Dictionary

All Word

85601 शितिकण्ठ ना. नीलकण्ठ, महादेव।
85602 शिथिल वि. राम्ररी नकसिएको, खुकुलो (गाँठो, कुरो आदि)।
85603 शिथिल वि. २. कामले साह्रै थाकेको वा गलेको लस्।
85604 शिथिल वि. ३. आज्ञा वा नियमविधानको राम्रो पालना नभएको।
85605 शिथिल वि. ४. दह्रो नभएको, दुर्बल।
85606 शिथिल वि. ५. छरितोसँग काम गर्न नसक्ने, जुम्सो।
85607 शिथिलता ना. शिथिल हुने चाल वा स्थिति।
85608 शिथिलता ना. २. वाक्यरचनामा शब्दयोजना नमिल्दा पर्ने, काव्यको एक दोष।
85609 शिम्बी ना. सिमी, केराउ, बोडी आदिको कोसो।
85610 शिम्बी ना. २. सिमी।
85611 शिर ना. शरीर आदिको उपल्लो भाग, टाउको, माथ ,मस्तक।
85612 शिर ना. २. प्रायः खोलाको उद्‍गमस्थल।
85613 शिर ना. ३. कुनै वस्तु वा ठाउँ विशेषको टुप्पो।
85614 शिरद्वार ना. घोडाका टाउकामा कसिने छालाको उपकरण।
85615 शिरनामा ना. चिठीपत्र, लिखत आदिको सुरमा लेखिने प्रशस्ति वा शिरमा लेखिने बेहोरा।
85616 शिरनामा ना. २. कुनै लेखरचना आदिको शीर्षक।
85617 शिरपाउ ना. मानमर्यादाका निम्ति वा पुरस्कारका रूपमा दिइने लुगा, गहना आदि।
85618 शिरपाउ ना. २. छाताजुत्ता।
85619 शिरपाउ ना. ३. शिर र पाउ, आदि र अन्।
85620 शिरपाउ ना. ४. सबै, सम्पूर्ण।
85621 शिरपुच्छर ना. शिर र पुच्छर, आदि र अन्।
85622 शिरपेच ना. राजाले लाउने कल्कीयुक्त मुकुट, राजमुकुट, श्रीपेच।
85623 शिरपोस ना. टाउकामा लगाइने टोपी, पगरी, श्रीपेच आदि वस्त्र वा आभूषण।
85624 शिरफुल ना. नारीले शिरमा लाउने, फूलका आकारको सुनको गहना।
85625 शिरबन्दी ना. सौभाग्यवती नारीले सिउँदोबाट लर्कने गरी शिरमा लगाउने, सुनको फित्ताजस्तो, तीन लहरा परेको र टुप्पोमा झुप्पो भएको गहना।
85626 शिरबिन्दु ना. नाकेबोलीमा ङ्, ञ, ण्, न्, म् को ध्वनि उच्चारण गर्दा अक्षरका थाप्लामा दिइने थोप्लो, अनुस्वार ( ं)।
85627 शिर बेहोरा ना. चिठी, निवेदन, लिखत आदि आरम्भ गर्दा शिरमा लेखिने मानबोधक वाक्य वा परिचयात्मक विवरण, शिरनामा, शीर्षक।
85628 शिरविन्दु ना. शिरबिन्दु।
85629 शिरस्त्र / शिरस्त्राण ना. लडाइंमा योद्धाहरूले शिरको बचाउका निम्ति लाउने फलामे टोपी।
85630 शिरस्त्र / शिरस्त्राण ना. २. पगरी, टोपी।
85631 शिरस्थान ना. दैलेख बजारदेखि झन्डै डेढ कोस पश्चिमपट्टि नाभिखोला र छामगाड खोलाको दोभानमा रहेको, ज्वालादेवीको मन्दिर।
85632 शिरहात ना. भलो होस् भनी अरूको शिरमा हात राख्ने काम, आशीर्वाद।
85633 शिरहान्ने ना. आगामा पोलेको सियाले टाउकामा घोचेर गरिने, एक प्रकारको ग्रामीण उपचारपद्धति।
85634 शिरा ना. शरीरमा रक्तसञ्चार गराउने नाडी वा नसो, मांसपेशी।
85635 शिरास्फोट ना. नाडीग्रन्थि।
85636 शिराहर्ष ना. शरीरका नसा झमझमाउने एक रोग।
85637 शिरीष ना. नरम मसिना पात हुने, सेता वा प्याजी रङ्गका कमला र राम्रा फूल फुल्ने, पड्को काठ हुने र लामालामा चेप्टा फल लाग्ने एक जातको रुख।
85638 शिरोधार्य वि. शिरमा धारण गर्न योग्य, माथमा चढाउनुपर्ने।
85639 शिरोधार्य वि. २. आदरसाथ ग्रहण गर्न योग्य, स्वीकार्य।
85640 शिरोधार्य वि. (उदा.- यहाँहरूबाट पाएको सुझाउ शिरोधार्य छ )।
85641 शिरोपर वि. शिर चढाउन उचित, आदरसाथ लिनुपर्ने, शिरोधार्य।
85642 शिरोपर वि. (उदा.- यहाँले भन्नुभएका कुरा शिरोपर छन्)।
85643 शिरोबिन्दु ना. शिरको ठिक माथि आकाशमा पर्ने स्थान वा सो स्थानको सूचक बिन्दु।
85644 शिरोबिन्दु ना. २. अनुस्वार जनाउने चिह्न, शिरबिन्दु।
85645 शिरोभरो / शिरोभारो ना. सबै दायित्व वहन गर्नुपर्ने कुरो वा स्थिति (उदा केही दिनका निम्ति घरको शिरोभारो साथीलाई सुम्पेर उनी परदेश लागे।
85646 शिरोभूषण ना. शिरमा लगाइने गहना, मुकुट।
85647 शिरोभूषण ना. २. श्रेष्ठ तथा आदरणीय व्यक्ति।
85648 शिरोमणि ना. शिरमा धारण गरिने मणि वा रत्न।
85649 शिरोमणि ना. २. कुनैकुनै हात्ती, नाग आदिको शिरमा पाइने मणि।
85650 शिरोमणि ना. ३. कुनै विषयका विशिष्ट विद्वान्लाई दिइने सम्मानद्योतक उपाधि (जस्तो- कविशिरोमणि, इतिहासशिरोमणि, सङ्गीतशिरोमणि इ.)।