Dictionary

All Word

8651 गनगनाउनु अ.क्रि. २. मनले खाएकासँग आफ्नो पिरमर्का र दुःखसुखका कुरा खोल्नु।
8652 गनगनाहट ना. गनगनाउने क्रियाप्रक्रिया, अवस्था वा चाल।
8653 गनगने वि. गनगन गर्ने; गनगनाउने।
8654 गनाइ ना. १. गन्ने भाव, क्रिया वा प्रक्रिया।
8655 गनाइ ना. [गनाउ+आइ] २. गनाउने भाव, क्रिया वा प्रक्रिया |
8656 गनाइनु क.क्रि. १. गन्ती गराइनु, गन्न लाइनु।
8657 गनाइनु क.क्रि. अ.क्रि. २. गण्यमान्य हुनु।
8658 गनाइनु क.क्रि. ३. दुर्गन्ध आइनु।
8659 गनाउनु प्रे.क्रि. गन्ती गराउनु, गन्न लाउनु।
8660 गनाउनु अ.क्रि. १. नराम्रो गन्ध आउनु; दुर्गन्ध फैलनु।
8661 गनाउनु अ.क्रि. २. बदनामी हुनु, बिङबिङाउनु।
8662 गनारी ना. पानी लाग्ने वा पुग्ने गहिरी खे।
8663 गनिगनाउ ना. १. गन्नेवर्ने काम; गणना गर्ने काम।
8664 गनिगनाउ ना. २. मालसामानको किनबेच गर्दानगर्दै लिनेदिने काम; हाताहाती।
8665 गनिनु क.क्रि. १. गन्ती गरिनु, गणना गरिनु।
8666 गनिनु क.क्रि. २. गण्यमान्य होइनु; प्रख्यात बनिनु।
8667 गनिमत ना. थोरैमा पनि सन्तोष वा समाधान हुने कुरो; चित्तबुझाइ।
8668 गनी अव्य. गन्ने काम गरेर; गनेर।
8669 गनीकिस्ता ना. १. ठेकदार वा व्यापारीले किस्ताबन्दीको रकम सबै पहिले नै बुझाउने काम।
8670 गनीकिस्ता ना. २. तोकिएको मितिमा बुझाउनुपर्ने वा चुक्ता गर्नुपर्ने किस्ता वा धनराशि।
8671 गनी महसुल ना. व्यापारी वा ठेकदारहरूले सालभरको कर, महसुल आदि पटकपटक नगरी एकै मुस्ट बुझाउनुपर्ने वा बुझाउने रकम; गनिगनाउ चुक्ता।
8672 गनोट ना. १. गन्ने काम; गणना; गन्ती।
8673 गनोट ना. २. गणितविद्या।
8674 गनौटो वि. १. एक-एक गरी गनिएको; गन्ती गरिएको।
8675 गनौटो वि. ना. २. गन्ने साधन; हिसाब गर्ने साधन; गणक।
8676 गन्ज ना. १. गारो वा भित्तोमा खोपैखोपा पारेर बनाइएको, परेवा पाल्ने काठको बाकस, परेवाको गुँड।
8677 गन्ज ना. २. कलम, कर्द, चकमक आदि घुसारेर राखिने खुकुरीको दापमा जडिएको थपुवा खण्ड।
8678 गन्ज ना. ३. नामका अन्तमा प्रत्ययका रूपमा लागेर बस्ती वा बजारको वाचक बन्ने शब्द; नगर; बजार (अमलेखगन्ज, महाराजगन्ज, नेपालगन्ज इ.)।
8679 गन्जागोल ना. १. स्थिति, गति, नीति, पद्धति आदिमा उत्पन्न हुने गडबडी, भद्रगोल; गज्याङगुजुङ।
8680 गन्जागोल ना. २. धेरै मानिस, मालसामान आदि जथाभाबी भएर एकै ठाउँमा छरिने स्थिति; छ्यासमिस।
8681 गन्जिफा ना. एक रङमा बाह्र पत्ती र आठ रङ हुने बाटुला आकारका तास वा छ्यान्नब्बे पत्ती हुने त्यसैको खेल।
8682 गन्जी ना. टाउको र हात छिराएर लाउनुपर्ने, धागोले बुनेको पेटे भोटोको रूपमा भित्री भागमा लगाइने लुगा।
8683 गन्जी ना. एक प्रकारको कन्द, सुठुनी; सखरखण्ड।
8684 गन्डा ना. देवताको प्रसादका रूपमा घाँटीमा माला लगाइने डोरो।
8685 गन्डा ना. १. पैसा, तौल आदिको गणना वा परिमाण बुझाउँदा चारको समूहलाई बुझाउने शब्द।
8686 गन्डा ना. २. मुद्राप्रणालीमा चार एकाइको समूह; आना।
8687 गन्डी वि. १. गन्डासम्बन्धी; गन्डाको (गन्डी हिसाब; गन्डी चाल इ.)।
8688 गन्डी वि. ना. २. चार तोलाको समूह; सेरको बिसौँ भाग बराबरको तौल।
8689 गन्डी वि. ३. गन्डा।
8690 गन्तव्य ना. १. गइने ठाउँ; जाने वा पुग्ने स्थान।
8691 गन्तव्य ना. वि. २. जान योग्य; जान उचित; जानुपर्ने।
8692 गन्ती ना. गणना गर्ने काम; गनाइ; गिन्ती।
8693 गन्थन ना. १. अनावश्यक वा बेप्रसङ्गको लामो कुरो, गनथन।
8694 गन्थन ना. २. दुःखसुख खोलेर गरिने बातचि।
8695 गन्थनाइ ना. गन्थन गर्ने भाव, क्रिया वा प्रक्रिया |
8696 गन्थनाइनु अ.क्रि. गन्थन गरिनु।
8697 गन्थनाउनु अ.क्रि. १. नचाहिने वा बेप्रसङ्गको लामो कुरा गर्नु।
8698 गन्थनाउनु अ.क्रि. २. सुखदुःखका गथासा व्यक्त गर्नु।
8699 गन्थने वि. नचाहिँदो लामो कुरा गर्ने; गन्थन गर्ने; गनगने।
8700 गन्दगी ना. फोहरमैला; घिनलाग्दो वा दूषित वस्तु।