध वा प्रमाणि।
85491 शास्त्रसिद्ध वि. २. शास्त्रविहि।
85492 शास्त्रार्थ ना. शास्त्रको निर्दिष्ट अर्थ वा तात्पर्य।
85493 शास्त्रार्थ ना. २. शास्त्रसम्बन्धी तथा शास्त्रीय विषयमा गरिने छलफल वा तर्कवितर्क।
85494 शास्त्री वि. शास्त्रको ज्ञाता, शास्त्र जान्ने वा शास्त्रज्ञ ना. २. शास्त्रमा पारङ्गत वा कुशल भएको व्यक्ति, विद्वान् पुरुष।
85495 शास्त्री वि. ३. संस्कृतमा मध्यमाभन्दा माथिल्लो र आचार्यभन्दा तल्लो कक्षा, स्नातक तह सो परीक्षा उतीर्ण हुँदा दिइने एक उपाधि।
85496 शास्त्रीय वि. शास्त्रमा लेखिएअनुसारको शास्त्रमा निहित रहने, शास्त्रसम्बन्धी।
85497 शास्त्रीयता ना. शास्त्रीय हुनाको भाव, अवस्था वा विशेषता।
85498 शास्त्रीयतावाद ना. ग्रिस र रोमका प्राचीन शास्त्रीय नियमका अनुसरणमा साहित्यको सृजना हुनुपर्छ भनेर मान्ने पश्चिमी साहित्यसिद्धान्।
85499 शास्त्रीय समालोचना ना. शास्त्रीय नियमका आधारमा साहित्यिक कृतिको विवेचना गर्ने एक प्रकारको समीक्षापद्धति।
85500 शास्त्रोक्त वि. शास्त्रमा कहिएको वा बताइएको,शास्त्रविहि।