Dictionary

All Word

85501 शाह ना. ठकुरीको एक थर।
85502 शाह ना. २. राजा, बादशाह।
85503 शाह ना. ३. ठकुरी क्षेत्रीको एक उपाधि।
85504 शाहजादा ना. राजाका छोरा वा भाइ।
85505 शाहजादी ना. राजाकी छोरी वा बहिनी।
85506 शाहन्शाह ना. राजाहरूका पनि राजा, महाराजाधिराज, सम्राट्।
85507 शाहन्शाही ना. शाहन्शाहको कार्य, मर्यादा वा पदवी वि. २. शाहन्शाहसम्बन्धी, शाहन्शाहको।
85508 शाहन्शाही ना. ३. शाहन्शाहको जस्तो।
85509 शाहवंश ना. शाहको कुल।
85510 शाही वि. शाह वा राजाको वंशसँग सम्बन्धि।
85511 शाही वि. ना. २. ठकुरीहरूको एक वर्गको पदवी।
85512 शाही अधिपत्र ना. मानपदवी पाउने व्यक्तिहरूलाई राजाबाट प्रदान गर्ने गरिएको मानपदवीको प्रशस्तिसमेत भएको पत्र।
85513 शाही आयोग ना. राजाबाट कुनै विशेष कार्यको सम्पादनका निम्ति गठन गरिने आयोग।
85514 शाहीघोषणा ना. राजा वा बादशाहबाट शासनक्षेत्रमा दिइने विशिष्ट वक्तव्य।
85515 शाही परिवार ना. राजपरिवार।
85516 शाहीरक्षक ना. अङ्गरक्षक।
85517 शाही सम्बोधन ना. राजाबाट देशवासीका नाममा गरिने सम्बोधन भाषण।
85518 शाही सूचना ना. राजाबाट जारी गरिने सूचना।
85519 शाही सेना ना. नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र बन्नुपूर्वको नेपाली सेनाको नाम।
85520 शाही स्वीकृति ना. संसदबाट पास भएका विधेयकलाई राजाबाट लालमोहर लगाउने काम।
85521 शिंशपा ना. कालो, सेतो र पहेँलो तीन प्रकारको हुने र काठबाट फर्निचरहरू बनाइने एक रुख, सिसौ।
85522 शिक्षक ना. शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति,अध्यापक, गुरु, मास्टर।
85523 शिक्षक शिक्षण ना. विद्यार्थी वा जिज्ञासुलाई शिक्षा दिने नयाँ तरिकाको ज्ञान वा सिकाइ, शिक्षकतालिम।
85524 शिक्षक शिक्षण केन्द्र ना. शिक्षकहरूलाई शिक्षणविधि सिकाउने ठाउँ; शिक्षकहरूका निम्तिको शिक्षालय।
85525 शिक्षण ना. शिक्षा दिने वा ज्ञानार्जन गराउने काम,अध्यापन।
85526 शिक्षण ना. २. कुनै विषय सिक्नेसिकाउने काम तालिम।
85527 शिक्षण विज्ञान ना. शिक्षण दिने विधि वा परिपाटीको विवेचना गरिएको शास्त्र।
85528 शिक्षण विज्ञान ना. शिक्षण विधि- ना. विद्यार्थीलाई शिक्षा दिने तरिका वा परिपाटी।
85529 शिक्षणशास्त्र ना. शिक्षणपद्धतिसँग सम्बन्धित शास्त्र।
85530 शिक्षण समिति ना. कुनै विषयको शिक्षण व्यवस्था तथा समुचित सञ्चालनका निम्ति बनेको समिति (जस्तो- नेपाली शिक्षण समिति, इतिहास शिक्षण समिति, संस्कृत शिक्षण समिति इ. )।
85531 शिक्षण संस्था ना. छात्रछात्राहरूलाई व्यवस्थित रूपमा शिक्षा दिने वा पठनपाठन गराउने एक वा धेरै शिक्षालय।
85532 शिक्षणीय वि. शिक्षा दिन योग्य, सिकाउन उचित, सिकाउनुपर्ने।
85533 शिक्षा ना. विद्यालय, महाविद्यालय आदिमा र घरैमा पनि नियमित रूपले अध्ययन गर्नेगराउने वा पढाइको चाँजोपाँचो मिलाउने काम, ज्ञान दिने वा लिने काम विद्या।
85534 शिक्षा ना. २. सिकेर, सुनेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्वारा ग्रहण गरिने सैद्धान्तिक तथा व्यावहारिक विषयको बोध।
85535 शिक्षा ना. ३. कुनै कुराको उचित तालिम वा अर्ती उपदेश।
85536 शिक्षा ना. ४. वेदका छ अङ्गमध्ये मन्त्रहरूको उच्चारणविधिको निरूपण गरिएको अंश वा खण्ड।
85537 शिक्षादिवस ना. नेपालमा प्रतिवर्ष भाद्र २३ गते शैक्षिक क्षेत्रमा उत्सव मनाइने दिन।
85538 शिक्षादीक्षा ना. व्यक्तिको मानसिक र चारित्रिक विकास तथा सद्गुणका निम्ति दिइने अर्ती उपदेश।
85539 शिक्षाध्यक्ष ना. त्रिभुवन विश्वविद्यालयको सङ्गठनअनुसार शैक्षिक मामलाको दायित्व वहन गर्ने तथा पाठ्यक्रम, अनुसन्धान, विद्यार्थी कल्याण र संयोजन आफ्ना मातहतमा रहेको एक उच्च पद,रेक्टर।
85540 शिक्षापद्धति ना. शिक्षा दिने ढाँचा वा काइदा, शिक्षण प्रणाली।
85541 शिक्षा परिषद् ना. शिक्षाको प्रचारप्रसार तथा अभिवृद्धिका निम्ति संलग्न वा सङ्गठित संस्था।
85542 शिक्षा परिषद् ना. २. कुनै शिक्षणसंस्थाको पाठ्यक्रम, शिक्षणव्यवस्था आदिको निर्णय वा तर्जुमा गर्न बनेको, शिक्षाविदहरूको समिति।
85543 शिक्षाप्रणाली ना. शिक्षा दिने प्रणाली वा काइदा, शिक्षापद्धति।
85544 शिक्षाप्रद वि. शिक्षा दिने वा पाइने ज्ञानबर्द्धक।
85545 शिक्षा मन्त्रालय ना. देशको शिक्षाक्षेत्र तथा शैक्षिक सङ्गठनका तहमा आवश्यक क्रियाकलापको संयोजन, नीतिनिर्धारण, व्यवस्थापन आदि मूलभूत कार्य गर्ने मन्त्रालय।
85546 शिक्षामन्त्री ना. शिक्षामन्त्रालयको कार्यभार वहन गरेको वा त्यसको समुचितव्यवस्था मिलाउने मन्त्री।
85547 शिक्षायोजना ना. शिक्षाका आवश्यक साधन जुटाउने तथा समुचित उपाय, व्यवस्था आदि गर्ने पूर्वनिश्चित रूपरेखासहितको योजना।
85548 शिक्षायोजना ना. २. नेपालमा राष्ट्रिय शिक्षायोजनाअन्तर्गत सक्षम जनशक्ति तयार पार्ने तथा व्यवसायमूलक पद्धतिमा जोड दिने उद्देश्यले चलाइएको शैक्षिक योजना।
85549 शिक्षार्थी ना. शिक्षा लिने वा पढ्ने व्यक्ति, विद्यार्थी छात्र।
85550 शिक्षा समुदाय ना. शिक्षार्थीहरूको समूह।