Dictionary

All Word

85551 शिक्षालय ना. शिक्षार्थीहरूले शिक्षा प्राप्त गर्ने ठाउँ वा भवन, शिक्षा दिने वा पढाउने संस्था, विद्यालय।
85552 शिक्षाविद् वि. शिक्षाको ज्ञाता, विद्वान्।
85553 शिक्षाविधान ना. देशमा शिक्षाको समुचित विकास तथा शैक्षिक संस्थाहरूको संयोजित सङ्गठनका निम्ति आवश्यक उद्देश्य, नीति, कार्यक्रम, विधि, पद्धति आदि उल्लेख भएको नियमविनियम, शिक्षासवाल।
85554 शिक्षा विभाग ना. शिक्षासम्बन्धी विषयमा आफ्ना मातहतको व्यवस्था मिलाउने वा रेखदेख गर्ने सरकारी विभाग।
85555 शिक्षिका ना. स्त्रीशिक्षक, अध्यापिका, गुरुआमा।
85556 शिक्षित वि. शिक्षा प्राप्त गरेको पढेलेखेको वा बुझेको।
85557 शिक्षित वि. शास्त्रीय।
85558 शिक्षित वि. २. विधिवत् व्यावहारिक कुरा वा शास्त्रीय कुराको ज्ञान हासिल गरेको।
85559 शिक्षित वि. ३. जान्नेसुन्ने, विद्वान् पण्डि।
85560 शिखण्ड ना. मुजुरको पुच्छर, मयूरपुच्छ।
85561 शिखण्ड ना. २. शिखा, टुपी।
85562 शिखण्डी ना. मुजुर वा त्यसको प्वाँख।
85563 शिखण्डी ना. २. कुखुरो।
85564 शिखण्डी ना. ३. बाण।
85565 शिखण्डी ना. ४. मूलरूपमा कन्या भए तापनि पुत्ररूपमा घोषित र भीष्म पितामहका मृत्युको कारण हुने, महाभारतप्रसिद्ध दुरपद राजाको छोरो।
85566 शिखण्डी ना. ५. पौरुष वा बलको अभाव भएको व्यक्ति वा त्यस्तो व्यक्तिलाई उभ्याएर आफ्नो काम पट्याउने मानिस।
85567 शिखर ना. पर्वतको सबभन्दा माथिल्लो भाग, चुचुरो,टाकुरो।
85568 शिखर ना. २. घर, मन्दिर आदिको उपल्लो चुच्चो भाग, गजुर।
85569 शिखर नारायण ना. उपत्यकाका चार नारायणमध्ये काठमाडौंदेखि दक्षिणमा पर्ने फर्पिङ भन्ने ठाउँमा रहेका एक नारायण।
85570 शिखर सम्मेलन ना. कुनै निश्चित उद्देश्य लिई राष्ट्राध्यक्षहरूका बिचमा हुने सम्मेलन वा सद्भावनापूर्ण भेला।
85571 शिखरिणी ना. प्रत्येक चरण यगण, मगण, नगण, सगण, भगण र लघु र गुरुसमेत सत्र अक्षरले बन्ने छ र बाह्र अक्षरमा विश्राम हुने एक वार्णिक छन्द।
85572 शिखरिणी ना. २. छातीदेखि नामिसम्म गएको रोमपङ्क्ति।
85573 शिखरिणी ना. ३ श्रेष्ठ वा उत्तम नारी शालीन स्त्री।
85574 शिखरी वि. शिखर भएको वा शिखर हुने टाकुरे।
85575 शिखरी वि. ना. २. पहाडी किल्ला, पर्व।
85576 शिखा ना. चूडाकर्म गर्दा शिरको माझमा राखिने कपालको गाँठो, टुपी।
85577 शिखा ना. २ मुजुर, डाँफे आदिको सिउर।
85578 शिखा ना. ३. आगो, बत्ती आदिको ज्वाला।
85579 शिखा ना. ४. तिखो टुप्पो।
85580 शिखाधर वि. शिखा धारण गर्ने, शिखावान्।
85581 शिखावान् वि. शिखा भएको, शिखाधर, शिखी।
85582 शिखावान् वि. ना. २. अग्नि।
85583 शिखावान् वि. ३. बत्ती।
85584 शिखावान् वि. ४. चिता।
85585 शिखासूत्र ना. द्विजजातिको मुख्य धार्मिक चिह्न भएको शिखा र जनै।
85586 शिखी वि. शिखा भएको, शिखाधर।
85587 शिखी वि. २. चुच्चो परेको, तिखाउरे।
85588 शिखी वि. ना. ३. द्विजाति।
85589 शिखी वि. ४. मुजुर, डाँफे आदि सिउर हुने पक्षी।
85590 शिखी वि. ५. अग्नि, बत्ती।
85591 शिखी वि. ६. बाण।
85592 शिखीबुद्ध ना. काठमाडौं उपत्यकाको फूलचोकी पहाडमा तपस्या गर्ने, पुराणप्रसिद्ध एक बुद्धको नाम।
85593 शिङ्घाण ना. सिंघान।
85594 शिञ्जा ना. गहनाहरू बजेको आवाज, झन्कार,सिन्जा।
85595 शिञ्जा ना. २. धनुको डोरी, ताँदो।
85596 शिञ्जिनी ना. ताँदो परिन्जो।
85597 शिञ्जिनी ना. २. गोडामा पहिरिने गहना (पाउजेब, नूपुर आदि)।
85598 शिञ्जिनी ना. ३. बज्ने माला।
85599 शिति वि. श्वेत, सेतो।
85600 शिति वि. २. कालो।