Dictionary

All Word

8601 गद ना. लामा र ठुला पात हुने, घोगाका आकारका ठुला फूल फुल्ने र पहेँलो रङको कन्द हुने एक वन्य बुटी वा त्यसैको कन्द; मुरा।
8602 गदर ना. १. व्यक्ति, समाज वा राष्ट्रको परस्पर विद्रोह; विप्लव; उपद्रव।
8603 गदर ना. २. होहल्ला; खलबली।
8604 गदरा ना. ठुलो र फराकिलो डोरीवाल सुकुल, गजरा।
8605 गदरी वि. भर्खर हार पस्न लागेको वा कलिलो र दुधिलो मकै।
8606 गदा ना. १. विष्णुका चार भुजामध्ये एक भुजामा रहने हतियार।
8607 गदा ना. २. प्राचीनकालमा युद्धमा प्रयोग गरिने, टुप्पातिर धातु वा काठको ठुलो गाँठो भएको एक हतियार।
8608 गदाधर ना. विष्णु।
8609 गदालो ना. दौरासुरुवाल लगाउँदा दौराबाहिर लगाइने लुगा; कोट।
8610 गदाल्नु ना. नेपालको कर्णाली अञ्चलका लेकाली भेगतिर पाइने एक वन्य औषधी वा बुटी।
8611 गद्कनु अ.क्रि. आगो बालेर उमाल्दा भात, तरकारी आदि छड्कनु; गद्गद् गर्नु।
8612 गद्काइ ना. गद्कने क्रिया वा प्रक्रिया।
8613 गद्काइनु क.क्रि. गद्कने पारिनु।
8614 गद्काउनु स.क्रि. गद्कने पार्नु, छट्काउनु।
8615 गद्गद वि. १. कुनै प्राप्ति वा सफलतामा प्रसन्न भएको; हर्षि।
8616 गद्गद वि. २. हर्षले बोलेको वा भकभकाएको (बोली वा स्वर) ना. ३. आनन्द; हर्ष।
8617 गद्गद् क्रि.वि. बाक्लो वा लेदो पदार्थ छड्कने वा गद्कने चालमा।
8618 गद्दर ना. १. थलथल गर्ने हिलो; भास; धाप।
8619 गद्दर ना. २. फोहर मैला।
8620 गद्दर ना. वि. ३. फोहरी।
8621 गद्दरपोस ना. गोडा पुछ्नका निम्ति ढोकामा बिछ्याइने सनपाट, नरिवल, तार आदिबाट बनेको खस्रो चकटी।
8622 गद्दा ना. रुवा, रबड आदिबाट बनेको नरम र बाक्लो बिछ्याउना; गद्दी।
8623 गद्दार वि. १. आपसी हक, हित र विश्वासमा आघात पुऱ्याउने; धोखेबाज, बेइमान।
8624 गद्दार वि. २. शान्ति र सुव्यवस्थामा हलचल ल्याउने वा उत्पात मच्चाउने; ठुलो विद्रोह वा आतङ्क गर्ने।
8625 गद्दारी ना. गद्दारको कार्य वा स्वभाव; बेइमानी; धोकाबाजी।
8626 गद्दी ना. १. राजसिंहासन; गादी।
8627 गद्दी ना. २. हात्तीका हौदामा बिछ्याइने आसन।
8628 गद्दी ना. ३. बाक्लो, नरम खालको बिछ्याउना; गद्दा; डसना।
8629 गद्दी नरसिंह/नसिन वि. सिंहासनमा आरोहण भएको; गद्दीमा बसेको।
8630 गद्दी बैठक ना. पहिले राजाको गद्दी रहेको हनुमानढोकास्थित बैठक; गादीबैठक।
8631 गद्दु ना. १. माउबाट छुट्टिने बेला नभएको भालुको बच्चो।
8632 गद्दु ना. वि. २. काम नलाग्ने; बेकम्मा; लद्दु।
8633 गद्य ना. काव्य वा साहित्यका संरचनात्मक शिल्प तथा शैलीविशेषका आधारमा विभाजित भेदमध्ये एक; छन्द र लयको औपचारिक बन्धनमा आधारित नभएको भेद।
8634 गद्य कविता ना. छन्द र लयको औपचारिकताविना अभिव्यक्तिमा कवितात्मक तत्त्व भरिएको रचना; छन्दमुक्त कविता।
8635 गद्य काव्य ना. छन्दमा नबाँधिई गद्यमा नै कवितात्मक तत्त्व भरिएको स्वतन्त्र वा मुक्त रूपमा रचित काव्य।
8636 गद्यात्मक वि. गद्यका रूपमा लेखिएको; गद्यसम्बन्धी; गद्यप्रधान।
8637 गद्यात्मकता ना. गद्यात्मक हुनाको भाव, क्रिया वा स्थिति।
8638 गऱ्याकगुद्रुक क्रि.वि. १. मानिस वा अन्य प्राणीका चालचुल वा भिडन्तबाट झैँ आवाज उत्पन्न हुने किसिमले।
8639 गऱ्याकगुद्रुक क्रि.वि. ना. २. सानोतिनो मालसामान; जेतेमेते; खत्र्याकखुत्रुक।
8640 गधा ना. १. घोडाका जातिको तर घोडाभन्दा सानो र प्रायः खैरो रङको हुने, भारी बोक्ने काममा लगाइने, स्तनपायीवर्गको पाल्तु जनावर।
8641 गधा ना. २. बुद्धि र विवेकहीन मान्छेलाई गाली गर्दा प्रयोग गरिने शब्द।
8642 गधापच्चिसी ना. उमेरका दृष्टिले जवान भएको तर विवेक र बुद्धिका दृष्टिले प्रौढता आइनसकेको अवस्था; सोह्र वर्षमाथि र पच्चीस वर्षमुनिको, चञ्चलता, अस्थिरता र उच्छृङ्खलताको सम्भावना भएको अवस्था।
8643 गधापच्चिसी ना. (उदा.- अहिले उसले गधापच्चीसी नै पार गरेको छैन, जे मन लाग्यो त्यही गर्छ)।
8644 गन्नु स.क्रि. १. कुनै पनि वस्तुको सङ्ख्या वा परिमाण निकाल्नु; गन्ती गर्नु; हिसाब गर्नु।
8645 गन्नु स.क्रि. २. श्रेणी वा स्तरमा स्विकार्नु; मान्नु।
8646 गन्नु स.क्रि. ३. आज्ञापालन गर्नु; टेर्नु।
8647 गनगन ना. मन्दस्वरमा झर्को लाग्ने गरी आउने बोली वा आवाज; त्यसरी बारम्बार गरिरहेको कुरो; कचकच; फतफ।
8648 गनगनाइ ना. गनगनाउने क्रिया वा प्रक्रिया।
8649 गनगनाइनु अ.क्रि. गनगन गरिनु; फतफताइनु।
8650 गनगनाउनु अ.क्रि. १. अलिअलि गरी झर्को लाग्ने पाराले कचकचाउनु; फतरफतर गर्नु।